कसले लुकायो बांदरमुढे घटना पीडितले पाउने राहतको पोको ?

बांदरमुढे घटनाको १२ बर्ष : घटनाका पीडितको बयान

मङ्लबार, जेष्ठ २३, २०७४



- सुदीप निउरे

आखीर किन मौन बसिरहेको छ, माओबादी ? किन चाहेन पीडितका आसु पुछ्न् ? माओबादी पार्टीलाई आर्थीक अभाव त पक्कै थिएन होला । आखिर पीडकपक्ष भईकन पनि रमिते बन्नुको कारण के हो ? किन यो घटनामा प्रवेश गर्ननै चाहदैन माओबादी ? यी प्रश्न अनुत्तरित बनेका छन् । बाहिर देख्नेहरुलाई त लाग्न सक्छ, अब त्यो घटनाका पीडितहरुले पिडा भुलि सके भन्ने ।

अध्यक्ष प्रचण्डले बोलेपछि विभिन्न समाचारमा ठुला–ठुला हेडलाईन बनेर समाचार त आयो तर प्याकेजमा दिने भनेको पीडितको राहत १२ वर्ष बितिसक्दा पनि अझै आएको छैन।

अब त्यो घटनाका सबै कुरा सकियो भन्ने, तर जो जसलाई बादरमुढेको गहिरो चोट परेको छ, उसले भुल्या छैन त्यो दर्दनाक घटनाले दिएको पिडा । अरुले भुले पनि बास्तविक पीडितहरुले भुल्न सम्भव छैन त्यो कालोदिनले दिएको असह्य चोट । हरेक वर्ष यसैगरी जेष्ठ २३ आउछ मृतक परिवारका सदस्य त्यो दिन अलि बेस्सरी रुन्छन अनि वर्षभरि सम्झिरहन्छन् । घाईतेहरु सधैभरि अमिलो मन बनाई रहन्छन् ।

जन्मेपछि हरेक मान्छे मरेरै जाने हो, तर त्यो मृत्यु, त्यो अंगभंग भएको दृश्य स्वभाविक पटक्कै थिएन् । त्यसैले मृतकका परिवारलाई पटक–पटक झस्काई रहन्छ बादरमुढे घटनाले । घटना घटेको करिब एक वर्ष पछि ०६३ जेष्ठ ६ गते पहिलो पटक पीडितहरुले माडीको देबेन्द्रपुर बजारमा लिखीत रुपमा ९ बुदे माग माओबादी समक्ष अघि सारेका थिए । मृतक परिवारलाई राहत । मृतक तथा घाईतेका बालबालिकाको पठनपाठनको ब्यबस्था । घाईतेहरुलाई राहत तथा उपचार खर्च । मृतकको परिवार तथा घाईतेहरुलाई दिर्घकालीक आयआर्जनको स्रोत ब्यबस्थापन लगाएत दोषीलाई कानुन बमोजिम कारबाही । पीडितहरुले अगाडी सारेका यिनै माग मध्य दोषीलाई कारबाही भन्ने बुदाप्रति माओबादीले शुरु देखिनै मौन असहमति ब्यक्त गर्दै आईरहेको भने पक्कै हो ।

पीडितहरुले अगाडी सारेका मागहरु मध्य एउटै बुदामा माओबादी पार्टी अल्झनुको पछाडी के छ ? सबै माग पुरा गर्दै गएको भए त्यो अल्झिएको बुदामा पीडितहरुले केहि बिचार गर्ने थिए कि । यसबारे किन जबरजस्तको हठ जारी राख्यो माओबादीले । यो १२ वर्षको बीचमा पार्टीका जिम्मेवार ब्यक्तिहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगाएत उच्च नेताहरु बाबुराम भट्टराई, मोहन बैद्य किरण, राम बहादुर
थापा बादल, देबेन्द्र पौडेल सुनिल लगाएतका नेताहरुसंग पीडितहरुले प्रत्यक्ष भेटघाट गरेपनि पीडिततहरुको हात रित्तो रह्यो । ०६३ सालको हिंउदयाममा चितवनको फुलबारीमा माओबादीका उच्च नेताहरुसंगको भेटघाटपछि सबै पीडितहरुमा एक किसिमको आशा पलाएको थियो । राहत प्योकेजको रुपमा दिन्छौ भनेर स्वयम अध्यक्ष प्रचण्डले सम्पूर्ण पीडित सामु बोलेका थिए ।

अध्यक्ष प्रचण्डले बोलेपछि विभिन्न समाचारमा ठुला–ठुला हेडलाईन बनेर समाचार त आयो तर प्याकेजमा दिने भनेको पीडितको राहत १२ वर्ष बितिसक्दा पनि अझै आएको छैन। विभिन्न पटक भएका महत्वपूर्ण भेटघाट औचित्यहिन हुँदा पीडितहरुको माओबादी प्रतिको आक्रोश र गलत नजिर झनै बढ्न थाल्यो । बाँदरमुढे घटनाका पीडितलाई राहत दिने सम्बन्धमा पछिल्लो समयमा माओबादी पक्षले दिंदै आउने गरेको एक अभिब्यतिबाट पीडितहरुले राहत पाउनेवाला छैनन भन्ने झल्काई रहेको छ ।

आजभोली माओबादीपक्षबाट एउटै जवाफ आउने गर्छ । पार्टीलाई बदनाम गर्न केही मान्छेले बाँदरमुढेबारे नियतबस प्रचार गरिरहेका छन् । त्यसैले हामी बास्तबिक पीडितसम्म राहत पुर्याउन सकिरहेका छैनौ । जो उक्त घटनामा पीडित भए । मृतकका परिवार, घाइते र अपांगहरुलाई सम्बोधन गर्ने कुरामा पार्टी एकदमै गम्भीर छ ।

बिगतको एक दशक यहि समस्याले रोकिएको हो त् ? वा माओबादीको नयाँ बहानाबाजि हो ।हो यहि कुरा हो, को हुन ति ब्यति माओबादीले आम बाँदरमुढे घटनाका पीडितहरुलाई दिन ठिक्क पारेको राहतको पोको रोकीरहेका छन् । माओबादीले पीडितहरुलाई दिने प्याकेज रोकिराखेका छन् । माओबादी र पीडितहरुको बीचमा तगारो बनि रहेका छन् । यो माओबादीको बहानाबाजी हो या साच्चिकै रोकिराखेका छन् । यदि माओबादीले दिने राहत पिडीत पक्षबाटै रोक्न खोजिएको छ भने कसले रोक्न खोज्यो माओबादीहरुले त्यसको प्रमाण सहित जनतामा जान जरुरी छ । पीडितहरुले माओबादीको त्यस कदममा अबस्य साथ दिने छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडी महोत्सब् उद्घाटन गर्न जाँदा बाँदरमुढे पीडितको लागि ६० लाख रुपैयाँको बजेट पनि छुट्याइएको छ भनेर बोलेका थिए । यी बोलीहरु माडीमा राजनीति गर्नको लागी पीडितलार्इ अल्मल्याउने काम हुन् या सांच्चीकै हुन् । यदि सांच्चिकै हो भने एकाध ब्यक्तीको बोलीमा सिंगो माओबादी पार्टी अल्झिएर अन्य तमाम पीडित माथी खेलवाड गर्नु कुन नैतिकता हो ?बाख्रालाई हरियो घांस देखाएर पर–पर भागे जस्तो गरि घटनाका पीडितमाथी यसरी खेलवाड गर्ने अधिकार माओबादीलाई पक्कै छैन् ।

माओबादीहरुले घटनालाई राजनीतिकरण गर्न खोजीयो भन्दै उम्कने प्रयास गरिरहंदा पीडितहरु आफ्नो कष्टकर दिनहरु गुजारा गरिरहन बाध्य छन् । यो १२ वर्षको अन्तरालमा अभिभावक गुमाएका बालबालिकाको मानिशक पिडा कसले हो विर्शाउने, लथालिंग बनेको उनीहरुको पठनपाठनको जिम्मेवारी कसको हो ? घटनामा ३८ जनाले ज्यान गुमाएका थिए, ७२ जना घाइते थिए तर उपचार खर्चको अभावमा थप ४ जनाको मृत्यु भैसक्यो यसको जिम्मेवारी कसले लिने हो ?

बिग्रीएको उनिहरुको पारिवारीक अबस्थाको जिम्मेवार को हो ? कि त बाँदरमुढे घटनाका पीडितहरुको लागी हामी केहि गर्न सक्दैनौ भन्न सक्नु पर्‍यो होईन भने पीडितहरुलाई राहत दिन्छौ भनेर आश्वासन दिई सकेपछि राहत लगाएतका कुराहरु दिनु पर्‍यो। दिन्छु भनेर आशै आशमा राख्नु पनि अर्को महाअपराध हो ।
 
*माओबादीपक्ष र बाँदरमुढे घटनाका पीडिततहरुबीच बिगतमा नमिलेका केही आन्तरिक कुराहरुः*

१. घटनास्थलमा स्मारक निर्माण गर्ने मनसाय पीडित पक्षबाट उठ्यो । यसबारे माओबादीपक्षबाट पनि आर्थीक सहयोग गर्ने चर्चा त चल्यो तर स्मारकमा उल्लेख गर्ने भनिएको शब्दावलिमा माओबादीपक्ष असहमत भो । सहयोग हुने थियो या थिएन तर शब्दावलिबाटै माओबादी पछि हट्यो ।

२. माओबादीपक्ष स्मारक निर्माणमा अघि नसरेपछि दाताहरुको खोजी भो । घटनास्थलमा स्मारक निर्माण गर्न नेपाली सेना तयार भो । रुक्मागत कटवाल मार्फत नेपाली सेनाको आर्थीक सहयोगले स्मारक निर्माण गरियो । यस प्रति माओबादीको पूर्ण असहमत हुदै आयो ।

३. खासगरी, बांदरमुढे घटना पीडित समितीका उपाध्यक्ष लेखनाथ अधिकारीले गर्ने विभिन्न भेटघाटलाई माओबादीपक्षले आफ्नो पार्टी विरुद्धको खेल सम्झिदै आएको छ । कनकमणि दिक्षीत, युवराज घिमिरे, सुवोध प्याकुरेल, लगाएत नेपाली काँग्रेस, नेकपा एमाले र राष्टिय प्रजातन्त्र पार्टीको निर्देशनमा उपाध्यक्ष अधिकारी चलेकाले सबै राहत रोकीएको माओबादीहरुको आशय छ ।

यसबारे खुल्ला रुपले माओबादीले अधिकारीको नाम तोकेर मुख खोलेको भने छैन । माओबादी निकटहरुसंगको मेरो निरंन्तर चलिरहेका आन्तरिक बहसले यस्तो आसय पाएको छु । यदि उपाध्यक्ष अधिकारीप्रति माओबादीको आशंका छ् भने बहस गर्न हामी तयार
छौ । अधिकारी माथी आरोप थोपरेर तमाम पीडित माथी धोकाधडी किन गरिदैछ यसको जवाफ माओबादीले दिनु जरुरी छ । अन्तमाः बाँदरमुढे घटनामा दिबंगत आत्माको चिरशान्तिको कामना । अबको बिकल्प पीडितहरुको वास्तविक समस्याको पहिचान गरि
माओबादीले पिडा बिर्साउने प्रयास गर्न जरुरी छ । होइन भने जबसम्म पीडितहरु जिबीत रहंन्छन् तवसम्म पिडा रहिरहने छ । पटक–पटक सत्तामा जांदा पनि पिडकपक्षले पीडित पक्षका कुरा सुन्न नचाहनु गलत हो ।

संगठितरुपमा पीडितहरुले दवाव सिर्जना गर्न नसक्नुलाइ कमजोरी आकलन गरिएको छ । यसरी माओबादी पक्षले कानमा तेल हालेर बस्नुनै समस्या समाधान हुन नसक्नुको जड् कारण हो । यिनै मुद्धामा अल्झिएर बेवास्ता गरिएमा त्यसको परिणाम पक्कै राम्रो हुने छैन। हरेक पीडितको मनमा बिझेको खिल निकाल्नु माओबादीको जिम्मेवारी हो ।

मृतक आत्माहरुलाई बास बस्ने ठाउँ बनाई देउ । मृतकहरुको आत्मा त्यसै भट्किरहेको छ । यदि अब पनि उनिहरुको आत्मा बस्ने ठाउँ तिमीहरुले बनाई दिदैनौ भने उनिहरुको आत्माले तिमिहरुको राजनितीक यात्रामा तगारो हाल्ने छ । यसैगरी घाईतेलाई दिर्घकालीन जिवीको पार्जनको मार्ग देउ । हिजोका दिनमा बोलेका सबै कुरा पुरा गरिदेउ । बेला त धेरै घर्किसकेको छ, तैपनि माओबादीले आफुहरुलाई अवश्य केहि गर्नेछ् भन्ने आषमा सबै पीडितहरु छन् । यदि यसैगरि बेवास्ता गरिएमा माओबादीका हरेक काममा बाँदरमुढे पीडितहरुले सधैभरी न्याय खोज्दै बाधक बनेर अल्झाई रहनु पर्ने छ।

*–लेखकः बाँदरमुढे घटनाका पीडित हुन् । घटनामा उनले २४ वर्षीया दिदि डिलकुमारी निउरे र डेढ वर्षीय भान्जा निश्चल सापकोटालाई गुमाएका थिए ।*

1116 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank