विश्वको खतरनाक समुद्री बाटो

श्वास फेर्दा पनि बरफ आफ्नो घाँटीमा प्रवेश गरेको महसुस हुन्थ्यो

मङ्लबार, बैशाख ३१, २०७६



- जेम्स क्लार्क

एजेन्सी । भूमण्डलीकरणको यो समयमा दुनियाँ निकै नजिक आइरहेको छ । केही घण्टामै एउटा कुनाबाट अर्को कुनामा पुग्न सकिन्छ । आवाजभन्दा तीव्र गतिमा उड्ने जहाज आइसकेको छ, जसले निकै लामो यात्रा पनि छोटो समयमा पूरा गर्न सम्भव बनाइदिएको छ ।

केही शताब्दी अघिसम्म यस्तो कुरा सम्भव थिएन । कुनै एउटा कुनाका बारेमा अर्को कुनो बेखबर थियो । मान्छेहरु जहाजमा चढेर नयाँ दुनियाँको खोजमा निस्कन्थे । अपरिचित र मुस्किल  बाटाहरुबाट गुज्रनुपर्थ्यो । यसैगरी अमेरिका, अष्ट्रेलिया तथा न्युजिल्यान्डको खोज युरोपीय नाविकहरुले गरे र आफ्नो उपनिवेश बनाए ।

पहिलापहिला युरोप भएर अष्ट्रेलिया जानका लागि पूरै दक्षिण अमेरिकाको चक्कर काट्नुपर्थ्यो । अन्टार्टिका तथा दक्षिण अमेरिकाको बीचमा पर्ने म्यागलेनको जलसन्धि भएर नाविकहरुले यो सफर पूरा गर्थे । पछि मध्यअमेरिकामा पनामा नहर बन्यो र यो सफर छोटो हुन गयोे । तर पनामा नहर अलि सानो छ, ठूला जहाजले अहिले पनि म्यागलेनको जलसन्धि भएरै जानुपर्छ ।

आजभन्दा ७० वर्षअघि मेरा हजुरबुवा पनि अष्ट्रेलियाबाट नयाँ जिन्दगीको खोजीमा यही बाटोबाट बेलायत पुगेका थिए । यो वर्ष म्यागलेनको जलसन्धिको खोज गरिएको पाँचसयौं वर्षगाँठ मनाइँदै छ । पोर्चुगाली अन्वेषक फर्डिनान्ड म्यागलेनले पाँच शताब्दीअघि यो समुद्री बाटोको खोज गरेका थिए । उनी यही बाटो भएर प्रशान्त महासागरस्थित द्विपसम्म पुगेका थिए ।

जब म निकै सानो थिएँ, तब मेरा हजुरबुवा प्रायः १९४९ मा आफूले गरेको सफरका किस्सा बताउँथे । त्यो साल उनी अष्ट्रेलियाबाट पामिर नामको जहाजमा बसेर बेलायततर्फ लागेका थिए । पामिकर जर्मनीको प्रसिद्ध जहाज थियो । उक्त जहाज अष्ट्रेलियाको एडिलेड शहरमा रहेको बन्दरगाह एलिजाबेथबाट बेलायतको कार्नवाल शहरको फलमाउथ बन्दरगाहका लागि रवाना भएको थियो ।

पामिरमा अन्नका ६० हजार बोरा राखिएको थियो । समुद्री मार्ग डेर्क प्यासेजबाट पामिरले गरेको यो अन्तिम सफर थियो । र, यो अन्तिम पटक थियो, जब कुनै कारोबारी जहाज दक्षिणी चिलीको हर्न अन्तरिप हुँदै गएको थियो । क्रुज लाइनर वेन्ट्स अष्ट्रेलियाबाट दक्षिणी चिलीको दुर्गम क्षेत्र हुँदै हिँड्नु मेरा निम्ति आफ्नो हजुरबुवाले गरेको ऐतिहासिक सफरलाई बचाउनु पनि थियो ।

वेन्ट्स अस्ट्रेलिस चिलीको दक्षिणी कुना पुन्ता अरेनास हुँदै जानुपर्थ्यो, जुन म्यागलेन जलसन्धिको एउटा हिस्सा थियो । चार दिनको मेरो उक्त सफर एउटा नयाँ खोज थियो । म आफ्नो हजुरबुवाको जस्तै खोजमा दोहोर्याएर बाँच्न चाहन्छु, जुन उनले आजभन्दा ७० वर्षअघि गरेका थिए । यो सफर यति रोमाञ्चक थियो कि, मेरा हजुरबुवा जीवनको अन्तिम दिनसम्म केप हर्नबाट हिँडेको किस्सा सुनाउँथे ।

मेरा हजुरबुवाको आफ्ना पितासँग उतिविधि मिल्ती थिएन । उनी अष्ट्रेलियामा बस्थे । तर बेलयात गएर नयाँ जीवन शुरु गर्ने सपना भने देख्थे । जब पामिर नामको कारोबारी जहाजबाट बेलायत जाने मौका मिल्यो, तब मेरा हजुरबुवा कसैलाई नभनी घरबाट निस्किए । उनी एडिलेडबाट पामिर चढेका थिए । बेलायतबारे उनलाई कुनै जानकारी थिएन । मान्छेहरुले कुरा गरेको सुनेकाचाहिँ थिए, बेलायतमा जीवन सुखद हुन्छ भनेर ।

पामिरमा चालक दल र अन्य ३३ जना चढेका थिए । सफरमा मेरा हजुरबुवालाई १८ घण्टासम्म काम गर्नुपरेको थियो । प्रायः उनी किचेनदेखि डेकसम्मको सफाइ गर्थे । त्यो यात्रा १२८ दिन लामो थियो । तर मेरा हजुरबुवा जब बेलायत पुगे, तब घर फर्किएर गएनन् । कर्नवालमा जहाजबाट उत्रिएर उनी ग्रामीण क्षेत्रतर्फ लागे । त्यसपछि ५४ वर्ष अर्थात् सन् २००३ सम्म (मृत्युसम्म) त्यतै बसे ।

उक्त सफरमा मेरा हजुरबुवालाई सबैभन्दा यादगार लागेको कुरा टिएरा डेल फ्युगोका द्विप समूह हेर्नु थियो । उक्त द्विपले म्यागलेन जलसन्धिलाई समुद्रको भयङ्कर थप्पडबाट जोगाउँथ्यो । दक्षिणी चिलीमा अन्टार्टिकाबाट आउने भयानक बरफयुक्त हावा चल्थ्यो । त्यहाँ श्वास फेर्दा पनि बरफ आफ्नो घाँटीमा प्रवेश गरेको महसुस हुन्थ्यो ।

p077krbz

म्यागलेनको उक्त मार्ग पत्ता लागेपछि ४०० वर्षसम्म त्यो एट्लान्टिक तथा प्रशान्त महासागरबीचको प्रमुख बाटो बनिरह्यो । म्यागलेनको जलसन्धिको बाटोमा कैयौं द्विप तथा मुहान पर्छन् । ६०० किलोमिटर लामो बाटोबाट गुज्रनु सहज हुँदैन । १९१४ मा मध्यअमेरिकालाई काटेर बनेको पनामा नहरले एट्लान्टिक तथा प्रशान्त महासागरको दूरी कम गरिदियो । त्यसपछि म्यागलेन जलसन्धिबाट जहाज हिँड्न बन्दजस्तै हुन पुग्यो ।

७० वर्षअघि जब मेरा हजुरबुवा यो बाटोबाट हिँडेका थिए, तब उनले दसौं तला अग्लो समुद्री लहर देखेका थिए । ती लहरहरुले सयौं जहाजलाई समुद्रमा डुबाइदिएका थिए । चाल्र्स डार्विन, हर्मन मेलविल तथा जुल्स वर्न पनि यो बाटोबाट हिँडेका थिए । ती सबै महान् व्यक्तित्वले यो खतरनाक यात्राका बारेमा लेखेका छन् ।

p077kqdh

हाम्रो जहाज बिहानको ४.३० बजे डेर्क प्यासेजबाट हिँडिरहेको थियो । समुद्रको लहर यति तेज थियो कि, मलाई त्यसको धक्का निद्रामा पनि थाहा भएको थियो । तर मेरा हजुरबुवा चढेको जहाजभन्दा म चढेको क्रुज लाइनर बलियो र गहु्रँगो पनि थियो ।

मेरो क्रुज लाइनर जब केप हर्नमा रोकियो, तब मलाई वर्षा तथा चिसो हावाले स्वागत गर्यो । म जहाजबाट ओर्लिएर त्यहाँ बनेको लाइट हाउस र चर्च हेर्न गएँ । उक्त बाटोबाट गुज्रिएका र सोही मिसनमा निधन भएका हजारौं नाविकको स्मरणमा एउटा विशाल प्रतिमा बनाइएको थियो ।
मेरो हजुरबुबाको जहाज पामिर केप हर्नमा रोकिन पाएको थिएन । तर उनलाई त्यहाँका खतरनाक चट्टानयुक्त द्विप सधैं याद आउँथ्यो । उनी भन्थे, ‘‘मभन्दा अघि सयौं मानिसले त्यो बाटो हिँडे र ज्यान गुमाए ।’’

उक्त द्विपमा उभिँदा मलाई मेरा हजुरबुवाको खुबै याद आइरहेको थियो । उनी यदि जीवित हुँदा हुन् त, मेरो यात्राका बारेमा के भन्थे होलान् । यही कुराले मलाई अधिक रोमाञ्चित बनाइरहेको थियो ।

– जेम्स क्लार्क (बीबीसी ट्राभल)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank