“”

असोज २ः स्थानीय सरकार चयनको अन्तिम श्रृखला, दलहरुको अग्नी परीक्षा

आइतवार, अशोज १, २०७४



सोमवारको सूर्योदयसंगै सुरु हुने मतदाताको भोट हाल्ने लाईनले सूर्यास्तसंगै सम्पन्न गर्दैछ आफ्ना प्रतिनिधि आर्फै छान्ने युगिन कार्यभार ।

असोज ३ पछि स्थानीय जनप्रतिनिधि भएन्न नी स्थानीय गाउँ ठाउँमा भन्ने चिन्ताको अन्त्य हदैछ । किन भने बाँकी २ नम्वर प्रदेशले पनि यो अभियान अब पुरा गर्दैछ । अन्य देशभरका ६ प्रदेशमा त गएको वैशाख ३१ र असार १४ मा नै स्थानीय सरकार गठनको कार्य समाप्त भैसकेको हो ।

सोमवारको सूर्योदयसंगै सुरु हुने मतदाताको भोट हाल्ने लाईनले सूर्यास्तसंगै सम्पन्न गर्दैछ आफ्ना प्रतिनिधि आर्फै छान्ने युगिन कार्यभार । त्यसका लागि निर्वाचन आयोगले सबै तयारीका तारतम्य मिलाईसकेको छ । तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएसंगै देश स्थानीय सरकार चयनको एक ऐतिहासिक कार्यभार पुरा गरिरहेको छ ।

आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहका साथ भइरहेको, मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालको जानकारीले असोज २ को चुनाव समापन सम्मुख रहेको स्पष्ट पार्दछ ।

मतदाता शिक्षामा बढी जोड दिँदै आएको भनी गरेको दाबीको वास्तविक परीक्षण पनि सोमवारै हुदैछ । किन भने त्यो भेगका मतदाताले आफै न्यायधिश बनेर मतदान गर्दैछन, आफ्नो स्थानीय सरकार आफै छान्न ।

तेस्रो चरणमा प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । उक्त निर्वाचनका लागि ती जिल्लामा तीन हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ । प्रदेश नं २ का १ सय ३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि २६ लाख ६४ हजार ९५० जनालाई मतदान गर्ने अधिकार छ ।

विगतका निर्वाचनमा राष्ट्रिय औशत बदर मतभन्दा प्रदेश नं २ का जिल्लामा धेरै मत बदर हुने गरेको तथ्यांकका आधारमा आयोगले यसपटकको निर्वाचनमा मतदाता शिक्षामा बढी जोड दिँदै आएको भनी गरेको दाबीको वास्तविक परीक्षण पनि सोमवारै हुदैछ । किन भने त्यो भेगका मतदाताले आफै न्यायधिश बनेर मतदान गर्दैछन, आफ्नो स्थानीय सरकार आफै छान्न । २०५४ पछि पहिलो पटक ती भेगका मतदाता यस्तो प्रकारको चुनावी अभ्यासमा सामेल भैरहेका कारण पनि यो चुनाव २ नम्वर प्रदेशका मतदाताका लागि नयाँ प्रयोग र अनुभव पनि हो ।

२ नम्वर प्रदेशका स्थानीय तहका विभिन्न पदका लागि ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ । बदर मतसंख्या घटाउन प्रत्येक मतदान केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ता र कर्मचारीले मतदाता परिचयपत्र लिन आउने मतदातालाई सहीरुपमा मत संकेत गर्न सिकाइरहेको आयोगले गरेको लगानी बालुवामा पानी भयो की सही उपलव्धी हुनेछ भन्ने पनि सोमवारै मतदाताले आआफ्नो मत प्रयोगसंगै सिद्ध गर्दैछन । मतदाता स्वयं नै मतदान केन्द्रमा उपस्थित भई मत संकेत गर्ने जानकारी लिने तथा परिचयपत्र बुझ्ने व्यवस्थाको अन्तिम प्रयोगात्मक रुप पनि हो सोमवारको मतदान । अधिकांश मतदान केन्द्रमा मतदाता परिचयपत्र लिन आउने र सहीरुपमा मतसंकेत गर्न सिक्ने मतदाताको भीडले नै अब आफ्नो विवेकको मतद्धारा नयाँ स्थानीय जनप्रतिनिधको भाग्यको फैसला गर्दैछ ।

स्थानीय भाषामा स्थानीय एफएम रेडियोमार्फत निर्वाचनको प्रचारप्रसार गर्ने तथा गैरसरकारी संघसंस्था र राजनीतिक दलका युवा संगठनलाई पनि मतदाता शिक्षामा सहयोग गर्न आयोगले अपिल गर्दै आएको छ । सडक नाटकमार्फत पनि मतदाता शिक्षा प्रदान गरिएको छ । त्यसैले पनि मतदाताको मत बदर कम र सदर बढी हुने आयोगको आँकलन छ ।

त्यस्तै अघिल्ला निर्वाचनको अनुभवका आधारमा तेस्रो चरणको निर्वाचनको मतगणनालाई चुस्त र व्यवस्थित तुल्याउने कार्ययोजना पनि आयोगले बनाएको छ । मतगणनाका लागि आवश्यकताअनुसार १२ टोलीसम्म गठन गर्ने र भरसक पाँच दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने सोच अघि बढाएको छ । त्यसका लागि आवश्यक मतगणना स्थलको व्यवस्था गर्न र प्रत्येक मतदाताको मतको पूर्ण सुरक्षा हुनेगरी सुरक्षा प्रबन्ध मिलाइएको गृहमन्त्री जर्नादन शर्माको दाबी छ ।

सोमवार सकिदै गरेको तेस्रो चरणको स्थानीय तह निर्वाचन संविधान दिवसको अघिल्लो दिन संविधान कार्यानवयनमा देशले प्राप्त गर्दै गरेको अन्तिम सर्वस्वीकार्यता र सहभागिताको अनुपम सफलताको एक कडी पनि हो । खागरी मधेशी दल राजपा सहभागि भएका कारण यो मधेशी दलका संविधानप्रतिको पहिलो औपचारिक र वैधानिक समर्थन पनि हो । भूगोलका हिसावले मधेश, जनाधारको रुपमा मधेशी मतदाताको बाहुल्यता र मधेशी दलको खासगरी राजपाको पहिलो चुनावी प्रतिष्पर्धा भएकोले यो चुनाव मधेश विशेषका दलको अग्नी परीक्षा सरह छ ।

मुलतः राजपा यो चुनावी खेलको अग्नी परीक्षमा छ । कारण राजपाको यो पहिलो चुनावी परीक्षा हो । राष्ट्रिय जनता पार्टीको खाता भने अहिलेसम्म शून्यमै छ। उसको भागमा परेको आन्दोलनले उसलाई उकास्छ या पछार्छ निर्वाचनले तय हुनेछ। राजपाका लागि प्रदेश नम्बर(२को निर्वाचन आफ्नो अस्तित्व बचाउने अवसर हो । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिन लाग्दा समेत उम्मेदवार छनौटका विषयका विवाद छताछुल्ल बनाएको राजपा अहिले आफूलाई मधेशमा आमसभा भन्दा पनि घरदैलो अभियानमा केन्द्रित रह्यो।

संविधान संशोधनको माग राखेर अघिल्ला दुई चरणका निर्वाचन बहिस्कार गरेको राजपा संविधान संशोधन असफल भएपछि निर्वाचनमा गएको छ। संसदबाट संविधान संशोधन प्रस्ताव फेल भएपछि देखाउने एजेण्डा नपाएको राजपा यतिबेर्ला गर या मरको’ अवस्थामा छ ।
निर्वाचनको वातावरण बनाउन वैसाख अघिसम्म संविधान संशोधन नगरेसम्म चुनाव हैन प्रदेश नम्बर २ मा केही हुँदैन भन्ने उपेन्द्र यादव त वैसाखदेखि नै निर्वाचनमा छन् । त्यसैले उनलाई प्रदेश नम्बर दुईको ८ जिल्लाका स्थानीय तहबाट आफ्नो उपस्थिति बढाउने अवसर हो । यस्तै मधेशी मोर्चासँग सँगै नभएर पनि मधेशकै राजनीति गरेको लोकतान्त्रिक फोरम पनि पहिलो र दोस्रो चरणको निर्वाचनबाट प्राप्त ६ स्थानीय तहको संख्या बढाएर आफ्नो अस्तित्व बढाउने अन्तिम चुनावी कसरतमा छ । बिजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरम पनि दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनलाई त्यही रुपमा प्रयोग गरिरहेको छ ।

संसदको पहिलो पार्टी नेपाली कांग्रेस र स्थानीय तहको निर्वाचनबाट पहिलो पार्टी बनेको एमाले भने दुवै प्रतिष्ठा जोगाउने अन्तिम चुनावी युद्धमा छन । कांग्रेसले प्रदेश नम्बर दुईको निर्वाचनपछि स्थानीय निर्वाचनमा पहिलो पार्टी हुनबाट एमालेलाई रोक्ने सक्नु उसका लागि अर्को अग्नी परीक्षा हो । अघिल्लो दुई चरणका स्थानीय चुनावमा ४९ स्थान बढी जितेर पहिलो रहेको एमाले प्रदेश नम्बर २ मा आफ्नो अग्रता जारी राख्नै पर्ने अर्को अग्नी परीक्षामा छ ।

अघिल्ला दुई चरणको निर्वाचनबाट जम्मा ८४ स्थानीय तह जितेर तेस्रो हैसियतमा रहेको नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर दुईबाट आफ्नो तेस्रो हैसियतबाट सुधारको अपेक्षा गरेको छैन । तर उसले प्रदेश नम्बर २ बाट सम्मानजनक स्थान ल्याएर आफ्नै अवस्थामा सुधारको अपेक्षा गरेको छ ।

यसरी हेर्दा समग्रमा काँग्रेस र एमाले समानान्तर रुपमा थोरै सीटले पहिलो वा दोस्रो, राजपा र संघीय समाजवादी तथा माओवादी त्यसपछि स्थानीय सत्तामा पुर्नस्थापित हुने अन्तिम वैधानिक संघर्ष हो पनि भन्न सकिन्छ यो अन्तिम चुनावी समरलाई ।

727 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank