हैदराबाद हाउसमा पखालिएको प्रधानमन्त्री देउवाको छबी !

फरकमत

मङ्लबार, भदौ १३, २०७४



- दीपेन्द्र पाण्डे

देउवाको चौथो इनिङको सुस्तता देख्दै गर्दा उनीबाट आशावादी रहेका थुप्रै लोकतन्त्रबादीहरु बिस्तारै देउवा बोझ बिसाउने तयारी गर्दै थिए । मोदीको हैदराबादी बिर्यानी खाँदै संबिधान संशोधन जस्तो नितान्त आन्तरिक कुरालाई कुर्सी संग साटने लज्जास्पद कृयाकलाप र अभिब्यक्तीले उनलाई नेपाली हुँन भन्नेहरुको शिर निहुरिएको पाइन्छ । 

आलोपालोको भद्धा नमुना स्थापित गर्दै चौथो पटक प्रधानमन्त्री हुँदैगर्दा शेर बहादुर देउवाबाट काँग्रेस पार्टी र लोकतन्त्रको पक्षमा उल्लेख्य कामको आशा गरिदैं थियो । बिगतमा परिबन्धले प्रधानमन्त्री बन्न पुगेका देउवाबाट केवल सत्ता केन्द्रीत हुँन पुग्दा भएको बाध्यात्मक गल्तीलाई पखाल्ने उनको चौथो कार्यकाल आफ्नै रोजाई मुताबिक मानिन्थ्यो । प्रधानमन्त्री देउवाको चौथो इनिङको सुस्तता देख्दै गर्दा उनीबाट आशावादी रहेका थुप्रै लोकतन्त्रबादीहरु बिस्तारै देउवा बोझ बिसाउने तयारी गर्दै थिए । प्रधानमन्त्री देउवाले चेञ्ज गरेको राजनैतिक गियर पछी संबिधान संशोधनको नाममा सुरु गरिएको राजनैतिक ध्रुबीकरण देख्नासाथ नेपाली राजनीतिले नयाँ केही नपाउँने साथै देश लम्पसारबाद र आत्मसमर्पणबादको रोडम्यापमा दौडिने तय गरियो ।

आफ्नो बाँकी राजनैतिक जिबन भारत सेवामा लगाउने मुलमन्त्रलाई भारत प्रस्थान भन्दा अगाडी संबिधान संशोधन प्रस्ताब संसदमा निर्णयार्थ प्रस्तुत गर्दै प्रभुको भक्तीमा तल्लीन रहेको जानाकारी हदैसम्म गिर्दै दिइयो । नैतिकता भन्ने कुरासंग कुनै नाता साईनो नभएका आत्मसमर्पणबादी देउवाबाट राजीनामा जस्तो कुराको कल्पना नेपाली समाजले कदापी गरेन । चुरे दोहन र भारतिय उच्चबाँधका कारण डुबान, कटान र बाढीमा फसेको तराई मधेशको पिर मर्कासंग एकाकार हुने फुर्सत र जाँगर देउवाबाट कसैले आष गरेन । प्रधानमन्त्रीको कुर्सीमा पुग्न प्रयोग गरिएका नेपालका मधेशीदलहरुलाई थाङ्नामा सुताउँदै असली जन्मदाताको चरणकमलमा पुग्न हतार देउवाको संसदिय नाटकलाई त्यही अर्थमा सम्पुर्ण देशबाशीले बुझीदिए । कोठाभित्र भारतिय प्रधानमन्त्रीसंग बुझीने गरी बोल्न सक्ने देउवा सार्बजनिक स्थानमा आबाज बिहिन भएको देखी सकेको सारा दुनियाले हैदराबाद हाउसको देउवा प्रतिबद्धता कुर्षी प्राप्तीको बाध्यात्मक उपज मानिदिए । फलस्वरुप उनीबाट हुँदै गरेको प्रभुको सेवा बिगतको गतिबिधी कै परिष्कृत रुप मान्न सबै तयार भैदिए ।

भारतिय प्रधानमन्त्री मोदीको हैदराबादी बिर्यानी खाँदै संबिधान संशोधन जस्तो नितान्त आन्तरिक कुरालाई कुर्सी संग साटने लज्जास्पद कृयाकलाप र अभिब्यक्तीले उनलाई नेपाली हुँन भन्नेहरुको शिर निहुरिएको पाइन्छ । आफूले संबिधान संसोधन पारित गर्न चाहेको तर संसदबाट पास गराउँन असफल भएको कुरामा दुख मनाउ गर्दै भबिष्यमा बहुमत ल्याएर तँपाईहरुको आदेश र इच्छाको पालना गर्ने छु भन्ने ब्यक्तीलाई नेपालको प्रधानमन्त्री मान्नु पर्ने बाध्यताले तमाम देशभक्तहरु लज्जीत हुँदैछन । एउटा सामान्य गुजरातको युबा हार्दिक भरतभाई पटेलको आरक्षण मामिलालाई मिलाउँन नसक्ने भारतिय प्रधानमन्त्री मोदीले पुरानो अडान दोहोर्याउँदै सबैलाई समेटर संविधान कार्यान्वयन गर्न आग्रह गर्ने बित्तिकै अल्तालिएका प्रधानमन्त्री देउवा दुनियाले देख्नेगरी गिडगिडाएर शर्मनाक ढंगले प्रभु कोशिस गरेको थिए, मैले गर्न सकिनँ । आगामी निर्बाचनमा हजुरको कृपा प्राप्त भएमा बहुमत ल्याउँदै आदेशको तामेली गरीनेछ सम्म भन्न भ्याए । आफ्नो जीबनमा प्राप्त गर्न केही बाँकी नरहेको अवस्थामा समेत जागेको वा जगाईएको लालचले थिचिएका देउवाबाट नेपाल र नेपालीले के प्राप्त गर्छन रु तमाम नेपालीले उनलाई नेपाली मान्न समेत लाज लाग्ने अवस्था सिर्जना भैसकेको दुखद घडीमा आत्मसमर्पण बादीहरुको भबिष्य कस्तो बनाउँने ? नेपाली जनताको हातमा आइपुगेको छ ।

बेलायतको गुलामीबाट देशलाई नयाँ मुलुक दिलाउँने जङ्ग बहादुर र भारतको गुलामीबाट एकदलिय पञ्चायत जिताउने सुर्य बाहादुर थापा बाहेक बाँकी प्रधानमन्त्रीहरु आफ्नो राजनैतिक जीबन देशको निम्ती भन्दा दरबार र आफ्नो निम्ती खर्च गरेको भेटिन्छ ।

नेपाली राजनीतिको सुक्ष्म अध्ययन गर्दा के फेला पर्छ भने सुगौली सन्धी पछी नेपालका प्रधानमन्त्रीहरु देशको भन्दा आफ्नो चिन्ता गर्ने गरेको पाइन्छ । इस्ट इण्डिया कम्पनी मार्फत भारतमा शासन गर्न सफल बेलायती राजनीतिको गुलामी गर्दै सिंहदरबारमा डेरा जमाउँन सफल राणा प्रधानमन्त्री बाहेक बाँकी प्रधानमन्त्रीहरु नेपाली दरबारको आशिर्बादबाट टिकेको पाइन्थ्यो । बेलायतको गुलामीबाट देशलाई नयाँ मुलुक दिलाउँने जङ्ग बहादुर र भारतको गुलामीबाट एकदलिय पञ्चायत जिताउने सुर्य बाहादुर थापा बाहेक बाँकी प्रधानमन्त्रीहरु आफ्नो राजनैतिक जीबन देशको निम्ती भन्दा दरबार र आफ्नो निम्ती खर्च गरेको भेटिन्छ । नेपालमा बेलायती सत्ताको खस्कदो प्रभाब र नेपाली राजतन्त्रको औपचारिक बिदाई पछि भारत पुर्याईएको नेपाली सार्बभौमसत्ताको सट्टा दिल्ली सत्ताको गुलामी गर्दै आफ्नो राजनैतिक आयू बढाउने राजनीतिको जन्मदाता प्रचण्ड हुँन भन्ने आधार ओलीको बिदाई हेर्दा थाहा लाग्छ । दाहालको बैशाखी टेकेर मोदी आशिर्बादमा प्राप्त सत्ताको प्रमाणपत्र बुझाउने पछिल्लो खेलमा नाटकिय मोदी नमस्त, शुष्मा स्वराजको गिलासे सम्मानबाट फुस्केको सप्तकोशी उच्चबाँध र सुनकोशी डाइभर्सनले नेपालको हैसियत भारतको प्रान्त भन्दा कम र ग्राम पञ्चायत वा जिल्ला सरह पुर्याउँने खेल देउवा मार्फत रफ्तारमा बढाईदैछ ।

नेपालमा राणा प्रधानमन्त्री जङ्ग बहादुर राणाले आफ्नो जीबन दाउमा राख्दै शासन हातमा लिएको तथ्यलाई माथ गर्दै प्रधानमन्त्री देउवाले नेपालको सार्बभौमसत्ताको बिक्री मार्फत आफ्नो सत्ताको आयू बढाउँदै गरेको प्रमाण देउवा भ्रमणमा जारी गरिएको ४६ बुँदे संयुक्त हस्ताक्षर पढदा थाहा लाग्छ । बिगतमा ओली सरकारको भारत भ्रमण हुँदैगर्दा पूर्व प्रधानमन्त्री ओली र भारतिय समकक्षी मोदी बीच भएको सुन्य बुँदाले कमाएको नेपाली इज्जत पूर्व प्रधानमन्त्री दाहाल र मोदी बीच सम्पन्न २५ बुँदे मार्फत नेपालको हैसियत खुलेकै थियो । प्रचण्ड सरकारको बुँदा नं ११ ले उनको हैसियत भारतिय राजदूत समान हुँदा नदुखेको चित्त दाहालकै बैशाखी टेकेर मोदी आशिर्बादमा जन्म लिएको देउवा सरकारबाट नेपाली जनताले धेरै अपेक्षा गरेको थिएन । प्रधानमन्त्रीको रुपमा चौथो पटक र भारत भ्रमणको रुपमा तेश्रो पटक उनीबाट राम्रोको अपेक्षा नगरे पनि नराम्रो केही नगरि दिए हुन्थ्यो भन्ने मानिस हवात्तै बढेको भेटिन्थ्यो । सम्पुर्ण देशबाशीको इच्छा र चाहानालाई कुर्षी स्वार्थमा अपमानित गर्दै नेपालका शाह वंशिय राजाहरुले समेत नगरेको राष्ट्रघात सप्तकोशी उच्चबाँधको डिपिआर बनाउँने भारतिय सर्तलाई स्वीकार गर्दै गर्न पुगे । संबिधानमा मधेश बाशीको मागलाई संबोधन गर्छु भन्ने कबुलको असली मनशाय भनेको नेपाली मधेशीलाई डुबानमा पार्दै मार्ने र भारतियको सेवा गर्ने हो भन्ने खुलासत्य हैदराबाद हाउसमा स्वीकार गरीसकेका छन ।

एमालेलाई मधेश बिरोधी भन्दै कहिल्यै नथाक्ने दाहाल , देउवा र कथित मधेशबादीहरुको भारतभक्ती संबिधान संसोधन देखी सप्तकोशीको उच्चबाँध सम्म आइपुग्दा लम्पसारबादीहरुको नियत र प्रबृती बिरुद्ध धर्ती पुत्रहरुले आन्दोलनको राँको बाल्नुको बिकल्प देखीदैन ।

पूर्व मेची देखी पश्चिम महाकाली सम्म एक मधेश एक प्रदेशको नारा मेड इन इण्डिया थियो भन्ने खुला सत्यलाई सुधार्न नेपालको तराई मधेशमा दुई प्रदेश सम्म बनाउँन सकिने आबश्यक सल्लाह , सह्योग र उर्जा मधेशबादी दल सम्म भारत मार्फत पुगेको थियो नै । संबिधान जारी हुँदैगर्दा भारतिय मनसुवामा हालिएको पानी प्रदेशको सिमाङ्कन मोरङ , सुनसरी , झापा , कैलाली ,कञ्चनपुर भित्र लुकेको असली स्वार्थ केवल नेपालको पानी भारत लाँन निर्माण गरिने बाँधको स्थान निर्धारणको निम्ती थियो भन्ने रहस्य देउवा मोदी हस्ताक्षर बाट मधेशबादीले देख्न पाएका छन । नेपालको तराई मधेश डुबाउँने उच्चबाँधको सम्झौता बिरुद्ध चुँ सम्म नबोल्ने मधेशबादी दल , फोरम लोकतान्त्रीक , नेपाली काँग्रेस र माओबादी केन्द्रको एकस्वर बाट उनीहरुको नियत पुरापुर खुल्न पुगेको छ । सप्तकोशी उच्च बाँधको फाइदा अंगिकृतहरुको मामाघर र सुसुरालीले पाउँने अनि देश भित्रका वंशज धर्तीपुत्र मधेशीहरु कहिले सुख्खा त कहिले डुबानमा पर्ने राष्ट्रबाद र मधेशबादले एकसाथ सताउँने दिन झन झन लम्बीने निश्चित नै छ । एमालेलाई मधेश बिरोधी भन्दै कहिल्यै नथाक्ने दाहाल , देउवा र कथित मधेशबादीहरुको भारतभक्ती संबिधान संशोधन देखी सप्तकोशीको उच्चबाँध सम्म आइपुग्दा लम्पसारबादीहरुको नियत र प्रबृती बिरुद्ध धर्ती पुत्रहरुले आन्दोलनको राँको बाल्नुको बिकल्प देखीदैन ।

सप्तकोशी उच्चबाँध र सुनकोशी डाईभर्सन परियोजना भारतलाई सुम्पँदै गरिएको ४६ बुँदे संयुक्त हस्ताक्षरको २८ नं बुँदा मार्फत चिप्लिएको देउवा राष्ट्रघातले नेपालको तराईबाशी जनताको जिबन कुर्षी संग साँटेको तथ्यले काँग्रेस पार्टीलाई नपोल्ने इतिहासमा फेरी एककदम थपिएको छ । गण्डक सम्झौता हुँदै अगाडी बढेको काँग्रेसी राष्ट्रबाद माहाकालीलाई उछिन्दै सप्तकोशी उच्चबाँध सम्म आईपुग्दा निकट भबिश्यमा बाँध सुरक्षाको बहानामा भारतिय आर्मी क्याम्प नेपालमा खडा हुने र भारतिय सेनाको खुलेआम आवत जावत देशभर हुने कुनै संका नपाले हुन्छ । २०६२ र २०६३ को आन्दोलन मार्फत प्राप्त उपलब्धी भनेर नथाक्ने नेपालका राजनैतिक दलहरु माओबादी केन्द्र , काँग्रेस , फोरम लोकतान्त्रीक र राजपा नेपाललाई कुनै हिनताबोध नहुने भारतिय दादागिरी बर्तमानमा केवल एमाले मात्र उसको बिरुद्ध देखीएको कारण एमाले बिरुद्ध भइरहेको घेराबन्दीको असली श्रोत र कारण सम्पुर्ण नेपाली जनताले बुझ्न जरुरी भैसकेको छ । नेपालको पानी सित्तैमा लाने भारतिय गुरुयोजनामा सिंह दरबारको कुर्सी र भष्ट्राचारको रकम प्राप्त गर्ने खुला छुटसंग नाकाबन्दीको पुरस्कार स्वरुप नेपालले भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको स्थायी सदस्यमा भोट दिन तयार देउवा सरकारको कारण नेपालको शिर बिश्व मानचित्रमा झुकेको मान्नेहरु राष्ट्र सुरक्षाको निम्ती जुर्मुराउन अत्यन्त जरुरी भैसकेको छ ।

हाम्रा त प्रधानमन्त्रीको नामै शेर बहादुर भन्दै गर्ब गर्ने केही तप्का समेत उनको पछिल्लो गतीबिधी देख्दै गर्दा मन अमिलो बनाउँदै शिर झुकाउन बाध्य हुँदैछन । शेर भनेको जङ्गलको राजा अझ त्यसमा पनि बहादुर भन्दै डबल गर्ब गर्नेहरु दिल्लीको हैदराबाद हाउस पुग्दा भारतिय राजनीतिबाट सेरिएको देख्ने बित्तिकै मिडियाबाट कुलेलम ठोक्दैछन । बिगत कार्यकालको हरेक रेकर्डलाई तोडन तम्सिएका प्रधानमन्त्री देउवा दिल्ली सवारीको प्रसाद बाँडदै निर्माण गरिएको जम्बो मन्त्रीपरिषदले हरेक महिना बढाएको करोडौं आर्थिक ब्यभारले उनको पुरानो रोग बल्झेको मान्न सकिन्छ । आफ्नो राजनैतिक पार्टीको बिधान समेत नपढेका काँग्रेस सभापती देउवा मार्फत पार्टी राजनीतिमा भारत भक्त बिमलेन्द्र नीधिलाई उत्तराधिकारी बनाउँदै सारा दाग पखाल्न भारतिय पानीमा डुबुल्की मार्न राजी भए । पुरानो दागलाई पखाल्दै शरिर नै कालो बनाउँन सफल प्रधानमन्त्री देउवाको छबी भबिष्यमा हैदराबादे छबी नामले चर्चित हुनेछ ।

3716 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank