बहुरुपी बाबुराम र नयाँ शक्तिको रेल

बिहिबार, पुस ७, २०७३

loading...


नेपाली राजनीतिमा कुनैबेला उच्च आदरणीय र आदर्श पात्रका रुपमा छवि बनाएको नाम हो डा.बावुराम भट्टराई । नेपालको आउने परिवर्तन र बाबुराम भट्टराईलाई कुनैसमय पर्यायवाचीका रुपमा पनि जोडे केहीले । कांग्रेस एमालेले देखाएको राजनीतिक चरित्र विरुद्ध उभिएका भट्टराई प्रधानमन्त्री हुँदासम्म आशा लाग्दा पात्रका रुपमा परिचित नै थिए ।

तर, प्रधानमन्त्रीको सत्तारोहरणसँगै खस्किएको उनको कदम नयाँशक्तिको रेल देशभर कुदाउने सपनासँगै झन घटेको छ । नरुचाइएको राजनीतिज्ञमध्ये उनी एउटा प्रमुख पात्रका रुपमा अघि देखिएका छन् ।

बाबुरामप्रति आशा बाकेर पक्तिबद्ध लाइनमा उभिएका तन्नेरीहरु त्यही लाइनबाट अर्कोतिर मोडिएका छन् । समाज परिवर्तनको सपना बाडेर मुलुकलाई १२ बर्ष युद्धमा धकेलेका बाबुराम अहिले समाजवादको सपना देखाएर नयाँशक्तिको रेलको चालक बनेका छन् । स्वाधीनता र सार्वभौमिकता २) समावेशी र समानुपातिक र सहभागितामूलक लोकतन्त्र ३) समतामूलक समृद्धि ४) समुन्नत समाजवाद र ५) सदाचार र सुशासन सुसंस्कृति पाँच स सँग जोडिएका नारा आकर्षक छन् । तर भट्टराईको बहुरुपी चरित्रले ती नारा ब्यबहारमा आउने कठिन देखिन्छ ।

बाबुरामका बहुरुप

आम मान्छेको भरोसा र आशासँग जोडिएका पात्र कसरी अचानक अरुचीमा परे ? उनको सिद्धान्त, योजना, भनाई र गराइबीचको तालमेल मिलेको छैन । जीवनशैलीबारे जस्तो उनको विचार बाहिर आउँछ भित्र निकै भिन्न छ ।   आफूलाई इमान्दार देखाउन मुस्ताङ गाडीमा सयर गरेका उनले प्रधानमन्त्री भएकै बेला हेलिकोप्टर यात्रामा दुई करोडभन्दा बढी खर्च गरेका थिए ।

अहिले बाबुराम नयाँ शक्तिमार्फत नयाँ योजनाको विकुल फुकेर राजनीतिक मैदानमा बसलियो खेलाडी बन्ने अभियानमा छन् । तर पुराना जनताकाबीचमा नयाँ नागरिकको खोजी बाबुरामले कसरी गर्लान ? हजारौ जनतालाई बलिदान दिन बलिराजाका रुपमा परिचय बनाइसकेका बाबुराम अहिले अल्पसंख्यक, पिछडा वर्ग, अशिक्षित, वेरोजगारहरुको मुक्तिदाता बन्न खोजेका छन् ।

सुकिला मुकिला र धनाड्यसँग गहिरो साँठगाँठ, करिष्माजस्ता करिष्माहरुसँगको बसउठ, ठूला व्यापारीसँग हिमचिमले उनले भनेको विपन्नहरुका बस्तिमा जनवाद कहाँबाट कसरी आउछ ? त्यो उनी प्रधानमन्त्री भएका बेला दलितहरुका घरमा बास गरेको नाटकीय मञ्चनबाट देखाइसकेको छ । ‘विचरा’ दलितहरु अहिले झन कठिन मोडमा छन् ।

४० सुत्र राखेर सरकारसँग वागेनिङमा लागेर माग पुरा नभएपछि जंगल हिडेका बाबुरामले बितेका २० वर्ष देशलाई कता पुरयाए ? लाखौ मान्छेले दुःख पाए, हजारौ मारिए तर बाबुरामको शरिरको रौसमेत हल्लिएन अथवा उनको कुनै दुःख बेहोर्नु परेन । किन ? यो पाटोलाई समाजले खोजी गर्नुपर्छ ।

निमुखा, निम्छरो नागरिकको साथी बन्ने आशाका रुपमा रहेका बाबुराम जब प्रधानमन्त्री बनेपछि के गरे ? अहिले आफुले सत्तामा रहँदा गर्न खोजेको तर गर्न नसकेको सूची बोकेर उनी नयाँ शक्तिको रेलमा यात्रा यात्रु हुल्ने प्रयत्नमा छन् । जनयुद्ध गलत थियो उनले भनिसकेको छन् तर गलत अवस्थामा उठाएकै एजेण्डा खल्तिमा किन बोकेका छन् ?

संविधान कार्यान्वयनका ‘खलनायक’

काठमाडौंका सडक विस्तार, हेल्लो सरकार, जनतासंँग प्रधानमन्त्री, प्रधानमन्त्रीसँग सिधा कुरा, राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको सिधा चासो तत्कालीम मुख्य सचिव लिलामणी पौड्यालको योजनामा कार्यक्रम आएका हुन । तीनै कार्यक्रम पनि उनले डोर्याउन सकेनन ।

आफ्नो प्रधानमन्त्रीत्व कालमा उनले भारतलाई खुसी पार्नका लागि गरेका थुप्रै काम मध्ये भारतीय दूतावासले सोझै ५ करोडसम्मका परियोजना सञ्चालन गर्न पाउने, बिप्पा सम्झौता, पशुपतिमा भारतीय भट्ट नै हुनु पर्ने आदि कामहरु अहिलेसम्म पनि जनस्तरबाट आलोचित छन् । तिनै कामका कारण अहिलेसम्म पनि उनी भारतीय पक्षबाट खेलिने खेलाडीको एउटा पात्रका रुपमा देखिएका छन् ।

देश अहिले राजनीतिमक कोमा छ । यसको दोष अहिले प्रमुख दलका रुपमा रहेका तीन नेताको टाउको थुपार्न खोजिएपनि पर्दाभित्रका पात्र बाबुराम भट्टराई हुन । दक्षिणको इसारामा गरिएको संविधान सभा विघठनकै विन्दुबाट देश यो ठाउँमा आइपुगेको छ ।

अहिले फेरि उनी सहजकर्ताको शैलीमा संविधान असफल पार्ने खेलमा छन् । मधेसी मोर्चाका नेताहरुलाई उनले हतियारका रुपमा अघि सार्न खोजिरहेका छन् । उपेन्द्र यादवसँगको साठगाठ पार्टी एकता त्यही पृष्ठिभूमिमा बाहिर आएको छ ।

1802 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom