नेपाली बाम एकताको लहरः लोकतन्त्रका पहरेदार

आइतवार, कार्तिक १२, २०७४

loading...


शनिवार असोज २८, २०७४ अपरान्हको अन्तिम संसद वैठक । तेस्रो अन्तिम वक्ता थिए नेकपा माओवादी केन्द्रका अध्यक्ष, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उसै पनि बोल्न माहिर र परिस्थिति हेरेर बोल्न झन सिपालु प्रचण्डको अन्तिम संसद संवोधन मुलतः स्पष्टीकरण र सफाई पेश गर्ने वक्तव्यवाजीको रुपमा आयो । एकैपट्क सत्तामा पनि रहने र प्रतिपक्षिसंग पनि चुनावी तालमेल तथा पार्टी एकतामा रौस्सिएका प्रचण्डले आफ्नो पार्टी कहिले दायाँ र कहिले बायाँ ढल्किएको स्वीकार गरे। अघिल्लो वर्ष केपी ओलीसंग र पछिल्लो वर्ष काँग्रेससंग सत्तायात्रा गर्दाको राजनीतिक सत्तासाईनोको अवसरवादी चरित्रको उनले सक्दो बचाउ गर्ने कोशिस गरे ।

आफ्नो संवोधनको अधिकांश समय कम्युनिष्ट गठबन्धन, वर्तमान संविधान र व्यवस्था वा सत्तासहयात्री दलको विपक्षमा नरहेको तर्कहरुसहित प्रष्टोक्ति दिन खर्चिएका प्रचण्डले यो लुकिछिपी, षड्यन्त्र र बेइमानीको कुरा नभएको जिकीर गरेर ईमान्दारीताको प्रचण्ड शैली देखाउन खोजे ।

एकातिर सत्तासहयात्री काँग्रेसलाई पनि चुनावसम्म सत्तामा बस्नका खातिर रिझाउनै पर्ने र अर्कोतिर एकताका लागि विपक्षीलाई पनि चिढयाउन नहुने द्धैध मनोदशाकी वीच प्रचण्डले अन्तर्राष्ट्रिय समुदायलाई पनि अनावश्यक आशंका नगर्न आग्रह गरे। ‘अहिले बजारमा नेपालमा कम्युनिज्म आइहाल्ने भयो जस्ता जेचर्चा परिचर्चा भएका छन, त्यो दुःखद प्रचार हो, विडम्बना हो’। वाह, प्रचण्ड कथनको चुरो कुरो वाम एकता साम्यवाद स्थापनाको लागि होईन ।

प्रचण्डको यो भनाईले उनका यी मौसम बेमौसमका समग्र राजनीतिक मुभहरु देशमा साम्यवाद ल्याउनका लागि होईन है भन्ने नै प्रचण्ड मर्म थियो । बाम गठबन्धनलाई कम्युनिष्ट सर्वसत्तावाद स्थापनातिरको षडयन्त्र देख्नेहरुका लागि प्रचण्ड प्रष्टोक्तिले उनी अब संसदवादका हिमायती र रक्षक भएको झल्को दिन्छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता प्रचण्डले कम्युनिष्टहरु बीचको एकता कसैका विरुद्ध परिलक्षित नभएको भनेर सत्तासहयात्री काँग्रेसदेखि विदेशीसम्मलाई कन्भिन्स गर्ने हेतुले दिएको प्रष्टोक्तिले स्पष्ट पार्दथ्यो, डा. बाबुरामले मात्रै होईन, प्रचण्डले पनि कम्युनिष्ट ह्याँगबाट उन्मुक्ति चाहेका छन । समाजवादी क्रान्तिका लागि एमालेसंगको एकता गर्न लागेको बताउने प्रचण्डले साथमा माओवादी ह्यांगबाट मुक्ति खोजेको तथ्य अब ओपन सेक्रेट भैसक्यो ।

आफ्नो पार्टीलाई सबैभन्दा बढी संघर्ष र सबैभन्दा बढी बलिदान गरेको पार्टीका रुपमा व्याख्या गर्दा गर्दै पनि प्रचण्डले आफूहरु कम्युनिष्ट नाम र झण्डाका आधारमा मात्रै रहेको अन्यथा यही व्यवस्थाको हिमायती रहेको बताईसके संसदको रोष्ट्रमबाटै । जनयुद्धका जगमा देश बदल्ने कसम खाएर साम्यवादी सत्ताको परिकल्पनामा १७ हजार बढीको ज्यान जखमीमा पारेका प्रचण्डले अन्ततः त्यो गलत थियो भन्ने शव्दावली मात्रै आफनो मुखारविन्दबाट ओकलेन्न, भनेन्न, अन्यथा यही वर्तमान उपलव्धीमा त्यो लाल क्रान्ति र बलिदानको उपलव्धी भएको सन्देश दिए । यस अर्थमा अब प्रचण्डबाट लोकतन्त्रमाथि खतरा देख्नेहरुलाई सखानुभुति भएको हुनुपर्छ ।

अघिल्लो पटक आफू सबैभन्दा पीडित भएको बताउँदै उनले शान्ति सम्झौतासँग जोडिएर संविधान आएको व्याख्या पनि सुनाउन भ्याए । पार्टी फूटने अवस्थामा पनि जोखिम मोलेर प्रक्रियालाई सफल बनाएको कुरा उनले स्मरण गरीरहदा पनि आफूलाई चिनियाँ क्रान्तिकालिन माओको नेपाली नायक कम्युनिष्टको प्रतिरुप देख्नेहरुसंग प्रचण्ड दुखित र रुष्ट देखिनुले अब प्रचण्ड नामले मात्रै माओवादी कामले संसदवादी भएको उदाहरणलाई पुष्टि गर्दथ्यो ।

मोहन वैद्य वा नेत्र विक्रम चन्दहरुले भन्दै आएको नवसंंसोधनवादकिो विल्ला आफूलाई स्वीकार भएको प्रचण्ड वचन पनि हो उनले अन्र्तराष्टिय समुदाय समेतलाई कम्युनिष्ट सत्ताको भूतबाट नतर्सन गरेको अनुनय विनय । डा. बाबुरामले पार्टीको नाम, झण्डा र विधि नै फेरेको तर प्रचण्डले ट्रेड मार्कका रुपमा वामपन्थलाई अंगालेको तथ्य पनि उनको अभिव्यक्तिले उजागर गरेको छ ।‘कहिले कांग्रेसका साथीहरु खुसी हुने कहिले एमालेका साथीहरु खुसी हुने स्थिति आयो।‘‘तर सबै राजनीतिक दलसँग सहकार्य गर्ने कार्यमा हामी कहिल्यै विचलित हुने छैनौँ।‘ भन्ने प्रचण्ड प्रष्टिकरण उनले देश बदल्न नसकेपछि आफै बदलिएको ताजा स्वीकारोक्ति पनि हो ।

संसदका पक्षमा वाम चेतावनीः

मंसिर १० र २१ को घोषित प्रदेश तथा संसदको चुनावका लागि सरकारले गोल गर्न खोजिरहे पनि अहिले सन्देह पैदा गरेर भद्रगोल गर्ने काम अदालतले मात्रै गरिरहेको हो । यसको पुष्टि दुई ठूला वाम दल नेकपा एमाले र माओवादी केन्द्रले पनि वुधवार गरेका छन । दुई दलले पार्टी एकताको लक्ष्य सहितको चुनावी तालमेलको घोषणा गरेपछि पहिलो पट्क आयोजित संयुक्त पत्रकार सम्मेलनमा पनि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले चुनाबबारे सरकारको आलोचना गरेन्न । मतपत्र छपाई संवन्धी सहमति आफूहरुको समेत सहमतिमा निर्वाचन आयोगले गरेको भन्दै सरकारकै बचाऊ गर्ने प्रयाश गरे । सरकारले गर्नुपर्ने प्रकारको पत्रकार सम्मेलन मार्फत एमाले र माओवादीका शीर्ष नेताले चुनावको पक्षमा राजनीतिक दबाब र बचाऊ गरेका छन । यसले पनि पुष्टि गर्दछ की सरकारले चुनाव गराउन चाहेकै हो ।

बाम गठबन्धनले सरकार र आयोगको प्रतिरक्षा गर्दै गरेको पत्रकार सम्मेलनको सिधा सन्देश चुनाव बिथोल्न खोज्ने दृश्य अदृश्य शक्तिलाई चेतावनीका रुपमा आएको छ । संसद स्थगित भएको मात्रै हो र चुनाव बिथोलिएमा त्यो संसदको कार्यकाल २०७४ माघसम्म रहेकोले पुनः संसद व्यूतन्छ भन्ने माओवादी अध्यक्ष प्रचण्डको चेतावनी चुनावको संभावित शंसय अन्त्यका लागि एक रामवाण बन्ने निश्चित छ । सरकारको प्रतिरक्षामा यसरी बाम गठबन्धनले दिएको साथ चुनाव सफल हुने एक राजनीतिक कडीका रुपमा आएको छ । यो वाम चेतावनी अदालतलाई खबरदारी हो भने चुनावका मामलामा राजनीतिक एक्यवद्धताको नमुना पनि हो । यसबाट अदालतको सहारमा चुनाब टार्न वा सार्न खोज्नेहरु हच्किएको हुनुपर्छ भने संविधान कार्यान्वयन र व्यवस्थाको भविष्यसंग जोडिएको चुनावको विपक्षमा चलखेल गर्नेहरु तर्सिएको हुनुपर्छ ।

संसदको अन्तिम बैठकमा प्रचण्ड संवोधनको सारः

‘अहिले बजारमा नेपालमा कम्युनिज्म आइहाल्ने भयो जस्ता जेचर्चा परिचर्चा भएका छन, त्यो दुःखद प्रचार हो, विडम्बना हो’, ‘बडो दुःखले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएर संसदीय प्रणालीलाई नै हामीले स्वीकारेका छौँ’, उनले भने, ‘नेपाली कांग्रेसका साथीहरुलाई प्रोभोक हुन आवश्यक छैन।‘

‘जतिबेला जुन सहमति गर्दा पार्टीको हित हुन्छ, हामी गर्छौँ।‘ ‘लौ, कम्युनिष्टको शासन आउने भयो भनेर बजारमा बिडम्बनापूर्ण चर्चा भयो । जबकि यो गलत कुरा थियो ।’ ‘दुखको कुरा प्रधानमन्त्रीले पनि त्यो पत्याउनु भयो, यो साँचो कुरा होइन ।’ ‘नेपाली जनता, सरकार र अन्तर्रा्ष्ट्रिय जगतले समेत यसलाई अतिरञ्जित तरिकाले नबुझ्न अनुरोध गर्दछौं’

‘हामीहरु शान्तिपूर्ण तरिकाले नै अघि बढ्ने हो । कम्युनिष्ट भएको नाताले एउटै केन्द्रको प्रयास गर्नु गलत होइन, यो बाम जनमतको आकांक्षा पनि हो ।’

‘अहिले वाम एकताको कुरा चलेको छ । मैले त्यसको घोषणा हुनुअघि पनि प्रधानमन्त्रीलाई यो कसैप्रति लक्षित छैन भनेर भनेको हो । अहिले बजारमा आएको चर्चा दुखद छ । कम्युनिष्टको शासन आइहाल्यो भनेर प्रचार गर्नु बिडम्बना हो । हामीले यो संसदीय प्रणालीलाई नै स्वीकार गरेका छौं । हामीलाई कुनै खालको अधिनायकवाद स्वीकार्य छैन, अहिल्यै साम्यवाद आउने कुरा पनि होइन । कसैले अनावश्यक शंका र प्रचार गर्नु आवश्यक पनि छैन ।’

‘हामीले सेना समायोजन र हतियार व्यवस्थापन जस्ता अत्यन्तै चुनौतिपूर्ण जिम्मेवारी पुरा गरेका छौं । सामान्य नेताले सक्ने कुरा थिएन सेना समायोजन र हतियार व्यवस्थापन । पार्टी विभाजनको जोखिम मोलेर भएपनि यस्तो साहस गर्ने कुरा चानचुने कुरा थिएन । विश्वमा नै यस्तो कहीँ देखिन्न । त्यसैले अहिले यही संविधान अन्तर्गत शान्तिपूर्ण रुपमा विचार मिल्ने कम्युनिष्टहरु एक ठाउँ देखिँदा कोही झस्किनुपर्ने कारण छैन । अहिले यो सदनमा समेत जुन विचार व्यक्त भए, त्यसरी डराउनुपर्ने कारण छैन । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन, समृद्धिका लागि सबैसँग एक भएर जानेमा हामी जिम्मेवार छौं’ ।

‘हामी कम्युनिष्ट भएका नाताले देशलाई सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने कुरा स्वभाविक हो । यसलाई राजनीतिक ढंगले हेर्न कांग्रेसका साथीहरुलाई अनुरोध गर्दछु । यो एकताको कुरा हामीले दश वर्षदेखि मेहेनत गरेको हो । अहिले एक कदम अगाडि बढेका छौं । तर, यो देशमा राजनीतिक अस्थिरता पैदा गर्ने कुरासँग सम्बन्धित छ, सरकार ढाल्ने र अर्को सरकार बनाउने कुरासँग यो सम्बन्धित छैन । यो सरकारविरुद्ध परिलक्षित होइन । यो एकता प्रक्रियाले सरकारका विरुद्ध होइन, बरु सरकारले निर्वाचनको जिम्मेवारी निर्वाह गरोस् भनेर एकताको सहमतिको घोषणाको बेला भनिएको छ ।’

‘हामी देश र जनताको हितका पक्षमा सहकार्य गर्न जहिले र जोसुकैसँग पनि तयार छौं’, ‘नेपाली कांग्रेस लगायतका शक्तिसँग मिलेर देशको हित हुन्छ भने हामी त्यसमा पनि सहकार्य गर्छाैं । यो लुकिछिपी, बेइमानी र षडयन्त्रको कुरा होइन । जति जिम्मेवारी बोध र लचकता माओवादी प्रस्तुत भएको छ, त्यो सिंगो देशका अगाडि छ ।’
यसपटक विगतको जस्तो तीतो यथार्थ अनुभूति गर्नु परेन । इतिहास दोहोरिएन । त्यस अर्थमा हामी एउटा सफलताको अनुभूति गरेका छौं । सात साल वरिपरिबाट उठेको नेपाली जनताको ठूलो बलिदानपछि निर्माण भएको यो संविधान जारी गर्न सफल भएकोमा गर्वको अनुभुति गरेका छौं ।’

‘संविधानसभाबाट संविधान बन्नुपर्छ भनेर सबै भन्दा बढी संघर्ष र बलिदान गरेको पार्टी भएर पनि अघिल्लो संविधानसभाबाट संविधान नबन्दा हामी धेरै चिन्तित थियौं । कतै दोश्रोबाट पनि नबन्ने त होइन ? भनेर हामी चिन्तित थियौं । सर्वा्धिक ठूलो विद्रोहको नेतृत्व गरेर शान्ति प्रक्रियामा आएको नाताले दोश्रो संविधानसभा पनि असफल त हुँदैन भन्नेमा हामी सबैभन्दा बढी चिन्तित थियौं र मेहनत गर्न सचेत पनि’, ।

‘अर्कोतर्फ संविधान बन्ने कुराको सिधा सम्बन्ध शान्ति प्रक्रियासँग थियो । यो नेपाली राजनीतिक घटनाक्रमको मौलिक विशेषता पनि हो । ठूलो विद्रोह र शान्ति सम्झौता र योसँग जोडिएर आएको संविधानसभा र संविधान । यो नेपाली जनता र देशका लागि एउटा मौलिकता र विशिष्टता थियो । शान्ति प्रक्रियाको असफलता र संविधानसभाको सफलताको मात्र सफलताको कल्पना गर्नु गाह्रो थियो ।’

‘त्यस्तो बेलामा संविधान सभाबाट संविधान बनाउने कुरामा कुनै व्यवधान नरहोस् भनेर निकै ठूलो मूल्य चुकाएर, पार्टी विभाजन हुने मूल्यमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सेना समायोजन जस्तो जोखिम मोलेर पनि हामी अघि बढेका थियौं । त्यो जोखिम नलिएको भए संविधान बन्ने थिएन’,

‘दोश्रो संविधान सभा बन्ने आधार पनि शान्ति प्रक्रियामा लिइएको निर्णयसँग प्रत्यक्ष रुपमा जोडिएको छ । त्यसले नै अर्कोे संविधान सभा र त्यसबाट संविधान निर्माणको बाटो प्रशस्त गरेको स्मरण गर्न चाहन्छौं । हामीले दोश्रोबाट पनि संविधान बन्दैन कि भनेर पर्याप्त लचकता अपनाउनुपर्ने बाध्यता, अर्कोतर्फ उत्पीडित जनताका माग पुरा हुँदैनन् कि भन्ने चिन्ता । यो दोहोरो चेपुवामा हामी थियौं । त्यसैले हाम्रो र अरु पार्टीले निकै जिम्मेवारीपूर्ण भूमिका खेल्यो र संविधान निर्माणको नेतृत्व लियो ।’

402 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv