शहरमा छाउपडी–राजधानीमै छाउगोठ

बुधबार, पुस २०, २०७३

loading...


गएको हप्ता सुदूरपश्चिमको दुुर्गम गाउँको छाउपडी कथाले शहरका महिलाहरुको आङ सिरिङ बनायो । फण्ड जम्मा गर्ने र अभियान चलाउने केही ‘फण्डले’हरुले राजधानीका तारे होटेलमा सुुदूरपश्चिमका महिलाहरुको कथालाई कुप्रथा भन्दै बेच्न पनि भ्याए । शहरियाहरु यसलाई अछाम, बाजुरा, डडेल्धुरा जस्ता दुर्गम ठाउँको मात्र समस्या ठान्छन् ।

तर काठमाडौंका हरेक घरमा अघोषित छाउ गोठ बनाइएका छन् । ‘तिमी रजस्वला भएकी छौ ? भान्सामा नआउ है नानी अनि त्यहा नेर मन्दिर छ छोउली कतै ?’ घरमा कान्छो सदस्यलाई जेठो सदस्यले अरहन खटन गराइरहेको देखिन्छ ।

श्रीमान श्रीमती मात्रै हुँदा मत छाउपडी बार्दिन है भन्ने आम महिलाहरु जब सासुुको अगाडी पर्छन श्रीमानसँग सँगै सुत्दा पनि सासुु-आमाले थाहा पाउनुहोला की झै गर्छन् । महिनाबारी हरेक महिलाको व्यक्तिगत विषय हो ।

तर त्यही व्यक्तिगत विषय परिवारीक, समाजिक बनिरहेको छ । रक्तश्राव जस्तो ‘महिनावारी’ प्राकृत सामान्य क्रियाले विकटका हजारौ महिलाहरुको ज्यान जोखिममा छ । निकटमा ज्यान जोखिममा नभएपनि हरेक महिलाहरुले आत्मसम्मान गुमाइरहेका छन् । महिनाबारी अथवा छाउपडी विकटमा भयावह छ निकटमा घरघरमा गुुम्सिएर बसेको छ ।

शहरमा घरभित्रै अछुत

महिलाहरु मासिक रुपमा रक्तस्राव हुनुलाइ नै रजस्वला, पर सर्नु अथवा नछुने हुनु भनिन्छ । समाज परिवर्तनको लडाईमा फाल हालेको बताउने महिला अधिकारकर्मीहरु पनि म नछुने  भएको छु भन्ने गरेको प्रसस्तै भेटिन्छन् । जब शब्दमा नै विभेद ‘नछुने’ जोडिएको छ भने त्यसको अन्त्य कसरी होला ? हरेक दोष पुरुष प्रधान समाजसँग जोड्ने गरिएको छ । सुदूरपश्चिम र मध्यपश्चिममा पाहाडी जिल्लामा मात्रै होइन तराईका जिल्लामा पनि छाउगोठ बनाइएका छन् । छाउपडी प्रथा यसैको उपज हो ।

मान्छेमा महिला रजस्वला हुुन्छन भने के महिला भगवान रजस्वला हुँदैनन ? के देवी रजस्वला भइन आज पूजा हुन्न भनिएको छ ?

शहरमा रजस्वला हुँदा भान्सामा छिर्न नहुने, पूजा गर्न नहुने, एक्लै टाढा बसेर खानुपर्ने कुन चै पुरुषले भन्छ ? महिनाबारी भएका बेला शहरमा एक्लै श्रमतिसँग बस्ने पुरुषले खाना पकाउन अल्छी गर्नाले खान हुने तर त्यही पुरुष गाउँमा गएपछि खान नहुने किन ? महिलाको स्वास्थ्यका दृष्टिकोणले आराम गर्न दिइएको हो भने त्यसलाई त्यसै अनुसार अगाडी बढाउनुपर्छ नभए अब हरेक महिला महिनाबारी भएका बेला भान्सामा पस्नुपर्छ, डाइनिङ टेबुुलमा हरेक सदस्यसँगै खानुपर्छ ।

sova

लेखक : शोभा न्यौपाने

पूजा गर्दा अनिष्ट !
शहरका हरेक घरमा पूजा कोठा बनेका छन् । पूजा कोठा नहुनेहरुले एउटै कोठामा भएपनि चार पाँच सयको मन्दिर बनाएर त्यसभित्र देउता थन्काएका छन् । बजारबाट किनेर ल्याएका कागजका भगवानलाई हरेक दिन धुप बालेर पूजा गरिन्छ ।

तर महिनाबारी भएका बेला तीनै कागजका भगवान छुन बन्देज गरिन्छ । छुुनुपर्छ भन्नेहरु पनि छुन डराइरहेका हुन्छन् । भगवान हुन अथवा मान्छे लिङ्गको पहिचान खुलाइएको छ । गणेश, महादेव, कृष्ण, ऋषि आदि पुरुष भगवानका प्रतिकका रुपमा पूजा गरिन्छ । महाकाली, सरस्वति, पार्वती, महालक्ष्मी, गौरी आदि महिला भगवान हुन । मान्छेमा महिला रजस्वला हुुन्छन भने के महिला भगवान रजस्वला हुँदैनन ? के देवी रजस्वला भइन आज पूजा हुन्न भनिएको छ ? होइन भने आम महिला पनि देवी हुन महिनाबारी भएका बेला हुने छोइछिटो बन्द गर्नुपर्छ ।

घरभित्रै एउटा कोठाको कुनामा ‘अछुत’ बनेर खानुलाई के भन्ने ?’  शहरी अनुहार बाहिर क्रिम पाउडर दलेका छन् तर भित्र कुरुप छन् ।

दिमाग बनेका छाउ गोठहरु भत्काउनुपर्छ
सुदूरपश्चिमका गाउँमा बनाइएका छाउगोठ किशोरी मृत्युसँगै भत्काइदै छन् । बाँकी रहेका भत्केलान पनि । तर शहरमा महिला आफै बनाएको मानसिक छाउगोठ कसले भत्काउने ? ‘रजस्वला’ हुनुको शारीरिक पिडा ४ दिन बढी खेप्नुपर्छ । तर हरेक महिला त्यो भन्दा बढी मानसिक पिडाहरु झेल्न विवश छन् । त्यसको कारण पुरुष होइन महिलाहरु नै हुन । एकातर्फ हामी सभ्य छौ भनिरहेका छौ अर्कोतर्फ आफैलार्ई पुरातन मूल्य मान्यताहरुको पैतालामुनि दबाइराखेका छौ ।

जसले पश्चिम नेपालमा प्रचलनमा रहेको छाउपडी प्रथाका बारेमा कडा टिप्पणी गर्छन र भन्छन–अशिक्षाका कारण समाजमा कायाम यस्तो प्रथालाई हटाउनु पर्छ । तर शिक्षित समुदायका महिला पनि त्यही बाटोमा छन् ।

यत्ति हो शहरमा आफ्नो जग्गा हुन्न त्यो नभएपछि छाउगोठ बनाउन सकिदैन । तर घरभित्रै एउटा कोठाको कुनामा ‘अछुत’ बनेर खानुलाई के भन्ने ?’  शहरी अनुहार बाहिर क्रिम पाउडर दलेका छन् तर भित्र कुरुप छन् । ती कुुरुप अनुहार उज्यालो बनाउन दिमाकमा बनेका छाउ गोठहरु भत्काउनु पर्छ ।

1447 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom