बुद्ध जयन्तीको दिन शेर्पा गोन्पामा छेवाङ हुने

शनिबार, फाल्गुन १२, २०७४



काठमाडौँ । २५६२ औँ बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती मुल समारोह आयोजक समिति शेर्पा सेवा केन्द्रले यस वर्ष धर्मगरु जटुल ङवाङ तेन्जिन जिग्डल रिन्पोछे (जटुल रिन्पोछे) बाट बैशाख १७ गते दीर्घयूको अभिषेक छेवाङ प्रदान गर्ने कार्यक्रम राखिएको छ ।  बिहान ११ बजेबाट पूजा सुरु हुनेछ भने दिउँसो २ बजेबाट छेवाङ कार्यक्रम शुरु हुनेछ ।

बिहान ८ बजे शान्ति पदयात्रा कार्यक्रम राखिएको छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि बुद्ध जयन्तीको अवसरमा शेर्पा सेवा केन्द्र हुंदै चावाहिल, मित्रपार्क र कुटुबाहलमा रहेको प्राचिन बुद्ध बिहारलाई परिक्रम गरि पुनः शेर्पा सेवा केन्द्र पुगी शान्ति पदयात्रा बिसर्जन गर्ने तय गरिएको छ । शान्ति पदयात्रा कार्यक्रममा व्यानरसहित सहभागी हुन सम्पुर्ण शेर्पाको संघसंस्था र छोक्पाहरुलाई पनि अनुरोध गरिएको छ ।

433 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank