संकटको डिलबाट उज्यालोको यात्रामा मुलुक

बुधबार, मंसिर २०, २०७४

loading...


- निरज आचार्य

मुलुकले अभ्यास गर्न लागेको बिल्कुलै नयाँ राज्य संरचनामा पदार्पण गराउने यो निर्वाचनलाई केवल निर्वाचन मात्र्र होइन नयाँ भविश्यको परीक्षाका रुपमा पनि लिइएको छ । नेपाली जनताको करीब सात दशकदेखिको सपना साकार गर्न संकटको डिलबाट जोगिएर अबसरको बाटोमा मुलुक प्रवेश गरेको छ ।

इतिहाँसको एउटा अध्याय अन्त्य हुँदैछ । अर्को अध्याय सुरु हुँदैछ । लामो आन्दोलनपछि बनेको संविधान र संविधानद्वारा निर्दिष्ट तीन तहको राज्यसंरचना गठन भएसँगै त्यसको अभ्यास भइरहेको छ । नेपाल एक दशकभन्दा लामो राजनीतिक संक्रमण त्यसबाट पार पाएर सामान्यकालमा प्रवेश गर्नेछ । मुलुक अब संवैधानिक प्रणालीभित्रको खास परीक्षामा प्रवेश गरेको छ ।

२१ मंसिरको प्रतिनीधिसभा र प्रदेशसभाको चुनावपछि मुलुक नयाँ बाटोमा लाग्नेछ । राजनीतिले दिशा पर्किने छ । पहिलो चरणको चुनाव १० मंसिरमा भइसकेको छ । राजनीतिका सबै खेलाडी चुनावी मैदानमा छन् । संविधान प्रति असन्तष्ट रहेका मधेसी र संविधान निर्माण प्रक्रियामा समेत सहभागि नभएको मोहनवैद्य नेतृत्वको माओवादी पनि चुनावी मैदानमा छ ।

मुलुकले अभ्यास गर्न लागेको बिल्कुलै नयाँ राज्य संरचनामा पदार्पण गराउने यो निर्वाचनलाई केवल निर्वाचन मात्र्र होइन नयाँ भविश्यको परीक्षाका रुपमा पनि लिइएको छ । नेपाली जनताको करीब सात दशकदेखिको सपना साकार गर्न संकटको डिलबाट जोगिएर अबसरको बाटोमा मुलुक प्रवेश गरेको छ ।

राणा शासनको अन्त्य, पञ्यायती ब्यवस्था समाप्त, राजा ज्ञानेन्द्रको ‘कू’ परास्त गर्दै शसस्त्र द्धन्द्धलाई शान्तिपूर्ण बाटोमा ल्याएका राजनीतिक दलहरुले मतभेदलाई बिर्सिएर सहकार्य गरेर २०७२ असोज ३ गते नेपाली जनताले नयाँ संविधान पाए । नयाँ संविधान पाएसँगै जीवनयापनलाई नयाँ मोड दिने अपेक्षा गरेको नागरिक आशा पुरा नहुँदा केही खिन्न थिए । तर यो चुनावपछि नयाँ व्यवस्थाले आफ्ना आकांक्षा पूरा गरोस् भन्ने विश्वास लिएका छन् ।

चुनावसँगै मुलुकको संघीय संरचना र संवैधानिक अधिकारप्राप्त स्थानीय सरकारबाट आफ्नो जीवनयापनमा कायापलट गर्ने नेपालीको आकांक्षा छ । त्यसै अनुसारका दलीय घोषणापत्र नाराकै रुपमा सही दलहरुले ल्याएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलगत्तै संघीय व्यवस्थापिका, प्रादेशिक व्यवस्थापिका र सरकार गठन प्रक्रिया शुरू हुनेछ ।

नेपालमा विकास भएन, रोजगारी छैन, भ्रष्टाचार बढ्यो भन्ने मुख्य कारण राजनीतिक अस्थिरतासँग जोडेर हेर्ने गरिन्थ्यो । अब त्यो राजनीतिक अस्थिरता अन्त्य भएर मुलुकले हिजोका अप्ठेयारा अन्त्य गर्ने बाटो समात्नेछ । किनकी संविधानमा सरकार गठन भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउने व्यवस्था छ ।

यो व्यवस्थाले कम्तीमा पनि २ वर्षसम्म एउटै सरकारको काम गर्न पाउने प्रत्याभूति दिएको छ । राजनीति गठबन्धनका रुपमा धुव्रीकृत भएको छ । तर त्यसले एउटा पक्षको स्पष्ट बहुमत आएर सरकार सञ्चालन दिगो हुने अपेक्षा गर्न सकिन्छ । संकेतहरुले वाम गठबन्धनको सरकार बन्ने देखिएको छ ।

यदी इमान्दारी पूर्वक दलहरु अगाडी बढे पाँच बर्षका लागि एउटा नीतिगत योजनाको नेतृत्व हुनेछ । नौ नौ महिना फेरिने सरकारका नेतृत्वबाट मुक्ति पाइनेछ । अब देश कता लैजाने र कस्तो शासन प्रणाली रोज्ने दोस्रो चरणको मतदानमा सहभागि हुने १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाताले जिम्मेवारीमा छ । त्यो जिम्मवारी सही ठाउँमा प्रयोग भए उज्यालोतिरको यात्रा सुरु हुनेछ । संकटको डिलमा रहेको मुलुकले अबसर समृद्धिको युगमा प्रवेश गर्ने ।

121 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank