अधिनायकबादको काँग्रेसी चिन्ता !

फरकमत

मङ्लबार, कार्तिक २१, २०७४



२०७४ सालको दशैं लगत्तै दाहाल, ओली र बाबुरामले ल्याएको राजनैतिक भुँईचालोको असर दिन प्रतिदिन थपिदैछ । दाहाल ओलीको पूर्व सहमती अनुरुप साठी चालिसको भाग बण्डाले रन्थनिएका बाबुराम आफ्नो उपस्थीती दयनिय महशुस गर्ना साथ देउवाको भिक्षा थाप्न राजी हुँदै गोरखा दुई प्राप्त गर्न सफल भए । नेपाली राजनीतिमा आफूलाई केन्द्र बिन्दूमा राख्दै कसरी अगाडी बढ्नु पर्छ भन्ने बिश्व विद्यालयको प्रोफेसर बाबुरामले मधेसबादी नेतालाई माथ गर्दै छोडेको ओली दाहाल सहकार्यले उनको राजनैतिक स्तर र स्थान एकैसाथ खुलेर प्रकट भएको मानिदैछ । नेपालको बामपन्थी मतदाताको चाहानालाई साथ दिंदै निर्बाचन पुर्ब सहकार्य र निर्बाचन पश्चातको पार्टी एकिकरणको कारणले रन्थनिएको काँग्रेस अनेक बहानाबाजी गर्दै बामपन्थी सहकार्यलाई अपमानित र बदनाम गर्ने कोशीस गर्दैछ ।

राणाहरुको जनताप्रती हेर्ने सोचलाई उखेल्दै फाल्न नेपाली राजनीतिले तात्कालिन समयमा जन्म दिएको राजनैतिक शक्तीहरु काँग्रेस र वामपन्थीहरुको योगदान स्वरुप रैतीबाट मानिस बन्न पाएको २००७ सालको परिवर्तन पछी वामपन्थी आन्दोलन अनेक समस्याको सामना गर्न बाध्य पारियो । सामाजिक ढाँचा संग असहमत वा परिवर्तन गर्न चाहाने शक्ती जसले समाजमा अनेक कारणबश बिभिन्न क्षेत्रमा पछाडी पारिएका तप्कालाई मुलधारमा ल्याउन हरदम कोशीश गरिरहने बामपन्थी शक्ती आन्तरिक र बाह्य राजनीतिको सिकार बनिरहयो । बामपन्थी शब्द राजनीति संग सम्बन्धित बिषय हो भन्ने जान्दा जान्दै समाजमा पिछडिएका मानिस वा पछाडी पारिएका मानिसको पक्षमा सहानुभूती दर्शाउँदै राजनीति गर्न पनि प्रतिबन्ध लगाइयो । बामपन्थी बिचारधारा मान्ने मानिसहरु पुँजीबाद (एउटा यस्तो आर्थिक ब्यबस्था जसमा निजी मुनाँफाको निम्ती उद्धोगहरु खोल्न प्रोत्साहन गरिन्छ, जँहा मानिसहरु निजी ब्यापार मार्फत सम्पती थुपार्न मरिहत्ते गर्छन) को बिरोध गर्छन । सारांसमा पछाडी पारिएका, हेपिएका, चेपिएका मानिसको पक्षमा बोल्ने वामपन्थी राजनीतिको धर्मलाई भाँजो हालियो ।

बराबरीमा आधारित सामाजिक, आर्थिक, राजनैतिक व्यवस्था स्थापना गर्न कार्ल मार्क्स द्वारा प्रतिपादित सिद्धान्त मार्क्सबाद वामपन्थीको निम्ती मार्ग दर्शक सिद्धान्त बन्न सफल भयो । धनी र गरीब बीच, महिला र पुरुष बीच, ठुलो र सानो जाती बीच खडा गरिएका असमानताको खाडललाई जिबित राख्दै सबैकुरा पुर्बजन्मको खेल वा ईश्वरको लीला भन्दै उत्पादनको साधन माथी कब्जा जमाउन सफल सामन्तबादी शक्तीको बिरुद्ध जेहाद छेडने काम वामपन्थीबाट सुरु गरियो । तात्कालिन समयमा केही मानिस भन्ने गर्थे, केही ब्यक्ती कम भ्रष्ट , कम दुष्ट हुने हो भने समाजमा उल्लेख्य सुधार हुन सक्थ्यो । तर मार्क्सको भनाई अनुसार निजी कोशीसले सामान्य परिवर्तन ल्याउन पनि कठिन थियो । त्यसैले समाजलाई आमुल परिवर्तन गर्न, समाजलाई सताउने अनेकौं समस्याबाट छुटकारा दिलाउन र सबै पुरुष, महिलाको पुर्ण बिकाश गर्न समाजबाद स्थापना नै एकमात्र उपाय मान्दथे । केवल मुनाफामा आधारित सबैखाले शोषणबाट मुक्ती दिलाउने एकमात्र उपाय शान्ती, समाजबाद र समृद्धीको मुलमन्त्रलाई नेपाली वामपन्थीले बोक्ना साथ उनीहरु माथी बक्रदृष्टी हालियो ।

नेपालको प्रजातान्त्रीक आन्दोलनको हरेक मोर्चामा आफूलाई सहभागी गराउँदै नेपाली जनताको मन जित्न सफल बामपन्थीहरु मार्क्सबादी सिद्धान्तलाई सिरोपर गर्दै रहे । शितयुद्ध कालिन राजनीतिको प्रभाब स्वरुप अपबादमा लेनिनबादी र माओबादी सिद्धान्तको ठाडो नक्कल गर्दै केही हिंसात्मक गतिबिधी गर्न पुगेको घटनाहरु झापा आन्दोलन र दश बर्षे माओबादी ध्वसं काफी छन । भू–राजनीति र बिश्व पुँजीबादी शक्ती सन्तुलनको कारण हत्या, हिंसाबाट नेपाली जनताको मुक्ती सम्भब नदेखिदा मतपत्रको माध्याम बाट जनताको जिबनस्तर उकास्दै समाज परिवर्तन गर्ने शान्तीपुर्ण बाटो अंगिकार गर्न पुगेको पछिल्लो घटनाले काँग्रेस पार्टीको राजनैतिक जमिन हल्लिन पुगेको संकेत अनेक ढंगबाट छापाहरुमा पोखिन पुगेको पाइन्छ । सामान्य रुपमा बहुमत भन्दा बढी वाम रुझानको मतदाताहरु रहेको बर्तमान नेपालमा माओबादी केन्द्र र एमालेको चुनाबी गठबन्धनको कारण आफ्नो जागिर धरापमा परेको काँग्रेसी रोदन बर्तमान गठबन्धन बाट प्रजातन्त्र खतरामा जस्ता बचकाना प्रचार गर्न ब्यस्त र मजबुर हुँदैछ । बाघ आयो बाघ आयो भन्दै छ्ट्टु स्यालले चल्ला टिपे जस्तै माओबादीकेन्द्र र एमालेको डर देखाउँदै प्रजातन्त्रको नाममा लुटी खाने काँग्रेसी काइदा नेपालमा अधिनायकबादले जन्म लिंदैछ भन्ने हल्ला हेरे काफी देखिन्छ । प्राकृतिक श्रोत र साधनको दोहन, अन्याय, अत्याचार, शोषण, दमनको भयाबह रुप समाजमा देख्दा देख्दै केवल आफ्नो ब्यक्तीगत प्रतिष्ठाको निम्ती खोलिएको अंसख्य वामपन्थी पसल बन्द गर्ने एमाले माओबादी केन्द्रको निर्णयले काँग्रेसको निम्ती अकल्पनिय संकट निम्तीएको मानिदैछ ।

हरेक सत्ताको बिकल्प समाजबाद हो भन्ने मार्क्सको मुलमन्त्र नै समाज परिवर्तनको आधार मान्दै आएको नेपाली बामपन्थीहरु अन्तत वाम सहकार्य गर्न राजी भएका छन । ०४६ पछी सामान्य रुपले परिवर्तन गरिएको राजनैतिक ब्यबस्थामा काँग्रेसको हाली मुहाली पछी गरिएका तमाम शोषण र दमनको निरन्तरतामा फस्न पुगेको नेपालको वाम आन्दोलन अनेकौं बहानामा पुँजीबादीको खेलौना बन्न पुगेको कटु यथार्थ हाम्रै सामु बिद्ध्यमान छन ।फलस्वरुप दक्षिणपन्थ र उग्रवाम पन्थको नाम र काममा कथित लोकतन्त्रबादीले खेलाएको नेपाली वामपन्थी आन्दोलन प्रती जनतामा जागेको उत्साह , भरोषामा कदापी खर्हो उतिर्ण नसकेको स्वीकार गर्नै पर्दछ । अनेकौं कमजोरी र तिक्ततापुर्ण सम्बन्ध बाट गुज्रीएको नेपालको वामपन्थीहरु पछिल्लो कालखण्डमा भू–राजनीति र काँग्रेसको कुटिल खेलबाट फुत्किदै वाम सहकार्य गर्न सहमत हुँदा नयाँ आषाको किरण देखा पर्दैछ ।

जन्मँदै नाती जर्नेल बन्ने राणाहरुको पारिबारिक परम्परा बाट सताइएका असन्तुष्ट राणाहरुको पार्टी नेपाली काँग्रेस नेपालको सवालमा लोकतन्त्रको पेटेण्ट राइट केवल आफू संग रहेको मानी रहयो । राणाहरुको बिरासतमा पाएको ब्यक्तीबादी प्रबृतीको जगमा हुर्किएको काँग्रेस पार्टी केवल बचन र पार्टी दस्ताबेजमा मात्र लोकतान्त्रीक बनेर बसी रह्यो । माहाधिबेशनले पास गरेको नीति, नियम, बिधान अनुसार कदापी नचल्ने केवल लोकतान्त्रीक पार्टीको रटानमा नेपालको एक मात्र प्रजातान्त्रीक पार्टीको काँग्रेसी दावा पछिल्लो समय टुहुरो बन्न पुगेको पाइन्छ । बिगत २५ बर्ष देखी अनबरत रुपले लोकतान्त्रीक आचरण र ब्यबहारमा खर्ह्रो उत्रीएको एमाले पार्टीलाई लोकतन्त्रको लाईसेन्स बाँडने धृष्टता देख्दै गर्दा उसको प्रजातान्त्रीक संस्कार र ब्यबहार बडो टिठ लाग्दो मानिदैछ । जबजको सिद्धान्तलाई अंगिकार गर्दै मतपत्रको माध्याम बाट सिंहदरबारको कुर्षीमा पुग्ने चाहानालाई अधिनायकबाद देख्ने काँग्रेसी आँखा लोकतान्त्रीक कम सामन्तबादी ज्यादा भेटिने अनेकौं प्रमाण देखाउँदैछ ।

नेपालको प्रजातान्त्रीक आन्दोलनमा लाग्दा बिगतमा उठाएको हतीयार होस कि , राजा महेन्द्र माथीको बम प्रहार होस , प्लेन हाइज्याक गरेको घटना, ओखल ढुङ्गा काण्ड होस । काँग्रेसको नजरमा सबजायज र प्रजातान्त्रीक मानिने उसको आफ्नै सिद्धान्त फेला पर्दछ । आफूबाट गरिएको तमाम, हिंसा, भष्ट्राचार, पापाचार, अत्याचार सबै प्रजातान्त्रीक मानिन्छन । तर त्यही काम कम्युनिष्टले गरे अधिनायकबादीको सर्टिफिकेट बाँडन अघी सर्दछ । काँग्रेस र माओबादीकेन्द्र मिल्दै गरिएको सम्पुर्ण कृयाकलापहरु भरतपुर काण्ड, म्यान पावरवाली राजदूत नियुक्ती काण्ड, नवराज काण्ड, शुशिला काण्ड, एनसेल करछली काण्ड, गोपाल खडका काण्ड, चुडामणी शर्मा काण्ड, जम्बो मन्त्रिपरिषद काण्ड सबै लोकतान्त्रीक हुने काँग्रेसी परिभाषा आफैमा अनौठो, उदेक लाग्दो र दयनिय सोचको उपज मान्न सकिन्छ । तमाम बिकृती र बेथीतीलाई अंगाल्दै राष्ट्रलाई लुट र भागबण्डाको आधारमा लुछन नपाउँने बित्तिकै माओबादी केन्द्रको भान्सा परिवर्तनले अल्तालिएको बर्बराहट औचित्यहिन , कपोल कल्पित र दुराषय बाट ग्रस्त रहेको सजिलै मान्न सकिन्छ । काँग्रेस माओबादी केन्द्र मिलेर लुटे प्रजातान्त्रीक हुने र एमाले माओबादी मिले अधिनायकबादी हुने देउवा काँग्रेसको लाईसेन्स कम्तीमा अब नबिक्ने खुद बीपी भक्त काँग्रेस मान्न राजी नै छन ।

संसदिय राजनीतिमा चुर्लुम्म डुबेको एमाले र संबिधान सभा पछीको निर्बाचनमा दुईपटक भाग लिएको माओबादी केन्द्रले आफूलाई वाम गठबन्धन वा वाम सहकार्य भनिरहदा काँग्रेस बाट कम्युनिष्ट गठबन्धनको बिल्ला भिराउँदै लोकतन्त्रवादीको लाईसेन्स खोज्ने नयाँ काइदा सुरु गरिएको छ । माओबादी केन्द्रको बिगतको उग्र भडकाबलाई सच्याउने नाममा १२ बुँदे गर्ने काँग्रेसहरु शान्ती प्रकृया पछीको सम्पुर्ण गतीबिधीलाई आँखा चिम्लदै फेरी एमाले माओबादी केन्द्र सहकार्यलाई कम्युनिष्ट धङधङी देख्न पुग्ने अल्पकालिन सोच, ब्यबहार भनेको उही लोकतन्त्रको नाममा लुटी खाने ब्यबसाय धरापमा परेको रोदन हो भन्न सबै सहमत देखिन्छन ।

संबिधान जारी गर्ना साथ एमालेलाई एक्ल्याउने भू( राजनीतिको मोहरा बन्दै अस्तित्व रक्षाको निम्ती तडपदै गरेको माओबादीलाई स्थानिय निर्बाचन मार्फत पुनर्जिबन दिने काँग्रेसी सोच आज उल्टो तीर बनेर लाग्न पुग्दाको बर्बराहट अनेक ढंगले देखाउँदै छन । माओबादी केन्द्रको बुई चढेर एमाले मास्ने देउवाको हुस्सुपनको सिकार खुद देउवा काँग्रेस बनिरहेको पछिल्लो घटना प्रचण्ड र ओलीको प्रेमालापको असर छ्ताछुल्ल हुन पुगेको पाइन्छ । शेर बहादुर देउवाले देखेको कम्युनिष्ट अधिनायकबाद बाट लोकतन्त्रको लागी खतरा भन्ने वाक्य भित्र लुकेको काँग्रेसी रोदन भनेको फगत भारत र पश्चिमा सान्त्वना प्राप्त गर्ने कुटिलचाल सिबाय केही होइन । ओलीको जस्ता लाई तस्तै नीति अनुरुप काँग्रेसलाई सडकमा पुर्याउने खेल निर्बाचन पछीको नतिजाले देखाउने छ । नेपालको वामहरुको बिगत र बर्तमान हेर्दा सामान्य सुधारको काम गर्न पनि हम्मे परेको अवस्थामा निर्बाचन पछी बन्ने वामहरुको संख्यात्मक उपस्थीती र भारत चीन संगको बैदेशिक सम्बन्ध कसरी अगाडी बढाउँछन रु त्यसमा नेपाली बामहरुको भविष्य निर्क्योल हुनेछ । आजको दिनमा एमालेको छबिलाई लिएर गरिएको काँग्रेसी चिन्ता लोकतन्त्रको निम्ती कम आफ्नो भविष्यको चिन्ता ज्यादा बढी भनेर बुझ्नु मनासिब हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata