बर्ड फ्लु संक्रमण- मासु तथा अण्डा खाँदा उपभोक्ताले अपनाउनु पर्ने सावधानीहरु

बुधबार, चैत्र ६, २०७५



-  डा. केदार कार्की

इ.स. १९९७ मा हङकङमा फेला परेको बर्ड फ्लु इ.स. २०१३ मा सोहौं वर्ष मनाउदै छ । प्रत्येक वर्ष यस्को संक्रमण नियंत्रण गर्न गाहो हुदैं गईरहेको स्थिती छ । हाल सम्म ६० मुलुकमा फैलीएको यस रोगका कारण ३७७ जना मानिसले मृत्युवरण गरेका छन् । कुखुरा तर्फ यस अवधिमा ५ देखि १० करोड सम्म यस रोगबाट संक्रमण वा शंकास्पद संक्रमित  कुखुरा नष्ट गरीएको अनुमान छ ।

यो रोगको संक्रमण इन्फलुन्जा भाइरस ए प्रजातीका कारण हुन्छ । जुन प्रायः चरा प्रजातीलाई संक्रमण गराउंछ र द्रुत गतीमा प्रसारण हुन्छ । मानिसमा अती घातक एच ५, एन १ का संक्रमण हङकङमा १९९७ मा अभिलेख गरीयो । युरोप, अफ्रिका र उत्तरी अमेरीकामा यो रोग देखिनु भन्दा पहिला इ.स. २००३ मा एशिया क्षेत्रमा कुखुरा व्यवसाय धरायशायी हुने गरी फैलिएकामा जुन अवस्थामा आज सम्म पनि यथावत छ । यस रोगको कारण अर्बाैंको लगानी रहेको कुखुरा उत्पादन व्यवसाय श्रृङखला रहेको छ । यस रोगका कारण विश्वव्यापी आर्थिक क्षती हाल सम्म खर्वौ डलर भएको आर्थिक विज्ञको अनुमान छ ।  रोगका कारण कुखुरा व्यवसाय श्रृंखलाले बेहोर्न परेको चुनौती भनेको उपभोत्तामा कुखुरा जन्य काँचो मासु फुल तथा तयारी परिकार प्रति उत्पन्न हुने त्रास प्रमुख मानिन्छ ।

इ.स. २००६ मा यो रोग फैलिदाँ उपभोत्तामा गरिएका सर्वेक्षण अध्ययनमा करीब ४० प्रतिशतले यस्तो वेला कुखुराको मासु खाईयो भने वर्ड फ्लु बाट संक्रमीत हुने अभीमत जाहेर गरेको अभिलेख भेटिन्छ । त्यस बेला फ्रान्समा कुखुराजन्य उत्पादनको बिक्रीमा ३० प्रतिशत कमी आएको देखिन्छ । अझ रोमानीयामा यस रोगको संक्रमण भेटिदा २००६ मा कुखुरा जन्य उत्पादनको विक्री ८० प्रतिशतले घटेको देखिन्छ भने इटालीमा पानी हाँसमा यो रोग देखिदा ७० प्रतिशतले घट्न पुगेको अभिलेख रहेकाे छ । इ.स २००७ को शुरुको ताका यो रोग देखिँदा इन्डोनेशियामा कुखुरा तथा कुखुरा जन्य उत्पादनको मुल्य ५० प्रतिशतले घट्न पुगेको तथ्य भेटिन्छ । त्यसै गरी हाल उपत्यकामा देखा परेको यस रोगका कारण बजारमा कुखुरा तथा कुखुरा जन्य उत्पादनको कारोबार ५–१० प्रतिशत मात्र हुने गरेको छ, भने कुखुराको मात्र मासु तथा फुलको कारोवार गर्ने करीब ६० प्रतिशत व्यवसायी अहिले आफ्नो कारोबार बन्द गर्ने गरी फुर्सदिला भएका छन् । भने कामदार वेरोजगार , भक्त्तपुर जिल्लाको मात्र सालाखाला कुखुरा व्यवसायको क्षतिको प्रारंभीक क्षती आँकलन गर्ने हो भने कुखुरा व्यवसायीको करीव ५ अर्व लगानी डुबेको अवस्था छ । त्यस्तै करीव ५००० ले आफ्नो रोजगारी गुमाउनु पर्ने स्थिती देखिन्छ । यसका साथै काठमाडाै, काभ्रे, ललितपुर, मकवानपुर, नवलपरासी तथा कास्की तीरको क्षतीको विवरण अझ आँकलन गर्न बाँकी छ ।

 आम उपभोक्त्तामा आज एउटा ठुलो संत्रास र्सिजना भएको स्थिती छ। के एच ५ एन १ को संक्रमणले कुखुरामा लाग्ने वर्ड फ्लुका कारण खाद्य स्वास्थ्य सुरक्षा जोखीममा पर्न सक्छ । एशिया, युरोप, अफ्रिकामा निरन्तर रुपमा कुखुरामा माहामारी रुपमा आज सम्म देखिरहदा अनी प्रत्येक पटक रोग देखिँदा संक्रमण हुंदाका फरक स्रोत फेला पर्दा जनसमुदाय जोखिममा पर्ने त्रास वढेर गएको देखिन्छ । आज सम्मको तथ्यहरु विश्लेषण गर्दा जति मानिस यस रोगबाट संक्रमीत भए ती कि त संक्रमित कुखुरा वा संक्रमीत मरेका कुखुराहरुसँग लसपस भएका बढि देखिन्छन । यस बाहेक यस प्रजातीको भाइरसबाट प्रदुषित कुखुरा जन्य उत्पादन सँगको लसपसले जनसमुदायमा यस रोगको प्रसारण हुने हंदा जनस्वास्थ्यकर्मीहरुको ठुलो चिन्ता छ ।

विकसित देशहरुमा मासु प्राय: जसो मासु पसल वा सुपर मार्केटमा कि त फ्रिजमा संचय गरीएको वा डिप फ्रिजमा अती हिमकृत गरीएको किनेर खाने चलन छ । अर्को तीर एशियाली मुलुकमा मासु प्रयोजनका लागी पशुपंक्षी जिउँदो बजारबाट खरीद गरी आफ्नो घर आंगन बाटो चौबाटो अझ कुखुरा त भान्सामा नै वध गर्ने प्रचलन छ । जसले गर्दा एशियाली जनसमुदाय जनस्वास्थ्यमा गंभीर असर पार्ने रोग वोकेका पशुपंक्षीहरुसंग लसपस हुने जोखिम बढि रहन्छ । अनी अव्यवस्थित शहरीकरणका कारण घना वस्ती बाटो चौबाटोमा रोगका विषाणु जीवाणु सार्दै जान मद्दत पुर्याएकाे छ।

यसरी खुला अनी ताजा मासु बजारलाई जनसमुदायमा एच ५ एन १ संक्रमणको मुख्य स्राेत मानिएको छ।  उपत्यकामा देखा परेको वर्ड फ्लुका कारण उपभोक्त्तामा यस्तो वेलामा कुखुराको मासु तथा फुल खान हुन्छ वा हुँदैन भन्नेमा दुविधा अनी त्रास व्यापक रुपमा पाइन्छ । उपत्यकाका भक्तपुर, ललितपुर,काठमाण्डौ जिल्लामा फेला परेको बर्ड फ्लु रोगको आबश्यक प्रारम्भिक नियत्रण कार्य रहेको स्थिती छ । यस अबधि पछि रोगको निगरानि ब्यापक रुपमा गरिएको छ । एच ५ एन १ भाइरस तातो वातावरण प्रति वढि संवेदनशिल मानिन्छ । त्यसकारण यदि कुखुराको मासुको सबै भाग तथा भित्री भाग सम्म ७० डिग्री सेन्टीग्रेड तापक्रम पुग्ने गरी पकाएमा त्यस्तो मासु जनस्वास्थ्यका लागी सुरक्षित मानिन्छ । तर उपभोत्ताले काँचो कुखुराको मासु नपकाइकन खाने गरिने सलाद, हरियो तरकारीसँग लसपस भइ प्रदुषित हुने प्रति सजग हुन जरुरी छ । कुखुराको काँचो वा अती हिमकृत मासु काँट छाँट गर्ने वा पकाउन तयार गर्ने मानिसले भने खाली नाङ्गो हात खुल्ला नाक मुख गरि यस्ता मासु चलाउन हुँदैन । कम्तीमा पनि हातमा पंजा मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुन्छ । यस वाहेक मासु काँट छाँट गरी सकेपछि हात राम्रो सँग साबुन पानीले सफा गर्ने मासु तयार गर्दा प्रयोग गरीएका भाँडा कुँडा, औजार, अचानो लाई राम्रो सीत सफा गरी निर्मलीकरण तथा निसंक्रमण गर्नु पनि यस रोगको संक्रमणबाट वच्ने उत्तम उपाय पनि। सकभर भान्सामा कुखुरा वा अन्य जनावरको मासु काँट छाँट धोइ पखाली गर्ने तथा पकाउने भाडाँ कुँडा औजार अचानोहरु अन्य खाले तरकारी जन्य सामाग्री तयार गर्न प्रयोग नगर्नु नै उत्तम हुन्छ ।

फ्रोजन अर्थात अति हिमकृत गरी संचय गरी राखेको मासुका तन्तुमा थोरै संख्यामा भए पनी यो भाईरस प्रदुषित भएको अवस्थामा संख्यामा नै बृद्धि नभए तापनी कृयाशील अवस्था रहन सक्छ। यस्को दृष्टान्त इ.स २००४ मा चीन तथा थाइल्याण्ड बाट जापान, दक्षिण कोरीया पठाइएको फ्रोजन कुखुराको मासुको नमुनामा यो भाइरसको अवस्थिती देखिदाँ जापान तथा कोरीयाले चीन तथा थाइल्याण्ड बाट आफ्नो देशमा हुने कुखुराको अती हिमकृत मासु आयातमा लगाइएको प्रतिबन्धले पुष्टि गर्दछ ।  त्यसै गरी यो भाइरस कुखुराले पारेको फुलको वाहिरी भागका साथै भित्रको सेतो तथा पहेलो भागमा पनी अवस्थिती रहेको हुन्छ । तर कुखुराको फुलको पहेलो भाग पनि समेत कडा हुने गरी पकाएको वा उसीनेको फुलमा भने बढी तापक्रमका कारण यो भाइरस निष्कृय हुन गइ संक्रमण गराउने क्षमतम गुमाउँछ । जसले यसरी पकाएको कुखुरा फुल सेवन गर्दा रोग लाग्ने , सर्ने जोखिम न्युन हुन्छ । तर आधा उमालेको आधा पकाएको कुखुराको पोच तथा काँचै कुखुराको फुल सर्वत जुसमा भने मिसाएर खानु हुँदैन यसो गरे रोग लाग्ने जोखिम हुन्छ ।

त्यसै गरी कुखुराको फुलको बाहिरी भागको भाइरसको प्रदुषण न्युन गर्न व्यवसायीक रुपमा यस्को आपुर्तिकर्ताहरुले फुलको वाहिरी भाग राम्रो सँग निर्मलि करण निसंक्रमण गर्नु पर्ने हुन्छ । राम्रोसँग पकाएर कुखुराको फुल खाएमा जनसमुदायमा राेग देखा पर्दैन।   उपभोत्ताहरु कुखुराको मासु फुल वर्ड फ्लुको माहामारी फैलीएको वेला सेवन गर्दा जोखिम परिन्छ की भन्नेमा चिन्तीत देखिएको भेटिन्छ । अर्को तर्फ कृषि जन्य उत्पादन विभिन्न खाले सागपात तरकारी उत्पादन अनी माछा पालनमा कुखुराको सुली मीस्रीत सोतर उच्चकोटिको प्रांगारीक मलका रुपमा प्रयोग गरीने प्रचलन छ । कुखुराको सुलीमा रहेका भाइरसका कणहरु १५–२० डिग्री सेन्टीग्रडमा ६ दिन पछि २८–३० डिग्री सेन्टी ग्रेडमा ३६ घण्टामा तथा ५६ डिग्री सेन्टीगे्रडमा २० मिनेटमा निष्कृय हुन्छन्  । यदी संक्रमीत खोरमा रहेका कुखुरा मात्र मारी तिन्को वैज्ञानीक सुरक्षीत व्यवस्थापन गर्ने तर सुली मिस्रति सोतर त्यतीकै छाडीदिने होभने त्यस्ता सोतरमा एच ५ एन १ कृयासील रुपमै भेटिन सक्छ । त्यस्तो सुली मिस्रीत सोतर सागपात एबंं छोटो समयमा तयारी हुो तरकारी अनी माच्छा पोखरीमा प्रयोग गरीने हो भने यी उत्पादनले पनी जनसमुदायको स्वास्थ्यमा प्रति कुल असर पार्ला की ? त्यसो हुँदा त्यस्ता सोतर प्रयोग गर्नु अघी राम्रो सँग कम्पोष्ट मल बनाइ वा तापक्रमीए उपचार गरी मात्र कृषि जन्य उत्पादनका लागी मलको रुपमा प्रयोग गरीनु पर्दछ । यो जिम्मेवारी कुखुरा पालक कृषक व्यवसायीले लिनु पर्ने छ । जैविक सुरक्षाका लागी पनी खादय श्रृङखलामा एच ५ एन १ को न्युनीकरणका लागी निम्न तीन चरणमा ध्यान पुर्याउन जरुरी हुन्छ । पहिलो चरणमा कुखुराको खोर, बीचको चरण बजार क्षेत्र, अन्तीम चरणमा खादय प्रसोधन उद्ययोग साथै उपभोत्ता आफैले विशेष ध्यान पुर्याउन आवस्यक छ ।

कुखुरा पालक कृषक बाहेक कुखुरा खोरका कामदार सरसफाइ गर्ने चल्ला प्याक गर्ने भान्से कुखुरा खोरमा औषधी खोप दिन जाने प्राविधिक बढी जोखीम हुन्छन । तसर्थ कुखुरा वध गर्ने भुत्ल्याउने कुखुराको मासु काटने जस्ता कार्यमा संलग्न व्यक्तीहरुले न्युनतम सुरक्षाका लुगा लगाउन उचित हुन्छ ।कुखुरा व्यवसायी तथा फ्रेस हाउस तथा मासु व्यवसायीले यो सुनिस्चीतता गर्नै प¥यो की कुनै खाले रोग ग्रसीत वा मरेको कुखुराको मासु उपभोत्ताका लागी कोशेली भनी पसलमा राखेको छैन । कुखुराको मासु कुखुराको सुलीबाट शुन्य प्रदुषित तथा कुखुराको फक्सो कलेजो श्वासनली टाउको अनी आन्दा्र भुडी जंहा यो एच ५ एन १ को अधिकतम उपस्थिती रहने गर्छ । मासुसंग लसपस नगरी सुरक्षीत निसंक्रमीत गरी तह लगाउनु पर्दछ ।  आजको जस्तो गज्याङ गुजुङ रुपमा कुखुरा पालन गर्नेको साटो प्रत्येक किसिमका कुखुराहरुलाई न्युनताम मापदण्ड पुरागरी कुखुरा पालन गरीने हो भने पनी यस भाइरसबाट कुखुरामा हुने संक्रमण्मको जोखीम न्युनीकरण गर्नै सकिन्छ । उच्च कोटीको मापदण्ड पुरा गरेको जैविक सुरक्षा, खोरमा विरामी परेका कुखुरा छुट्टै राख्ने अवस्था खोर, कुखुराको दाना, कुखुराको चल्ला, ओसार पसारमा प्रयोग गर्ने, कुखुरा खोर रहेको ठाँउ पस्दा र बाहिरीँदा उचित निसंक्रमण गर्ने खोरमा काम गर्ने कामदारका लागी छुट्टै सुरक्षीत लुगाको व्यवस्था गर्ने ।

यस वाहेक दृ्रत प्रयोगशालाकृत रोग निदान गर्ने हो भने रोगको नियन्त्रण समयमा गर्न सकिन्छ ।साथै यस्को प्रसारण रोक्न पनि ।यस वाहेक कुखुरा पालन व्यवसाय जोगाउन यसबाट हुने आम्दानी वृद्धि गर्न खाद्यय सुरक्षाका लागी वर्ड फ्लु नियन्त्रण गर्नै पर्छ ।  भरपर्दो सहज प्रयोग गर्न सकिने प्रयोगशालमा प्रविधियुक्त प्रयोगशालाको आवस्यकता आज तत्काल खट्किएको छ । सो नहुँदा सम्म आजको जस्तो सिमित आर्थीक भौतिक एक प्रविधि श्रोत र साधनको कमीको वावजुद पनि कुखुराको वथानको थलो मै घुम्ति रेपिट टेष्ट गरी छड्के जाँच गर्ने हो भने पनी वर्ड फ्लु आजको जस्तो छाडा रुपले माहामारी लीन पाउने छैन । अनी मात्र गोठ देखि ओठ सम्म सुद्ध स्वच्छ अनी स्वस्थ कुखुराको मासु खान पाईने छ ।अन्यथा मासु कोल्ड स्टोरमा ग्राहक घरमा अनी कुखुरा पालक कृषक सडकमा को स्थिती सधैं रहिरहने छ वर्ड फ्लुका कारणले ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata