नेपाल छिर्दै आतंकवाद

आइतवार, फाल्गुन २२, २०७३



- शुकदेव थपलिया

 मन पोलेको मानवीय भावहरू मरेका छैनन भन्न पनि सबै एक हुने समय आएको छ । सफलता एक्लै चुम्न सकिन्न त्यसलाई सकरात्मक पक्षहरूको साथको खाँचो पर्दछ ।हिजैदेखि आफै मात्र देख्ने आफै मात्र सबै थोक हुँ भन्ने मानवीय हक हित विर्सिएर घात गर्नेले गरेको घातक दृश्यको सामनामा उत्रनुपर्छ । कुनै खास परिचालित विचारमा रम्ने वाद नै आतंकवाद मानिँदै आएको छ । शोषण र सामन्तवादले अतिवादको जन्म हुँदै जाँदा स्वार्थले ठाउँ पाएपछि आतंकवाद जन्मन धेरैबेर लाग्दैन भन्ने पछिल्लो केही बर्ष अघिको इराक र केही देशमा भएको घटनाले दखाउँछ । उनीहरूलाई धेरै केही चाहीँदैन उन्मात र अर्धचेतमा प्रयोग भएकाहरू भित्र न कुनै सिद्धान्त नै हुन्छ  न कुनै धार नै मन लागेको गर्ने आफै मात्र सबैथोक मान्दै जाने प्रविति नै आतंकवादको शृङखलाहरू हुन् ।

गृहयुद्ध हुँदा हिँसा भट्कीँन पुग्दा पनि यस्ताहरूको जन्म हुने गर्दछ ।  इस्लामीक स्टेट समुह ,तालिवानी र नाईजेरीयामा बोकोहरामको दवदवाहले संसारको विप्रेक्षणलाई ध्यान केन्द्रीत गराएको छ । भयवित छ संसार तर सामाधान खोज्ने आँट कोही कसैसँग पनि देखिँदैन ,भत्र्सना र निन्दा घटना भए पछि गर्नेशैलीले मात्रै सोकलाई दर्शाउँछ भन्ने बुझेको नेपालीले अफगानीस्थानको काबुलको काण्ड पछि पनि यस्तै देखाएको छ ।आतंकवादी घटनामा बिशेष गरी विद्यार्थी,पर्यटक, कामदार,बालबालिकाहरू निशानामा पर्दै आएका छन् । असुरक्षित देशमा कामदार पठाएर आफ्नो हैसियत देखाएको नेपालले पछिल्लो समय इराकको १२ बर्ष अघिको घटनाबाटै ठुलो सिकाई सिक्ने अवस्था हुँदा हुँदै पनि केही पनि हेक्का नै नराखी जोखीम भन्ने जान्दा जान्दै पनि अध्यारोमा गोली चलाएको थियो अन्तत गोली फर्केर आँफैलाई लाग्यो तर पनि कुनै चेत पलाएन बरु अर्धचेत नेपाली कामदारहरूको रगत बेचेर बाँच्ने दुश्साहस गरीरहेको छ सरकारले । पर्याप्त स्रोत र साधन भए पनि स्वदेशमा नै बस्ने बातावरण नभएको हामी नेपाली युवाहरूलाई अरूको मख ताक्नुपर्ने बाध्यता पनि हो ।

दश बर्षे जनयुद्धको मार खेपेर मत्यु बाट बचेका नेपालीलाई  बाँच्न बैदेशीक रोजगारीको साहायताले बनाएको आत्म निर्भरको बैकल्पीक बाटो भित्रको पाटोमा असुक्षित लाई थाँती राखेर हाम फाल्दाको परिणाम स्वरुप आएको केही भयानक दुर्घटनाको पाठ समयानुकुल सिक्न नसक्दा फेरी अर्को दुःखको सामना गर्नुपर्ने अवस्था भएको छ ।

एसीयामा नै बड्दो चुनौतीको रुपमा खडा भएको आतंकवादले यतिबेला विप्रेक्षणमा भयावित तुल्याएको छ । २०१४को एक तथ्याङक अनुसार विश्वमा नै आतंकवादको प्रभावमा ९४ देश रहेको र जोखिममा भने नेपाल पनि अछुतो नरहेको २०१५को रिपार्टमैँ उल्लेख छ । यता संसारको मध्यपूर्व आतंकवादी आक्रमणको केन्द्र बनेको छ भने दक्षिण एशिया र पश्चिमी अफ्रिका मा प्रभाव र जोखीम बड्दो क्रममा रहेको बताइदै आएको छ । तालीवानीले गरेको १३४ जना बालबालीकाको घटनाले त झनै संसारलाई नै स्तब्ध तुल्याएको छ । यता निसानामै परेको देशहरू इराक, पाकिस्तान, अफगानिस्तान, नाइजेरिया र छिमेकी देश भारतमा ६० प्रतिशत आतंकवादी आक्रमणका घटना भएको केही रिपार्टले देखाएको छ । अल कायदा नामको एक आतङ्कवादी सञ्जालका नाइके ओसामा विन लादेन तीन वर्षपहिले पाकिस्तानमा मारिए ।

उनको यो अन्त्यसँगै विश्वमा आतङ्कवादी क्रियाकलापमा कमी आउने अपेक्षा सर्वत्र गरिएको भए पनि सामान्य सोचे भन्दा ठिक उल्टो बन्दै गएको उनीहरूले गरेको दुश्कर्मले नै प्रश्ट्रयाएको छ । यस्तै सन् २०१५ को सुरुवातमा फ्रान्सको पेरिसमा इस्लामिक स्टेट (आईएस) ले जनवरी ७ मा पेरिसमा रहेको ‘चार्ली हेब्दो’ नामक पत्रिकामा आक्रमण गरेर प्रधानसम्पादक सहित १४ जनाको हत्या गरेका थिए । मुस्लिम धर्मका प्रबर्तक प्रोफेट मोहमम्दको कार्टुन बनाएको आरोप त्यस पत्रिकामाथि लगाइएको थियो । त्यस कार्यको बदलामा आईएसका लडाकुले सम्पादकहरूको ज्यान लिएको घटनाले संसारभरका संचार माध्यमलाई चुनौती नै थपिदियो ।त्यस लगत्तै विश्वका ४५ देशका राष्ट्रपति एवम् प्रधानमन्त्री त्यहाँ पुगे र लाखाँैलाख जनाको सहभागितामा पेरिसमा शान्ति¥यालीको आयोजना गर्दै आतंकवाद बिरुद्ध लाग्ने प्रतिबद्धता नै व्यक्त गरेका थिए ।अझै अमेरिकाले आतङ्कवाद विरुद्धको हाल संसारमा जारी रहेको युद्धमा नयाँ अध्याय सुरु भएको घोषणा समेत गरेको थियो ।

उसले त्यसको नेतृत्वे ग¥यो र पश्चिमा राष्ट्रहरूले यसलाई सहयोग गर्दै जाने कुरामा साथ दिइरहँदा । बिगत देखी हालसम्म नेपाली माथीको बज्रपातलाई पनि यसले केही आश्वस्त त पार्यो तर पुरै विश्वास दिलाउन सकेको छैन भन्ने कुरा १२ जना नेपालीको अफगान दुर्घटनाले देखाएको छ । आतंकवादमै परि मर्नेहरू र विस्थापित हुनेहरूको सङख्यात्मक हिसाब हेर्दा पनि अब चुव लागेर बस्ने र सहने अवस्था पटक्कै देखिँदैन । यता आज नेपालमा विभिन्न बाहानामा असन्तुष्ट बन्नेहरूको जमात बड्दो क्रममा छ । यही जमातले कहिले तराई कहिले पहाड त अहिले उपत्यका केन्द्रीत आन्दोलन र सङघर्षहरू गर्दै आएको छ । अर्को पक्ष पुरानै शैलीमा अराजक गतिवधीहरू अंगाल्दै गृहयुद्ध गर्ने चेतावानी दिँदै छ । बुद्ध जन्मेको देशमा दियो बालेर शान्ती खोज्नुपर्ने अवस्था कसरी आयो भन्ने बिषय नै महत्वपुर्ण छ ।

तराईमा केही महिनाको हिँसात्मक आन्दोलनको रुप घुषपैठ मान्ने हो भने आतंकवादले नेपालमा पनि डेरा जमाएको आशंका गर्न सकिन्छ । अव संसारमा निर्भीकतावादको खाँचो छ साँचै त्यस्ता समुह परास्त गर्ने नै हो भने हात र साथहरू एकजुट भएर प्रतिकारमा उत्रनुपर्छ तब मात्रै सम्भव हुन्छ हामीले सोचेको जस्तो सुरक्षा होइन भने आज नेपालीले ज्यान गुमाए भोली अरू देशका नागरीकहरूले पनि अनायसै ज्यान नगुमाउलान भन्ने कुनै आधार देखिँदैन । चारैतिर आतंकवादको त्रास लाई डट्ने शक्तिको खाँचो छ त्यो आत्मबल हामी आफैबाट सुरु गर्नु जरुरी छ ।आश्वासन बाँडेर मात्रै केही हुने छैन यसलाई व्यवहारीकतामा उतार्दै डट्न सक्नु पर्दछ । नेपालमा पनि देखिएका केही अराजक घटनाहरू प्रति पनि केही गम्भीर भएर लाग्नु जरुरी छ ।

1391 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank