काँग्रेस जन्मिन छोडेकै हो त ?

फरकमत

मङ्लबार, माघ ४, २०७३



- दीपेन्द्र पाण्डे

आफ्नो सिद्धान्तको लागी सबै कुरा त्याग्ने सन्त नेता कृष्णप्रसाद भट्टराईले सम्पूर्ण गीता ज्ञान बुझे तर काँग्रेस सिद्धान्त बुझ्न नसक्दा काँग्रेस पार्टी नै त्याग गर्दै जिबन त्यागे । लौहपुरुष गणेशमान सिंह (लौह भनेको फलाम) जीवनभर त्यही  काँग्रेस भन्दै हिँडे ।

तपाईको नाम के हो ? ५६ बर्षीय मानिसले जबाफ दिए, काँगेस । प्रश्नकर्ता कर्मचारीले पुन सोधे । तपाईको नाम के हो ? उनले फेरी भने काँगेस । कर्मचारी रिसाउँदै फत फताउन थाले । अजिव अजिवका मानिस जन्मन्छन  यार, यो धर्तीमा । नाम सोध्दा काँग्रेस भन्छ । नजीकै बसेका अर्का मानिसले भने । हो सर उहाँको नाम नै  काँग्रेस हो । कर्मचारी उनी तिर झर्किएर प्रश्न फ्याँके । कँँही मान्छेको नाम पनि काँग्रेस हुन्छ ?
ती मानिस कर्मचारीलाई मनाई छाडने मुडमा देखीए र भने । हो , उनको नाम नै काँग्रेस । अर्थात काँग्रेस चौधरी । उहाँको बुवा खाँटी काँग्रेस । राजा महेन्द्रले प्रधानमन्त्री  बीपीलाई राजनैतिक ‘कुु’ गरेको दिन उनी जन्मिए । वीपीभक्त खाँटी चौधरीले आफ्नो पुत्रको नामनै काँग्रेस चौधरी राखीदिए । त्यसैले उनी काँग्रेस चौधरी । ए ! तेसो भन्नुस न त भन्दै कर्मचारी शान्त भए र काँग्रेसको फाइल सदर गरी दिए ।
माथीको घटना कुनै काल्पनिक होइन । पंक्तीकारले खुद आफ्नै आँखाले देखेको र सुनेको घटना हो ।  नेपालमा यस्तै जमाना थियो कुनैबेला । काँग्रेस हुनुमा गौरव गर्दै आफ्ना सन्तानको नाम सगौरब घोषणा गर्दथे, काँग्रेस । आफ्नो सिद्धान्तको लागी सबै कुरा त्याग्ने सन्त नेता कृष्णप्रसाद भट्टराईले सम्पूर्ण गीता ज्ञान बुझे तर काँग्रेस सिद्धान्त बुझ्न नसक्दा काँग्रेस पार्टी नै त्याग गर्दै जिबन त्यागे । लौहपुरुष गणेशमान सिंह (लौह भनेको फलाम) जीवनभर त्यही  काँग्रेस भन्दै हिँडे । जीवनको अन्तिममा पार्टीको नाममा पत्र लेख्दै काँग्रेस त्यागे । यी सबै घटना  देख्दा पनि काँग्रेस चौधरीले काँगेस  पार्टी छोडेनन । एउटै आसमा काँग्रेस फेरी सुध्रीनुुका साथै  नयाँ नयाँ काँग्रेस जन्मनेछ ।
विपीको सिद्धान्त, गणेशमानको निर्णायक हठ र कृष्णप्रसादको सादगी जीवनबाट प्रभाबित काँग्रेसजन वर्तमान नेतृत्वको उदेश्य र लक्ष्य बिहिन काँग्रेस देख्दा कुनै पनि अर्थमा आफ्नो  भबिश्य देख्दैनन ।

प्रजातन्त्र, लोकतन्त्र  र गणतन्त्रको पहरेदार साथै जन्मदाताको दाबी गर्ने नेपाली काँग्रेस आज ‘रानो हराएको माहुरीको हुल’ जस्तो बन्दैछ । सुन्दा अप्रिय लाग्ने तर वास्तविकताले मान्न करै लाग्ने  बनाएको वर्तमानको नेपाली काँग्रेस न बिगतको न भबिश्यको स्थीतीबाट गुज्रदैछ । कुनै पनि राजनैतिक पार्टी नीति, नियम र बिधानबाट परिचालित हुन्छ भन्ने लोकतान्त्रीक मान्यतालाई मान्ने हो भने नेपालको सबैभन्दा पुरानो लोकतान्त्रीक पार्टी काँग्रेस आज कुन विधान अनुसार कसरी चलिरहेको छ रु बुझ्ने र देख्ने काँग्रेसहरु बिना जिब्रोका बन्दैछन ।
विपीको सिद्धान्त, गणेशमानको निर्णायक हठ र कृष्णप्रसादको सादगी जीवनबाट प्रभाबित काँग्रेसजन वर्तमान नेतृत्वको उदेश्य र लक्ष्य बिहिन काँग्रेस देख्दा कुनै पनि अर्थमा आफ्नो  भबिश्य देख्दैननdeuba-prachanda । राजनैतिक परिवर्तनको नेतृत्व गर्नुको अर्थ देश निर्माण गर्नु हो भन्ने मन्त्रलाई केवल आफ्नो स्वार्थको निम्ती पद, प्रतिष्ठा र धन– सम्पती संग तुलना गर्ने स्थीतीले काँग्रेस दिशाबिहिन, गतीहिन र दिग्भ्रमीत हुँदा अनुपयुक्त समयमा अनुपयुक्त राजनीतिक समिकरण निर्माण गर्दै देश , जनता र पार्टीको भविष्यसंग खेलवाड गर्दैछ ।

राष्ट्र जोगाउन राजासंग घाँटी जोडिएको सगौरव घोषणा गर्ने विपीको पार्टी आज अनेक सिद्धान्त प्रतिपादन गर्दै राष्ट्र सिध्याउनेहरुसंग अंकमाल गर्दैछ । आफ्नै नेत्रीत्वमा निर्मित संविधानको कार्यान्वयनको घडीमा नयाँ नयाँ सिद्धान्त प्रतिपादन गर्दै नयाँ नयाँ प्रयोग गर्न ब्यस्त छ ।

पञ्चायतको दमनले भारतमा बस्दै प्रजातन्त्र प्राप्तीको माहौल बनाउने कसरत  गर्दै रहेका बिपीले भारतीय सत्ताको सिक्किम निल्ने हर्कत आफ्नै आँखाले देख्ने मौका पाए सन १९७५ मा । तत्पश्चात भारत छोडने योजनालाई मेलमिलापको नाराले सजाउँदै १९७६ मा नेपाल प्रबेश गर्नुको चुरो कुरो भारतिय सत्ताको गिद्धे नजर नै थियो भन्ने उनको भनाईले प्रष्ट पार्दछ । प्रजातन्त्रको लडाईलाई जारी राख्दै राष्ट्रबादको निम्ती राजासंग सहकार्य गर्न नहिच्किचाउने बिपी साँच्चीकै दुरद्रष्टा  थिए भन्ने झन झन प्रमाणित हुँदैछ ।

राष्ट्र जोगाउन राजासंग घाँटी जोडिएको सगौरव घोषणा गर्ने विपीको पार्टी आज अनेक सिद्धान्त प्रतिपादन गर्दै राष्ट्र सिध्याउनेहरुसंग अंकमाल गर्दैछ । आफ्नै नेत्रीत्वमा निर्मित संविधानको कार्यान्वयनको घडीमा नयाँ नयाँ सिद्धान्त प्रतिपादन गर्दै नयाँ नयाँ प्रयोग गर्न ब्यस्त छ । सामान्य समयमा देशका ठुला राजनैतिक दलहरुको सरकार लोकतन्त्रको निम्ती अनुपयुक्त हुन्छ भन्ने सिद्धान्त आफैमा जायज भएपनि  बर्तमानको समय प्रतिस्पर्धाको भन्दा सह्मती, सह्कार्य र एकताको हो भन्ने कुरामा नेपाली जनता सहमत नै छन ।

अहिले संबिधान  कार्यान्वयनको निम्ती प्रमुख  प्रतिपक्षी दलसंग सहकार्य गर्ने बेला हो की प्रतिश्पर्धा ? यो समेत नबुझ्ने  वा कसैको इसारामा काम गर्ने बर्तमान काँग्रेस नेतृत्वले विपीको बिचार मेलमिलाप  को संग गर्दैछ ? काँग्रेस जनमा आजको प्रश्न हो ।

राष्ट्र कठिन अवस्थामा पुग्दा लोकतन्त्र हैन पहिला राष्ट्र हो भन्ने विपीको दुरदृष्टीले लोकतन्त्रको हत्यारा राजसस्था र राजतन्त्र  संग समेत सहकार्य गर्न तयार नेपाली काँग्रेस आज कुन स्वार्थले वा कुन सिद्धान्तले परिचालित छ ? प्रश्न बडो  पेचिलो ढंगबाट उठ्दैछ । अहिले संबिधान  कार्यान्वयनको निम्ती प्रमुख  प्रतिपक्षी दलसंग सहकार्य गर्ने बेला हो की प्रतिश्पर्धा ? यो समेत नबुझ्ने  वा कसैको इसारामा काम गर्ने बर्तमान काँग्रेस नेतृत्वले विपीको बिचार मेलमिलाप  को संग गर्दैछ ? काँग्रेस जनमा आजको प्रश्न हो । ठिक समयमा ठिक निर्णय लिन नसक्ने काँग्रेस नेत्रीत्वको कारण नेपाली लोकतन्त्र अनेकौ पटक संकटको भुमरीमा परेको इतिहास  हामी पढ्न पाउँछौ । आज  लोकतन्त्र र राष्ट्र समेत संकटको भुमरीमा फस्दै गर्दा काँग्रेस नेतृत्व बेखबर हुनु झनै उदेक लाग्दो र बिडम्बना पूर्ण स्थीती हाम्रो सामु छ ।

इतिहास साक्षी छ, जब जब नेपाली काँग्रेस अती बलियो वा अती कमजोर हुन्छ । लोकतन्त्र धरापमा परेको भेटिन्छ । लोकतन्त्र हुर्कदै गरेको समय सत्र सालमा विपी र राजा महेन्द्रलाई मिल्न नदिने तागतले सफलता पाउँदा नेपाल राजनैतिक रुपले बिश्व समुदायबाट अलग थलग हुन बाध्य बनाईयो । जसको सम्पुर्ण फाईदा केही सिमित पञ्चहरुले लिएको नजान्ने नबुझ्ने मानिस नै भेटिन्न । २०४८ सालपछी गणेशमान, कृष्णप्रसाद र गिरिजालाई मिल्न नदिने शक्तीले लोकतन्त्र धरापमा पार्न सफल भएकै हुन । ठुलो कुर्वानी पछी प्राप्त लोकतन्त्र र बर्तमान संविधानलाई असफल बनाउने देशी बिदेशी शक्तीको प्रभाव र चगुँलमा नेपाली काँग्रेस फस्नु भनेको इतिहासबाट पटक्कै नसिकेको प्रमाणित हुँदैछ ।

राजा महेन्द्रले साम्यवाद गाडी चढेर आउँदैन भन्दै अरनीको राजमार्ग खनेजस्तै हिम्मत गर्ने गणेशमानले वामपन्थीसंग सहकार्य गर्दै २०४६ सालमा प्रजातन्त्र स्थापना गर्न सफल भएको इतिहास आज काँग्रेस पार्टी भुल्दैछ । एमालेसंग सहकार्य गर्दा आफ्नो भविश्य खराब हुन्छ भन्ने कथित सोचले ग्रस्त बर्तमान काँग्रेस नेतृत्व न इतिहास हेर्छ न भबिश्य  भन्ने प्रष्ट  देखिन्छ । केवल प्रधानमन्त्री बन्ने पालो कुर्ने काँग्रेस सभापती देउवाको एक सुत्रीय चाहानाले  काँग्रेस आज २०७४ साल माघ ७ सम्मको संबैधानिक सीमालाई भुल्दै सत्ता लिप्सामा  राजनैतिक धुर्बीकरण निम्त्याउँदै  बिचित्र स्थीती निर्माण गर्दैछ ।

भर्खरै सर्वोच्च अदालतले गरेको फैसलालाई राम्रोसंग बुझ्ने भारत मधेशी मोर्चा मार्फत उठाईएको नयाँ माग संबिधानको धारा २७४ को खारेजीलाई समेत नबुझ्ने वर्तमान सरकारको रक्षाकवच नेपाली काँग्रेस जसरी भएपनि संविधान संशोधन गरिन्छ भन्ने लिडेंढीपी  किन गर्दैछ ?

ओली सरकारलाई बिदा गर्ने भारतिय एम्बुसमा परेको काँग्रेस पार्टी दाहाल सरकारको सम्पुर्ण पाप बोक्न तयार हुँदा पार्टीको लोकतान्त्रीक छबी पखालीएको देख्न नै चाहाँदैन ।आफ्नै नेतृत्वको सरकारले निर्माण गरेको बर्तमान संबिधानलाई कार्यान्बयन गर्ने संबैधानिक सीमालाई अन्देखा गर्दै चुनावको तयारी गर्नुको सट्टा भारतलाई खुशी बनाउँने तयारीमा लाग्नुले बर्तमान काँग्रेस नेत्रीत्वले आफ्नो औचित्य गुमाउँदैछ । जन्मिदा नै तोकिएको समय र कामलाई बीचैमा नतोडने बाचा कसमको बन्धनले जेलीँदा लोकतन्त्र र राष्ट्रनै धरापमा पुग्ने कारणको साक्षी काँग्रेस बन्ने स्थीतीलाई आँकलन गर्ने सच्चा राष्ट्रभक्त र बिपीभक्त काँग्रेस कार्यकर्ताहरु निराश छन ।

आजकल नेपालमा न त वीपी जन्मन्छन न गणेशमान वा भट्टराई । अहिले त देउवा, कोइराला, खडका, सिटौला, पौडेल  काँग्रेस जन्मन्छन । ब्यक्ती पिछै जन्मने काँग्रेसले लोकतन्त्र, गणतन्त्र र देशको सुरक्षा गर्ने न तागत छ, न सोच्नै क्षमता नै ।

भर्खरै सर्वोच्girija-prachandaच अदालतले गरेको फैसलालाई राम्रोसंग बुझ्ने भारत मधेशी मोर्चा मार्फत उठाईएको नयाँ माग संबिधानको धारा २७४ को खारेजीलाई समेत नबुझ्ने वर्तमान सरकारको रक्षाकवच नेपाली काँग्रेस जसरी भएपनि संविधान संशोधन गरिन्छ भन्ने लिडेंढीपी  किन गर्दैछ ? सहमतीको वातावरणलाई लत्याउँदै  कसको इसारामा मुठभेड निम्त्याउँदैछ ? दाहाल–देउवा गठबन्धन  सरकारको नालायकीले मुलुकको  राजनीतिक भबिष्य किन र कसरी अनिश्चित बनाँइदैछ ? तमाम समस्याबाट नेपालले कसरी मुक्ती पाउला ? समाधानका उपाय कसले के के देखेका छन भन्दै  बिभिन्न बिद्ध्वानहरुको धाराणा हेर्दै एक अनलाईनमा बरिष्ठ पत्रकार देबप्रकाश त्रीपाठी ज्युका निचोड काँग्रेस नेतृत्वको लागी मननीय र पठनिय देखिन्छ भन्ने पङ्तीकारको ठमम्याई  छ ।

कम्युनिष्ट बिचारधाराले प्रभावित हुँदा चेतनशिल भए । चेतनशीलताले काँग्रेस नै देशको उद्धारक हो भन्ने माने । जसले गर्दा समाजमा स्थापित हुँदै बुद्धिजीवी कहलिए ।  बुद्धिजीवीको आँखाले हेर्दा देशको अस्तीत्वको निम्ती राजसस्थाको (राजतन्त्रको हैन) आवश्यकता नभै  नहुने निचोडमा पुगें । बिश्वभरका राष्ट्रवादीलाई सम्मान गर्ने बरिष्ट पत्रकार त्रीपाठीले प्राप्त गरेको दिब्यज्ञान  भित्र बर्तमान नेपालको समस्या र समाधान देख्ने थुप्रै बुद्धिजीवीहरु हालको राजनैतिक समस्या आन्तरिक कम बाह्य ज्यादा मान्न राजी छन । राष्ट्रबादीहरु चाहे हिटलर हुन कि गान्धी सबैलाई सम्मानपूर्वक हेर्ने त्रीपाठीजीका कठोर निचोड त यो छ कि नेपालीहरु हिटलर समेत आफु जन्माउन  नसक्ने अरु कसैले जन्माई  दिनुपर्ने अवस्थामा छन भन्ने भनाईले नेपालको बर्तमान राजनीतिको समाधानपनि अरु कसैले गरी दिनु पर्ने  वा गरी रहेको स्थीती संग ठयाक्कै मेल खान्छ ।

सबै समस्या समाधान गर्नुपर्ने सरकार नै खुद भारतीय सत्ताको  जगमा निर्मित छ भन्ने बुझ्ने नेपाली जनताहरु यो देश काँग्रेसबाट सुरक्षित छ भन्न दाहाल– नीधी बाहेक कुन काँग्रेसले सक्छ ?

आज नेपालमा  उब्जिएको सम्पुर्ण समस्याको जग भारत हो भन्ने सबैले बुझी सक्दा पनि नेपालको समस्या समाधानको उपाय भारतिय सत्ताले नै खोजी दिनुपर्ने बर्तमान दाहाल –देउवा गठबन्धनले कस्तो नेपालको कल्पना गर्दैछ ? एक राख्न पहिला बिभाजीत गर्ने राजनैतिक सिद्धान्त संघियताको आडमा नेपाल प्रबेश गरेको भारतीय स्वार्थको भद्धा नमुना संसदमा दर्ता संबिधान संसोधन प्रस्ताव हेरे पुगी हाल्छ । सबै समस्या समाधान गर्नुपर्ने सरकार नै खुद भारतीय सत्ताको  जगमा निर्मित छ भन्ने बुझ्ने नेपाली जनताहरु यो देश काँग्रेसबाट सुरक्षित छ भन्न दाहाल– नीधी बाहेक कुन काँग्रेसले सक्छ ?

आफ्नो स्वार्थको निम्ती २५ लाख भन्दा बढी आप्रवाशी भारतीयलाई नागरिकता दिने गिरिजाले भारतको सेवा गर्दा काँग्रेस पार्टी बोल्दै बोल्दैन । भारतमा गएर २५ बुँदे गर्दै नेपाल राष्ट्रको प्रधानमन्त्रीको हैसियत भारतीय राजदुतको समान बनाउँने दाहाललाई बोक्ने देउवा काँग्रेसबाट, काँग्रेस र राष्ट्रको स्वाभिमान उचो हुँदैन भन्ने आम मानिस बुझ्दैछन ।
नेपालको बैदेशिक नीति भारतको आँखाले हेर्न तयार दाहाल– देउवाबाट काँग्रेसको राष्ट्रभक्ती कहाँ पुग्यो ? काँग्रेसजन किन चुपचाप छन ? नेपालमा लोकतन्त्र ल्याउन  काँग्रेसको जती योगदान छ, त्यतीनै योगदान लोकतन्त्र फ्याँक्न छ भन्दा आरोप हैन भन्ने मान्न बुद्धिजीवी काँग्रेस असहमत हुँदैनन । घरमा आगो लागे पछी इनार खन्ने  काँग्रेसको ब्यवहारले  काँग्रेस चौधरीहरु निराश छन ।

वर्तमानमा दाहाललाई बोक्दै  देउवाले गरेको गल्ती सम्पुर्ण काँग्रेसले भोग्छ भन्ने त्रिपाठीको मुल्याङ्कनले आउने चुनाबमा लाग्ने चर्को नारा ‘काँग्रेस हाफ  माओबादी पत्तासाफ’ लाई आजै देखी सकेका काँग्रेस नेतृत्वले चुनावको आलटाल गर्नुको भित्री कारण नबुझ्ने मानिस पाउँन नै मुस्किल भैसकेको छ ।

आजकल नेपालमा न त वीपी जन्मन्छन न गणेशमान वा भट्टराई । अहिले त देउवा –काँग्रे, कोइराला, खडका, सिटौला, पौडेल  काँग्रेस जन्मन्छन । ब्यक्ती पिछै जन्मने काँग्रेसले लोकतन्त्र, गणतन्त्र र देशको सुरक्षा गर्ने न तागत छ, न सोच्नै क्षमता नै । कुनै जमानाको  काँग्रेस समस्या समाधानको अचुक अस्त्र बन्ने हिम्मत  राख्थ्यो  भने बर्तमानमा काँग्रेसनै देशको समस्या बन्दै गर्दा संबिधानले कल्पना गरेको चुनाबबाट तर्सिएको दाहाल –देउवा संबिधान अनुसार हैन भारतीय चाहानामा चल्दै देशलाई भिमकाय संकटमा फसाउँदै छन । दिन प्रतिदिन वीपी मार्गबाट चिप्लीएको बर्तमान काँग्रेसबाट निराष पत्रकार त्रीपाठी भन्छन ।
हामीले पहिल्यै काम नलाग्ने भनेर छोडेको पुष्पकमल दाहाललाई (व्यक्ती हैन सिद्धान्तलाई) आज काँग्रेसले बोक्दै गर्दा काँग्रेस र राष्ट्रको भबिश्य कसरी छ भन्ने ? पत्रकार त्रीपाठी जस्तै काँग्रेस चौधरीले काँग्रेसको भबिश्य  नदेख्दा काँग्रेस जन्मन बन्द हुँदै गएको मान्नु पर्ने हुन्छ, नेपालमा ।

तत्कालै हुने सम्भावना नै नरहेको चुनावलाई लक्षित गर्दै  अनुभवले खारिएका पत्रकार त्रिपाठीको भबिश्यवाणी अनुसार भाबी चुनाबको परिणाम  एमाले पहिलो , काँग्रेस दोश्रो र माओबादी केन्द्रले मुस्किलले सात सिट जित्ने तितो सत्य प्रमाणित हुन  चुनाव  पर्खनु बाहेक तत्काल अर्को बिकल्प रहेन । वर्तमानमा दाहाललाई बोक्दै  देउवाले गरेको गल्ती सम्पुर्ण काँग्रेसले भोग्छ भन्ने त्रिपाठीको मुल्याङ्कनले आउने चुनाबमा लाग्ने चर्को नारा ‘काँग्रेस हाफ  माओबादी पत्तासाफ’ लाई आजै देखी सकेका काँग्रेस नेतृत्वले चुनावको आलटाल गर्नुको भित्री कारण नबुझ्ने मानिस पाउँन नै मुस्किल भैसकेको छ । पटक पटक चुकेको काँग्रेस नेतृत्वबाट आस मारेका पूर्व कम्युनिष्ट नेता त्रीपाठी देखी काँग्रेस चौधरीसम्म असन्तुष्ट वर्तमान काँग्रेस नेत्रीत्वको गतीबिधि पछी खुद काँग्रेसहरु नै भन्दैछन , काँग्रेस जन्मिन छोडेकै हो त ?

राजनीतिक टिप्पणीकारका रुपमा परिचय बनाएका पाण्डे नेपालपाटी अनलाइनमा प्रत्येक मंगलबार फरकमत स्तम्भ लेख्ने गर्छन ।
1999 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank