प्लास्टिक झोलाको प्रयोगबाट वातावरण मानव तथा पशु स्वास्थ्यमा हुने जोखिम

बुधबार, साउन २, २०७५



प्लास्टीक शब्द ग्रीक भाषाका प्रास्टीकोस शब्दबाट ब्युत्पन्न भएको तथ्य भेटिन्छ । जसको शाव्दीक अर्थ जुनसुकै, रंग रुपमा ढाल्न सकिने । प्लास्टीकहरु पोलीमर्स हुन जसको ग्रीक भाषामा धेरै खण्ड भएको बुझिन्छ । जुन आधारभुत रुपमा त्यस्ता वस्तु वा कण जुन एकै खाले कणहरु श्रृङखलावद्ध रुपमा दोहरिएर जोडिएर बनेका हुन्छन ।

हाइड्रोजन र कार्वन ( हाइड्रोकार्वन) का कणहरु एक आपसमा जोडिएर प्लास्टीक पोलीर्मसको लामो सांग्लो बन्दछन । प्राय जसो प्रसोधित प्लास्टीक का लागि आवश्यक कच्चा हाइड्रोकार्वन सामग्रीहरु पेट्रोलियम प्राकृतिक ग्यास वा कोइलाबाट उपलब्ध हुन्छन । प्लास्टीक को गुणस्तर पोलीमरहरुको लम्बाई र संरचनागत व्यवस्थापनले निर्धारण गर्दछ । सधन रुपमा खादिएको पोलीमरबाट कडा खाले प्लास्टीक सामग्री तयार पारिन्छ । जवकी खुकुलो पारी खादिएका पोलीमर्सबाट मुलायम खाले प्रास्टीक सामग्री तयार पारिन्छ ।

यद्यपी पोलीमर्सहरु मात्र प्रयोग गरी वनाइएका सामग्रीहरुको भौतिक व्यापारिक व्यवहारिक मूल्य न्युन हुने हुँदा प्लास्टीक उत्पादनहरु रंगी विरंगी कडा, नरम बनाउन विभिन्न खाले रसायनिक जोरन निर्माण प्रकृयालाई सहजीकरण गर्न प्रयोग गर्ने गरीन्छ । जुन जस्वास्थ्य एवं वतावरणीय पर्यावरणका लागि घातक हुने गर्दछन । प्लास्टीक प्रयोगको पहिलो अभिलेख अनुशार व्रिटिश अनवेषक तथा घातु विज्ञ अलेक्सजेन्डर पारकेसले प्राकृतिक सेलुलोज नाइट्रीक एसीड एवं अन्य संघुलन रसायन प्रयोग गरी पार्केसाइन इं.स. १८५५ मा तयार पारेको तथ्य भेटिन्छ ।

प्रथम पूर्ण मानव निर्मित पुर्ण प्रसोघित प्लास्टीक को प्रयोग भने इ.स. १८०७ वाट प्रयोग हुन थालेको देखिन्छ । जव बेलजीएममा जन्मेको, न्युयोर्कमा बसोवास गर्ने लियो विकेलैण्डले हाइड्रोकार्वन रसायन जुन कोइलाबाट संस्लेषित लिथोे प्रयोग बेललाइट श्रृजना गरे जुन रेडियो टेलीभिजनको कोसिंग भान्साका भाडाकुडा तथा खेलौनामा प्रयोग गरीयो । खास गरी दोश्रो विश्वयुद्धको अन्त पछि प्लास्टीक युगको शुरु हुन पुग्यो जव दैनिक प्रयोग हुने सवै खाले घरायसीे प्रयोग हुने सामग्रीहरु प्लास्टीकका बन्न थाले । आज प्लास्टीक हाम्रो वरीपरि सर्वत्र छ । आज हाम्रो खाना र पेयहरु यिनै सामग्रीमा पोको पारीन्छ ।

आज हाम्रा घर कार्य क्षेत्र , सवारी साधन सवमा यिनको प्रयोग अपरिहार्य भएको छ । हाम्रा लुगा पहिरन चश्मा दाँत , दाँत मंजन, कम्पयुटर, टेलिफोन थाल ल्पेट कचौरा गिलास खेलौना सवै प्लास्टीक वाट बनेका छन । यदि हामीले आजको हाम्राे, दैनिकीको समिक्षात्मक अवलोकन गर्ने हो भने हाम्रो जीवनको कुनै पक्ष अछुतो पाउन दुरुह हुनेछ । प्लास्टीक वाट वनेका सामग्रीहरु हाम्रा कोठा, भान्सा बैठक तथा पर्यटनका वेला प्रयोग न गरीने हो भने समाजमा पाखे पो भइन्छ भन्ने डर त छदैछ । प्लास्टीक हरु विविध खाले , हलुका, लचिलो, चिस्यान, प्रतिरोधी, टिकाउ, मजबुत तथा अपेक्षाकृत किफायती हुन्छन ? यिनीहरु रसायन प्रतिरोधि प्रष्ट पारदर्शी तथा व्यवहारिक रुपमा टुटफुट नहुने खालका हुन्छन् ।

यीनै विशिष्ट खाले गुणका कारण प्लास्टीक ले यस भुमण्डलको जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ । तर यसको जथाभावी प्रयोगले अनअपेक्षित वातावरणिय समस्या का साथै साना केटाकेटीमा विविध खाले स्वास्थ्य जन्य समस्या श्रृजना गर्न सक्छ । अन्य विकल्प उपलब्ध हुन नसकेको अवस्थामा मात्र प्लास्टीक को प्रयोग बृद्धिमत्तापूर्वक सावधानी सहित प्रयोग गरीनु पर्दछ ।

आजको युगमा प्लास्टीक लाई विकारल वातावरणीय एवं पर्यावरणिय प्रकोपको रुपमा लिइन्छ । प्राय जसो प्लास्टीक अनविकरणिय श्रोत दोहन सधन उर्जा प्रविधीको प्रयोग गरी संवेदनशिल पर्यावरणिय प्रणालीमा क्षती पु¥याउने गरी पेट्रोलीय तथा प्राकृतिक ग्यासको प्रयोगबाट बनाइन्छ । प्लास्टीक को उत्पादन तथा यसलाई बालेर नष्ट गर्दा यसले हावा, जमीन, जलसतहमा प्रदुषण गराउँछ । साथै यसको उत्पादन श्रृँखलामा संलग्न मजदुरहरु विषालु रसायन तथा क्यानसरजन्य स्वास्थ्य समस्याका जोखिममा पर्दछन । प्लास्टीक प्याकेजीङग जुन सर्वत्र उपयोग भएकाछन भुतल फोहरमैलाको प्रमुख श्रोतको रुपमा देखा परेको छ । जुन जलचर तथा घरपालुवा पशुहरुले यस्ता प्लास्टीक मा पोका पारी फालेका रछयान खान पुग्दा द्यातक परिणाम वेर्होर्न स्थितिमा पुग्ने गर्दछन ।

प्रशाेधित प्लास्टीकहरु गलेर नजाने किसिमका हुने गर्दछन । यी फोहरमैला फाल्ने ठाउँमा थ्रुप्रिदै जान्छन र वातावरणलाई भौतिक रुपमा प्रदुषित गराउँदछन । आज हाम्रा महानगर, उपनगर नगरपालिका तथा स्थानिय निकायहरुका लागि शहरी फोहरमैला व्यवस्थापनमा प्लास्टीक टाउको दुखाइको विषय बनेको छ । जुन हाम्रो आफनो परिवेषमा मात्र सीमीत छैन यो समस्या विश्वव्यापी नै छ भने हुन्छ । जस्को परिणाम आज विश्व भरीका स्थानीय सरकारहरु प्लास्टीक को झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन । प्लास्टीक का कारण हुने प्रदुषण नाङगो आँखाले मात्र अवलोकन गर्न सकिन्न । विभिन्न समयमा भएका अनुसन्धानले प्लास्टीकका सुक्ष्मकण वातावरणिय बायु, नदि तालमा विश्वव्यापी रहेको इंगीत गरेको तथ्य पाइन्छ । जन स्वास्थ्य जोखिमको सन्दर्भमा

349 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank