धुव्रीकरणका विरुद्ध रोईलो किन ?

सोमवार, अशोज ३०, २०७४

loading...


- —डा. रमेश पौडेल

नेपालको राजनीतिक माहोल नेपालको कम्यूनिष्ट आन्दोलनको एकिकरणको सन्दर्भले राम्रै तताईरहेको छ, एक खालको तरङ्ग नै ल्याएको छ ।त्यती मात्र होईन, यसबाट दीर्घकालीन राजनीतिक धु्रविकरणको सुरुवात हुने लक्षण देखिदैछन् ।जनसँख्याको ठूलो हिस्साले बाम पार्टीहरुको एकिकृत बन्ने प्रयासलाई राम्रै मान्यो । यसका पक्ष र विपक्षमा प्रशस्तै तर्क, सङ्का, आलोचना र टिप्पणी सुनिए । जुन एक हिसावले स्वाभाविक हो । हामीले स्थापीत गरेको लोकतन्त्रको एउटा सुन्दर पक्ष नै यो हो । त्यसो त कुनै टिप्पणी विनाको काम यो लोकतन्त्रमा सायदै सम्भव होला ।

नेपालको जनमत र अभिमत दुवैलाई हेर्दा इmण्ड दुई तिहाई मानीसहरु वाम विचारसँग इmुकाव राख्ने देखिन्छ । अर्थात जनसँख्याको ठूलो तप्काले कम्यूनिष्ट पार्टीकै नेतृत्वमा समृद्धिको चाहना राखेका छन् । तर यसको विपरीत २०४७ देखिको समय हिसाव गर्दा सत्ताको साँचो इmण्डै दुई तिहाई जति समय वाम विचारसँग असहमती राख्नेहरुले नै कव्जा गरे ।

अर्को तीतो यथार्थ के भने विगतका प्रत्येक राजनीतिक आन्दोलनमा सहादत, सहभागिता र लगावका हिसावले बामपन्थीहरुको योगदान बढी छ,तर वामपन्थीहरु विच भएका विभाजनले गर्दा जस र नेतृत्व भने सधैभरी नेपाली काँग्रेसले नै लिने गरेको छ । यति सम्म त ठिकै हो । तर लाजै लाग्ने अवस्था के हो भने जब नेपाली काँग्रेसलाई अफ्ठारो पर्यो वा उसले नेतृत्व पाउन कठिन हुन्छ भन्ने लाग्छ, उसले भनिहाल्छ कि लोकतन्त्र अफ्ठारोमा परेको छ ।ऊ सत्तामा गएपछि सुशासन र लोकतन्त्र सवै विर्सिन्छ ।

अर्को तर्फ यो देशमा भागबण्डाको राजनीतिले यति विकराल रुप लियो कि, सवै पेशा र व्यावसायीहरुले आफ्नो पेशा र व्यवसाय गर्नका लागि पनि राजनीति नै नगरीनहुने अवस्था आयो । एउटा पार्टी र केही नेताको फेरो समाते पछि नपाउनेले पनि केही पाउने भयो, जव नपाउनु पर्नेले केही पाउँछ, त्यस पछि त “नपाउनेले केरा पायो, वोक्रैसित खायो” भन्ने उखान चरितार्थ हुन्छ ।

यस्तै परिवेशले नै बाम एकिकरणको माग गरेका हुन् । बाम पार्टिहरु एक नहुँदा जनतामा स्वाभावीक पीरलो थियो भने अर्को तर्फ नेतृत्व पङ्कतीलाई पनि यो वा त्यो रुपमा आत्मग्लानी थियो । कारण प्रष्ट छ कि उनीहरु किन मिलेर सत्ताको बागडोर लिएर जनताको भावनाको कदर गर्दैनन्?यी परिवेशहरु नै बाम एकिकरणको प्रयासका कारण हुन् । तर यो यथार्थको विपरित यो बाम एकिकरणको प्रयासका विरुद्धमा एक नेपाली काँग्रेसका नेताहरुको प्रतिक्रिया आक्रोसपूर्ण छ । त्यती मात्र होईन यहाँ एक खालको रोईलो नै छ, उनीहरु कुतर्क गर्दैछन् कि यसले देश धु्रविकरणमा जाने भयो, लोकतन्त्रमा समस्या हुने भयो, नेपाली काँग्रेससँग साम्यवादको बाटो रोक्ने ताकत छ आदि । तर उनीहरुले पनि बुइm्नु आवश्यक छ कि यस्तो रोईलो गर्ने नेपाली काँग्रेसका नेताहरु मात्र हुन् काँग्रेस समर्थक जनता होईनन् ।

किन रोईलो ?
प्रष्ट भन्ने हो भने कहिले कुन बाम घटक त कहिले कुन बाम घटकको साथ लिएर मुलतः नेपाली काँग्रेसले शासनको बागडोर हातमा लियो । नेपालको सत्ता राजनीति बुइm्न र वुइmाउनका लागि माथिका तथ्यहरु नै काफी छन् । यसका अधिकाँश नेताहरुलाई अहिले पनि कम्युनीष्ट भनेको म्यूजीयममा गएर हेर्ने चीज हो भन्ने प्रचार गर्नुपर्दछ भन्ने लाग्दछ । विश्व कम्यूनिष्ट आन्दोलनका नेतृत्वमा देखिएका कतिपय पाखण्डीपनका कारण केही मानीसहरु अहिले पनि कम्यूनिष्ट भनेको अछुत जात हो भन्दछन् । तर उनीहरु त्यसो भनीरहँदा अगाडिका त कुरै छाडौँ जर्ज वुस र डोनाल्ड ट्रम्पका पाखण्डीपन्लाई थाहा नभए जस्तो गर्दछन् । व्यक्तीको पाखण्डीपन् राजनीतिक विचारका कारण मात्र हुदैन भन्ने कुरा उनीहरु विर्सिन्छन् ।

उनीहरु नेपालको कम्यूनिष्ट आन्दोलनका उपलव्धिबाट रस पनि लीने अनि परिआएका बेला कम्यूनिष्ट आन्दोलन विश्वबाटै सकिन लागेको सपना देखेर रमाउँछन् र बडबडाउँछन् । तर सौभाग्य के भने यसरी बडबडाउने नेताहरु न त नेपालको कम्युनिष्टहरुले वितरण गरेको भत्ता र सामाजीक कल्याणका उपलव्धीहरुनै त्याग्न सक्ने अवस्थामा छन्, न त उनीहरु कम्यूनीष्टहरुले बनाएका बाटा, सडक र विद्यालयहरु नै बहिस्कार गर्न सक्ने अवस्थामा छन् । यसरी कम्यूनिष्ट आन्दोलनका उपलव्धीमा टेकेर शासन गर्दै कम्यूनिष्ट आन्दोलनका विरुद्ध धावा बोल्ने समयको नेपाली काँग्रेसले राम्रो सँग प्रयोग गर्यो, लोकतन्त्रका नाममा, विभाजीत कम्यूनीष्टहरुले राम्रै मलजल गरे सत्ताका लागि ।

त्यसैले यो बाम गठबन्धन् र एकिकरणको प्रक्रियाबाट सच्चा काँग्रेसजन जो विकाश र समृद्धि चाहन्छन्, उनीहरु होईन कि सत्ताको रसस्वादन गर्न पाएका काँग्रेसहरु अत्तालीएका छन् र यसका विरुद्ध रोईलो गरिरहेका छन् । रोइलोको कारण देशको चिन्ताले होईन कि सत्ताको रसस्वादन गुम्छकि भन्ने पीर हो । यसबाट सच्चा काँग्रेसजन आत्तिनु पर्दै किन भने बामपँथी पार्टीहरुले ल्याउने समृद्धी सवैका लागि हो, क्षमता भएका मानीसहरु त्यहाँ पनि योग्दान गर्न सक्दछन्, तसर्थ यो गठवन्धन् उनीहरुका लागि नै हो ।

 फेरी पनि आवश्यक छ भावनात्मक एकता, विश्वास र ईमान्दारीताको । त्यसले मात्र देश, गठबन्धन्का दलहरु स्वयँ, र आम जनता सवैको हित गर्दै आर्थिक समृद्धिको बाटोमा देशलाई हिडाउन सकिने छ । यसका विरुद्धमा हुने र भैरहेका रोईलोको खासै राजनीतिक अर्थ रहने छैन ।

के यो बामपन्थीहरुको एकिकरण नै हो ?
अहिले ने क पा एमाले र ने क पा माओवादी केन्द्रका विचमा भएको भनेको एकखालको चुनावी तालमेल मात्र हो । तर यो तालमेल निर्वाचन लगत्तै पार्टी एकता गर्ने लक्षका साथ गरिदै छ । दुईवटा प्रमुख पार्टी जुन अहिलेको जनमतको हिसावले पहिलो र तेश्रो छन्, उनीहरु एकिकरण हुने हो भने जनमतका आधारमा कम्यूनीष्टहरुको एकिकरण हो भनेर परिभाषित गर्दा अन्यथा हुँदैन । तर पार्टीहरुको सँख्याका हिसावले एक दर्जन भन्दा बढीको सँख्याबाट दुईको एकिकरण नै पनि ठूलो नहोला तर नेपालको वर्तमान राजनीतिक परिदृष्यमा यसको दीर्घकालीन् र रणनीतिक महत्व छ ।

यो पहललाई बामपन्थीहरुको एकिकरण गराउनका लागि कम्तीमा सम्वीधान् मान्ने बाम पार्टीहरुलाई यो धारमा उभ्याउन सकियो भने मात्र त्यो बामएकिकरणको बाटोमा सोइिmने छ । त्यस तर्फ पहल गर्न बर्तमान नेतृत्व चुक्ने छैन भन्ने कार्यकर्ताको स्वभावीक अपेक्षा र विश्वास पनि छ । विस्तारै वातावरण पनि बन्दै गएको देखिदैछ, यसका बहुलक्षण देखिदैछन् ।

धु्रविकरणले देशलाई घाटा छ ?
कुनै पनि पार्टीको नेतृत्वले पाखण्डीपन नदेखाउँदा आफ्नो लक्षीत वर्गका जनताकै हितमा काम गरेको हुन्छ । जव उसले त्यसो गर्न छाड्छ, त्यहीँबाट उसको पतनको सुरुवात हुन्छ । यो तथ्यलाई नेपालको बाम नेतृत्वले राम्रो सँग बुइmेकै छ । जवसम्म यो धु्रविकरणले लोकतान्त्रीक वातावरण सहित आर्थिक समृद्धीका लागि योगदान गर्न सक्दछ, तवसम्म यो धु्रविकरणले देशको भलो चिताउने कसैलाई पनि घाटा छैन । किनभने विगत केही वर्षदेखि सवै पार्टीका नेता, विभन्न क्षेत्रका विज्ञ र नीति निर्माताहरुले एउटै स्वरमा भन्ने गरेका छन्“राजनीतिक अस्थिरता नै विकाशको प्रमुख बाधक हो” । धु्रविकरणको यो प्रक्रियाले अस्थिरतालाई धेरै हदसम्म अन्त्य गर्ने छ ।

योजना र नीतिहरुको निर्माण र तीनीहरुको कुशल कार्यान्वयनका लागि आवस्यक पर्ने समय सामान्यतया एक देखि पाँच वर्षको हो । त्यस हिसावले हेर्दा विकाशको अनिवार्य सर्त राजनीतिक स्थीरता हो । अर्थात राजनीतिक स्थीरता मात्र विकाशका लागि सवै थोक होईन तर धेरै थोक हो । यसो भन्नुका पछाडि सत्यका निश्चीत आधारहरु छन् ।त्यसैले यो धु्रविकरणले विकाशका लागि चाहिने राजनीतिक स्थीरताका आधारहरु प्रदान गर्न सक्दछ ।

?

विश्वका विकशित देशहरु जहाँ लोकतान्त्रीक प्रणाली छ, उनीहरुको राजनीतिक अभ्यासलाई हेर्दा पनि ती देशहरु मूलतः दुई पार्टी पद्धतीमै छन् । त्यसो गर्दा कार्यक्रम र योजनाका आधारमा पार्टीहरु छान्न जनतालाई पनि सजिलो हुन्छ भने अर्को तर्फ पार्टीहरुले गरेका कामको लेखाजोखा गर्न र दण्डीत गर्न पनि जनतालाई स्वाभाविक स्वभाविक सहजता हुन्छ । हामीकहाँ त यति धेरै पार्टीहरु भए जनताले चाहेर पनि सवै राजनीतिक पार्टीका घोषणापत्र र उनीहरुका निर्वाचनका घोषणापत्र पढ्न पनि भ्याउँदैनन् । त्यसैले त समाजका केही चलाख मान्छेलाई किनेर वा ऊ उपर गैरकानुनी लगानी गरेर पार्टीहरुले आफ्नो राजनीति जनताका विचमा पुराउने गरेका छन् ।
धेरै राजनीतिक पार्टीहरु हुँदा अनुत्पादक नेताहरु धेरै बन्ने, उनीहरु व्यक्तिगत स्वार्थका लागि मरिहत्ते गर्ने प्रचलन भयो । यो गलत प्रचलन् दिन प्रतिदीन बढेकै छ ।

जनतालाई त जति धेरै पार्टीहरु भए उती शास्ती नै थपीयो । किनभने प्रत्येक राजनीतिक पार्टीलाई बचाउन सामाजीक लागत परेको हुन्छ । त्यो सामाजीक लागतको अन्तीम परिणाम बेहोर्ने त आम नागरिक र राष्ट्रले नै हो । धु्रविकरणले यो लागत स्वतः कम हुन्छ । यसर्थ केही राजनीतिक नेताहरुको जागिर जाला, सायद यो रोइलो पनि त्यसैकारणले हो, तर देशलाई धु्रविकरण आवश्यक छ तर त्यो निष्ठा, सिद्धान्त र विचारमा आधारीत बन्नु पर्दछ ।

हो, बरु यस्ता धु्रविकरण बामपार्टीहरुका विचमा मात्र होईन पूजीवादी पार्टीहरुका विचमा पनि हुँदा राम्रो । यसो गर्दा सत्ता स्वार्थका लागि गरिने क्षणिक गठबन्धन् गर्ने प्रवृत्तिलाई स्वतः निस्तेज पार्न पनि सकिने छ । विचार, काम गरिने लक्षीत वर्ग र तीनका आधारमा हुने धु्रविकरण आवश्यक छन् र उनीहरुलाई प्रोत्साहित गर्न आवश्यक छ । हामीले सम्विधान्ले निर्दीष्ट गरेको निर्वाचन प्रणालीले पनि धु्रविकरणलाई आवश्यक बनाएको छ । अर्को अर्थमा भन्नु पर्दा या त धु्रविकरण गरेर विश्वासिलो दललाई बहुमत दिलाएर स्थायीत्व हुँदै आर्थिक समृद्धी तिर जाने, या त धु्रविकरणको विरोध गरेर वा अशफल तुल्याएर पुनः अस्थिरता तिर लगेर राजनीतिक ब्रह्मलुट मच्चाउने । यी दुई विकल्प मात्र अव हाम्रो सामु रहेका छन् ।

के छन् धु्रविकरणका चुनौति?
प्रष्टै छ, यो एकिकरण प्रयासका पनि आफ्नै खालका अफ्ठाराहरु छन्, र ती चुनौतिपूर्ण नै छन् । मुलतः दुवै ठूला पार्टीका थुप्रै कार्यकर्ताहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने प्रमुख चुनौति हो । निर्वाचनको सँघारमा यसतो धुव्रिकरण भएकाले यसका विरुद्धमा देखिएका आवाजहरुलाई कसरी छोटो समयमा सम्वोधन् गर्ने भन्ने अर्को चुनौति हो । यो धु्रविकरणले राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै स्थीरताको बाटोमा अग्रशर बन्नेछ भन्ने विश्वास भएकै कारण देशमा अस्थिरता चाहने एउटा ठूलो तप्का विदेशका शक्तिहरुको समेत सहयोग लिएर यसलाई अशफल सावीत गर्न ठूलै हरकत गर्ने छन् ।

जस्ता सुकै अफ्ठारा र चुनौति भए पनि गठबन्धन्का विचमा राम्रो सहमति गरेर अगाडि बढ्दा सजिलै सामना गर्न सक्ने हैसियत गठबन्धन सँग छ । फेरी पनि आवश्यक छ भावनात्मक एकता, विश्वास र ईमान्दारीताको । त्यसले मात्र देश, गठबन्धन्का दलहरु स्वयँ, र आम जनता सवैको हित गर्दै आर्थिक समृद्धिको बाटोमा देशलाई हिडाउन सकिने छ । यसका विरुद्धमा हुने र भैरहेका रोईलोको खासै राजनीतिक अर्थ रहने छैन ।

348 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv