फेरुवा संयोजक बाबुरामको हैसियत

मङ्लबार, कार्तिक ७, २०७४

loading...


- प्रताप ओली

नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराई एक चोटी हरेक जनताको मानस्पटल जमेका राजनितिज्ञ हुन् ।

उनको पहिलो राजनितिक पाईला सबैको लागि गहिरो हेराई थियो । राम्रो विद्याबारिधी र गहिरो सोचाई बाबुराममा छ भन्ने सबैमा हेक्का थियो । विशेषतः युवापुस्ताका निम्ति बाबुराम आशाका केन्द्रविन्दु थिए । तर पछिल्लो बाबुरामको फिरन्ते र स्वार्थी राजनितिक चरित्रले आफ्नै छवि माथि धक्का पुग्ने देखिन्छ ।

बाबुरामले चालेका हरेक कदम आफैमा राम्रा होलान् तर जनताका लागि उचित भएनन् । जब पार्टीभित्रकै आन्तरिक सम्बन्ध राम्रो भएन ,बाबुरामले नयाँ शक्ति पार्टी नामक पार्टी खोले त्यसमा केही उनका शुभचिन्तक साथ दिईरहेकै थिए ।

जब स्थानिय तहको चुनाव नजिकियो ,चुनाव चिन्हको विषयलाई लिएर बाबुराम जोडीले संविधान विरुद्घ केही अपशब्द प्रयोग गरे ,त्यसताका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए । यसको सजाय प्रचण्डले केहीबेर जेलसमेत थुने ।

स्थानिय तहका तिनै चरणका निर्वाचन सम्पन्न भए ,बाबुराम नेतृत्वको नयाँशक्ति नेपाल पार्टी अपेक्षाकृत चुनावी नतिजा हातपार्न नसक्दा बाबुराम रन्थनिएका थिए । त्यसपछि नेपालमा रातारात ठुलो राजनितिक परिवर्तन भयो ,पार्टीहरु गठबन्धित हुने ,तालमेल गर्ने जस्ता कुराले बजार ततायो । त्यसैअनुरुप कम्युनिष्ट पार्टीहरुको वामपन्थी गठबन्धन बनाएर सुर्य चिन्ह प्रयोगरी प्रदेश र प्रनिनिधिसभा चुनाव लड्ने भन्ने नेकपा एमाले र माओवादी केन्द्रबीच अग्रसहमति भयो ।

स्थानिय तहको निर्वाचनमा सुर्य चिन्ह अंकित नेकपा एमाले ठुलोे पार्टी बनेको गठबन्धन हल्लामा बिलिन भए बाबुराम । सुर्य चिन्ह लिएर लड्छु भन्दै वाम गठबन्धन घोषणा भईरहेको स्थान राष्ट्रियसभा गृह पुगे बाबुराम पनि । एमाले–माओवादी गठबन्धन जति आकस्मिक थियो, त्यसभन्दा निकै रहस्यमय तरिकाले वाम गठबन्धनमा आएका थिए बाबुराम ।

माक्र्सवाद नै छोडेर हिँडेका बाबुराम कम्युनिष्ट पार्टी बनाउन किन आए ? यो प्रश्न त्यतिबेलै धेरैको मनमा थियो । तर, ७ दिन नबित्दै वाम गठबन्धन छोडेर कांग्रेसमा गएपछि यतिबेला बाबुराम किन आए र किन गए ? भन्ने व्यापक कौतुहलता छ ।

तामझामका साथ वाम गठबन्धन पनि घोषणा भयो ।

वाम गठबन्धनमा सामेल भएको सात दिन नबित्दै बाबुराम कांग्रेससँग गठबन्धन बनाएर यतिबेला गृह जिल्ला गोरखामा व्यस्त छन् । त्यसपछि पनि बाबुरामलाई चाहेको चुनावी मैदान गोरखा २ सजिलै प्राप्त भएन । फेरुवा मानसिकता भएका बाबुराम अगाडी कांग्रेसको चरित्र हत्या गर्दै हिड्थे ,आफ्नो स्वार्थपुर्ति गर्न कांग्रेससँग लुसुक्क टाँसिए । त्यसपछि बाबुरामलाई गोरखा २ छुट्टियो ।

अहिले कांग्रेसकै शरण परेका बाबुराम वाम गठबनधनलाई नै आरोपी रहेका भेटिन्छन् र कांग्रेसको जरो उखेल्नुपर्छ भनेर त मैले भनेकै छैन भनेर आफैलाई लज्जित बनाईरहेका छन ।

बाबुरामको फ्ल्यासब्याक र भारतको ईसारा

२०७५ सालमा देशकै पहिलो शक्ति बन्ने सपना बोकेर बाहिरिएका बाबुरामलाई त्यतिबेला ठूलो झड्का लाग्यो, जतिबेला नयाँ शक्तिले स्थानीय निर्वाचनमा २ सिट मात्र जित्यो। नयाँ शक्तिको पराजय त्यतिमै रोकिएन, देवेन्द्र पौडेल लगायतका अधिकांश पूर्वमाओवादी नेता–कार्यकर्ता माओवादी केन्द्रमै फर्किए । त्यही झड्काले बाबुराम जसरी पनि सुरक्षित राजनीतिक अवतरण चाहन्थे, एमाले–माओवादी समीकरणमै मिसिनु उनले मौकामा चौका ठाने। असोज १७ गतेको वाम तालमेल सभामा बाबुरामले एकता र समाजवादको वकालत गरे । तर, आफ्नो सात मिनेट लामो भाषणमा माक्र्सवादको भने उच्चारण गरेनन् ।

देवेन्द्र पौडेलहरु माओवादी फर्केपछि नयाँ शक्तिमा पूर्वपञ्च र पूर्वकर्मचारी मात्रै बाँकी रहे । उनीहरुले माक्र्सवाद मान्ने हो भने हामी किन तपाईको पार्टीमा बस्ने ? हामी कुनै हालतमा वामपन्थी हुन सक्दैनौं भनेर भट्टराईको सातो लिएपछि उनी अप्ठ्यारोमा परे । दक्षिणको निरन्तरको दवावले उनी वाम गठबन्धनमा टिक्न सकेनन् र वाम गठबन्धन तोडिएको घोषणा गरे ।

कतिपयले बाबुराम बाहिरिनुमा गोरखा क्षेत्र नं. –२ को विवाद भएको अनुमान पनि गरे । तर, त्यो मात्रै कारण थिएन। एमाले–माओवादी दुवै भट्टराईलाई गोरखा १ वा काठमाडौंबाट प्रत्यक्ष चुनाव लडाउन तयार थिए। तर, पार्टीभित्रकै दबाब र दक्षिणको चेतावनीले उनी अप्ठ्यारोमा परे । त्यसपछि नयाँ शक्तिको मूख्य टिममा गठबन्धनबाट बाहिरिने विषयमा छलफल चलेको नयाँ शक्तिका एक नेताले बताए ।

वाम गठबन्धनबाट बाहिरिने बहानाका लागि स्थानीय चुनावमा ७१००० मत पाएको नयाँ शक्तिले संघीय संसदमा २३ सिट र प्रादेशिक संसदमा ४४ सिट माग्यो। गोरखा–२ मै माओवादीको १८००० मत हुँदा ७९०० मत रहेको नयाँ शक्तिलाई २३ सिट दिने कुरा एमाले–माओवादीको कल्पना बाहिरको कुरा थियो, उनीहरुले नयाँ शक्तिको प्रस्ताव मानेनन् । बाबुराम चाहन्थे, यही प्रस्तावका कारण गठबन्धनबाट निस्कन सकियोस् । अन्तिममा प्रत्यक्षमा १ सिट पनि जित्न कठिन भएको नयाँ शक्ति सम्मानजनक सिट नपाएको दाबीसहित गठबन्धनबाट बाहिरियो ।

एमाले–माओवादी गठबन्धनमा संघमा २३ र प्रदेशमा ४४ सिट दाबी गरेको नयाँ शक्ति संघमा २ सिट र प्रदेशमा ४–५ सिट लिएर कांग्रेस गठबन्धनमा सामेल भएको छ । नयाँ शक्तिले संघमा गोरखा–२ र रसुवा लिएको छ भने बाँकी सबै ठाउँमा रुखमा भोट हाल्दैछ । एमाले–माओवादीसँग २३ सिट मागेका बाबुराम २ सिट पाएर कांग्रेससँग गठबन्धन गर्नुमा दक्षिणकै दवाब रहेको विश्लेषण छ ।
यसबाट प्रष्ट हुन्छकी बाबुराम भट्टराईको नेतृत्वमा कुनै पनि हालतमा पार्टी बन्न सक्दैन, किनकी भट्टराई विकासवादी सोच भएका प्राविधिक मात्रै हुन, नेता होइनन् ।

390 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv