हिङ बाँधेको टालो बाँदरको घाँटीमा

शुक्रबार, अशोज २०, २०७४

loading...


- बिजय न्यौपाने

२०६४ सालको पहिलो संधानसभाको निर्वाचनको प्रचारप्रसारको क्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले किर्तीपुरको डाडाबाट एमाले हिङ बाधेको टालो र आफु असली हिङ भएको बताएका थिए पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा जसरी किर्तीपुरका नेवार समुदायका नाक काटेका थिए त्यसरी नै प्रचण्डले किर्तीपुरबाट एमालेका तत्कालीन महासचिव माधव कुमार नेपाल र चुच्चो नाक भएका नेता केपी शर्मा ओली लगायत आम एमाले कार्यकर्ताको नि नाक वोलीबाट काटी दिएका थिए ।

तत्कालीन एमाले महासचिव माधब नेपालले माओवादी विरुद्घ कडा बोल्न नसकेनी एमाले नेता केपी शर्मा ओलीले माओवादीलाई चुनाव अगाडि पशुपतिको बाँदर र चुनावपछि हावा भरियाको बेलुन, बर्खामा आउने खहरेखोला जस्ता अभिव्यक्ति आफ्नो भाषणमा व्यक्त गरेका थिए । बजारमा हल्ला यतिसम्म चलेको थियो कि माओवादीको गोलिलाई ओलीको बोलीलीले ठेगान लगाउँछ तर अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दशैमा टिका लगाएसँगै परिस्थिति फेरिएको छ ।
भर्खरै गाईजात्रा सकिएको राष्ट्रिय सभागृहको हलबाट हिङ बाधेको टालोले बाँदरको घाँटीमा लगाएको दृश्य बहुतर माहिरमाई सामाजिक सञ्जाल र टेलिभिजन मार्फत हेर्न पाईयो । के अव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्न सक्छन एमाले असली हिङ रहेछ भनेर ? के अव एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्न सक्छन् माओवादी पूर्ण विकसित भएर मानव जाति भैसक्यो भनेर ?

राजनीति सम्भावनाको खेल हो भन्ने माओवादी अध्यक्ष प्रचण्ड शेरबहादुर देउवाले टोकरीमा फालेको विपी कोइरालाको पुरानो धमिरा लागेको लौरो टेकेर भरतपुरमा छोरी रेणु दाहालाई जिताए २०७० सालमा तराईसँंग लभ परेको बताउने प्रचण्डले २०७४ सम्म आइपुग्दा आफ्नो संगठन कमजोर हुँदाहुँदै चितवनमा साम दाम दण्ड भेद सबै लगाएर छोरीलाई जिताएर मक्ख परेका थिए तर चितवन कांग्रेसका इमान्दार कार्यकर्ताले धमिरा लागेको विपीको लौरो सफा गरेर राख्ने निधो गरेसँगै चितवन जिल्ला समन्वयन समितिमा माओवादी केन्द्र र नेपाली कांग्रेसको बहुमत हुँदाहुँदै पनि हार भयो हारसँगै देशको राष्ट्रपति भएको सपना देख्ने प्रचण्ड कांग्रेसबाट धोका भएको सम्झिदै झस्किनु स्वाभाविक नै थियो यस धोकाबाट त उनकै भाषामा भन्नुपर्दा यसपाली त अग्रगामी छलाङ्गनै मारेर यसैको परिणाम हो वामएकता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन् सायद गिरिजा प्रसाद कोइराला पछि नेपालको राजनीति कसैको पछि घुमेको छ भन्ने ति केपी शर्मा ओली नै हुन् चुच्चो मुख बनेर छुच्छो बोल्न माहिर उनि प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी लगाएको थियो र त्यस वेला नझुकेको चिनसँग पारवहन सन्धि गरेको र विकास निर्माणका कार्यहरु अघि बढाएको जस त झन्न लिने कुरै हुँदैनथ्यो ।

एमालेको मजबुत संगठन,रहरलाग्दा भरलाग्दा र डरलाग्दा कार्यकर्ताको परिचालन,ओली प्रधानमन्त्री हुँदा निराश रहेका जनतालाई आशाका किरण प्रदान गर्नु र आफ्नै पनि छवी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा राष्ट्रवादी कित्तामा उभ्याउनुले २०७० मसालको दोस्रो संविधानसभाको निर्वाचनमा दोस्रो भएको पार्टी २०७४ सालको स्थानीय निकायको निर्वाचनमा पहिलो भएको हो तर प्रधानमन्त्री शेरबहादुर देउवाले जिउँदो लास बनाएको नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनमा एमालेले सोचे भन्दा राम्रो परिणाम ल्याउनु,केपी ओलीको हिसाबले सकिनुपर्ने माओवादी तेस्रो स्थानमा आउनु र आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि यहि माओवादी र कांग्रेसको गठबन्धन रहिरहे एमाले अध्यक्ष केपी ओलीलाइ प्रधानमन्त्री हुनबाट रोक्ने देखेपछि यो वाम एकता भएको हो ।

सतहीमा हेर्दा वाम एकता देखेपनि यसमा निजि स्वार्थ प्रष्टै पहिल्याउन सकिन्छ एमाले सचिव योगेश भट्टराईले एक अनलाइनमा दिएको अन्तरबार्ता हेर्ने हो भने सबैकुरा छर्लङ्ग हुन्छ प्रदेश रप्रतिनिधि सभाको निर्वाचनपछि केपी शर्मा ओली प्रधानमन्त्री,प्रचण्ड एमाले अध्यक्ष र माधब कुमार नेपाल रास्ट्रपति बन्ने सहमति भएको छ । साथै दुईतिहाइ ल्याएर संबिधान संसोधन गर्ने र प्रत्यक्ष जनाताद्वारा निर्वाचित कार्यकारी रास्ट्रपतिको व्यवस्था गर्ने र अर्को ५बर्षपछि हुने निर्वाचनमा यस वामपन्थी बाट उम्मेद्वार प्रचण्ड बन्ने भन्ने सहमति भएको बताएका छन् तथा त्यी इतिहास हेर्ने हो भने स्वार्थ हुँदाहुदै पनि राम्रा काम भएका छन् । सुवर्ण शम्सेर राणालाई आफ्नै खेलकले डाँडो कटाउँदा कांग्रेस पार्टीको स्थापना भएको थियो ।

गिरिजाप्रसाद कोइराला प्रथम राष्ट्रपति हुने आशामा देशमा गणतन्त्र आएको थियो त्यस्तै केपी शर्मा ओली प्रधानमन्त्री हुने इच्छाले देशमा संबिधान बनेको थियो । यसका बाबजुत पनि सधै सामाजिक सञ्जाल,रेस्टुरेन्ट र भट्टीहरुमा एक अर्का प्रति बिषबमन गर्ने आफ्ना कट्टर माओवादी र एमालेका आ–आफ्ना कार्यकर्तालाई नेताहरुले कसरी व्यवस्थापन गर्छन् कि कार्यकर्ता आफै बुझक्की भएर एमाले र माओवादी केन्द्रको राम्रो पक्ष खोतल्न थाल्छन भन्ने कुरा हेर्न बाँकी नै छ्र अतः यसका बाबजुत पनि नेपालमा जम्मा २ ओटा पार्टी मात्र हुँदा राम्रो हुन्छ्र जनतामा आशा भरिन सक्छ्र यसको लागि नेपाली कांग्रेसले पनि प्रजातान्त्रिक एकता सुरु गरोस् ।

नेपालको कम्युनिष्ट पार्टीहरु लोकतान्त्रिक अभ्यासमा आइसकेकोले चिन वा उत्तर कोरिया जस्तो रहेनन् अब यसर्थ नयाँ एकीकरण हुने पार्टीको नाम लोकतान्त्रिक कम्युनिष्ट पार्टी नेपाल राख्दा राम्रो होला । साथै बाबुराम र प्रचण्डको खोक्रो र स्त्रबद्लाई भरिलो बनाउँदै बाबुरामको नक्सामा केपी ओलीले रेल कुदाए भने त राम्रै हो नत्र वामपन्थी एकता हात्ती आयो हात्ती आयो फुस्स नहोला भन्न सकिन्नँ ।

554 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv