किन भइरहेको छ सवारी दुर्घटना ?

मङ्लबार, पुस १०, २०७५



सवारी दुर्घटनाको विषयमा अध्ययन गरौ त ? प्राय जसो कम उमेरका चालक,मदिरा,साथमा किशोरीहरू या किशोरीहरू प्रतिको अनावश्यक लगाव प्रतिको चासो रहेकै कारण भएका देखिन्छन ।

केही समय अघि झापाको विर्तामोडमा सडक क्रस गर्दा एक जना मानिसलाई दिवा बसले ठक्कर दियो । उनी सडकको निकै छेउ अर्थात किनार मै थिए । जनकपुरतिरबाट आएको दिवा बसले तीनवटा बसलाई ओफरटेक गर्दै गतिवान भएर आइरहेको थियो । किनारमा बसेको मानिसलाई छोयो मात्रै तर छोइएको मानिस रक्ताम्मे भएर ढले । दुर्घटना भएको स्थल नजिकै  मानिस खासै थिएनन् । वरपर उभिएका सडकका मानिस मुख दर्शक भएर हेरिरहे । प्रहरीले देखेर पनि घटनास्थल पुग्न दस मिनेट लाग्यो ।

प्रहरीले उठाएर नजिकैको अस्पताल वि एण्ड सी लगेर अपर्झट उपचार कक्षमा छिरायो । अस्पतालले खै के के कागजमा सहि गरायो । घाइतेको टाउकोमा निकै गहिरो चोट र रगतश्राप  भएको कुरा थाहा भयो । शल्यक्रिया प्रक्रिया सुरू हुदा र अन्त्य हुदा सम्म कोही  आफन्त त्यहाँ थिएनन् । अस्पताल र प्रहरीको सरसल्लाहमा दुर्घटनामा परेको व्यक्तिको शैल्याक्रिया  भयो ।  लगभग एक डेड घण्टाको समय लगाएर गरेको  शल्यक्रिया  सायद प्रमुख नै भयो होला सामान्य नागरिक भएर हेर्दा त्यो विधि र प्रक्रिया हामीलाई निकै कल्याणकारी लाग्न सक्छ । तर विरामीको अवस्था चिन्ताजनक मात्रै होइन गम्भीर रहेको देखिन्थ्यो । त्यस्तो गम्भीर विरामीलाई आफन्तहरू नभएपनि उपचार हुने कुरा निकै प्रशंसा योग्य देखिन्छ र बुझिन्छ पनि । तर मानिसको जीवन नरहने अवस्थाको कुरालाई परिवार नै नखोजि न समाचारहरू सार्वजनिकिकरण नै नगरि उपचारमा त्यो पनि गम्भीर प्रकृतिको शैल्यक्रिया गर्नु कति न्यायोचित छ भनेर पनि राज्यले  ध्यान दिन जरूरी छ कि जस्तो देखिन्छ ।

मानिस सामाजिक प्राणी हो । मानिससँग जोडिएको नितान्त निजी परिवार र नाता सम्बन्ध पनि हुन्छ । निजि नाता र सम्बन्धहरू भएकै कारण मानिस परिवारीक काम र कर्तव्यबोधसँग जहिल्ले पनि जोडिएको हुन्छ । हाम्रोजस्तो पारिवारिक संरचना र घर परिवार भित्र एउटाले नगद आम्दानी गर्ने र अरू सबैको जिन्सी कामहरूको संयोजनबाट परिवार धान्ने प्रचलन भएको समाजमा घरबाट बाहिर निस्कने व्यक्ति कामसँगै जोडिएर घरबाट निस्किएको हुन्छ । अहिलेको सुचना र प्रविधिले मानिसलाई सम्पर्क नजिक गराइ दिएको पनि छ । अहिले हरेकको हातमा मोबाइल फोन छ । कुनै ठाउँ केही भइहाले अरूले नसके पनि नेपाल प्रहरीले सम्बन्धित व्यक्तिको मोबाइलबाट कसै न कसैलाई सम्पर्क गर्न सजिलै सकिने हुन्छ तर त्यसो नगरि ,उसको प्याग,पर्स,मोबाइल आदीको खोजि नहुनु,नभेट्नु या बेपता पारिनु जस्ता कुराहरू पनि हाम्रा र राज्यको सरोकारको विषय हो होला । तया पनि ध्यान पुगोस् ।

निकै अघि भक्तपुरमा रहेको चाँगुनारायणको मन्दिर शैक्षिक भ्रमण स्थल बनाएर उपत्यकाको एउटा विद्यालयले आफ्ना नानीहरूलाई शैक्षिक भ्रमण लागेको अवस्थामा चाँगुनारायण नपुग्दै दुर्घटना भयो । दुर्घटनामा निकैको ज्यान गयो। कतिपय जिवनभरकालागि अशक्त भए । जीवन र मरनको दोसाँधमा बाँकी जीवन गुजारा गर्ने कुरा कति पिडादायीक होला । एक पटक त्यस यताका सवारी दुर्घटनाको विषयमा अध्ययन गरौ त ? प्राय जसो कम उमेरका चालक,मदिरा,साथमा किशोरीहरू या किशोरीहरू प्रतिको अनावश्यक लगाव प्रतिको चासो रहेकै कारण भएका देखिन्छन । यी र यस्ता क्रियाकलाप किशोरीहरू माथि भएका जघन्य प्रकृतिका हिंसा हुन साथै कानुनले निषेध गरेका सामाजिजिवनसँग जोडिएका व्यवहार जन्य अपराध भइरहेका अपराध कसरी अन्त्य गर्ने र सार्वजनिक यातायातलाई सबैका लागि मैत्रीपूर्ण बनाउने ? स्थानीय ,प्रदेस तथा केन्द्रीय सरकार क कस्ले चासो राख्ने हो सोच्ने बेला आएको छ ।

कतिपय विद्यार्थीहरुको भर्खर विवाह भएको थियो भने कतिपय पढाइ सके पछि सक्न बैबाहिक सम्बन्धमा बाँधिने वाला थिए ।  कतिपयको प्रेमसम्वन्धमा रोमान्चित थिए ।

भर्खरै मात्र दाङ, ७ पुस । तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबेको सनाखत भएको समाचार पढेर मन दुखि बनाएका हामी अब फेरि कहाँ कस्तो दुर्घटना हुने हो र कति मानविय क्षतिको कुरा समाचार बन्ने हो भनेर निकै चिन्तित छौं । यस्ता दुर्घटना कि र कस्का कारणले हुने गर्छन भनेर सम्बन्धित निकायले गहिरिएर कहिले अध्ययन गर्ला अहिले आम सरोकारको विषय बनेको छ । हरेक मानिसले दिनमा सयौं पटक यात्रा गर्नै पर्छ । यसरी यात्रा गर्दा चालकको लापरबाहीको कारण भएको दुर्घटनामा प्रहरी अस्पताल र बस व्यवसायीको मिले मतोमा बाच्न सक्ने विरामी थोरै पैसाको चलखेलमा नहोला भन सकिन्न । यस्तायस्ताहरूको विश्वास गर्ने आधार नभएको देशका हामी जस्ता नागरिकहरू दुर्घटनामा पर्दा अनाहकमा क्षतिपूर्तिको लागि धाउदा धाउदै भएको पुँजी सकिएर परिवारलाई झन पीडा र दुख दिने झन्झटिलो प्रावधानलाई सरल बनाउने उपायहरू हामीले किन बनाउन सकिरहेका छैनौं ? सोचौं र बोलौ पनि !

यश पटकको  बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री,  सहचालक तुलसीपुर उपमहानगरपालिका–१८ का २२ वर्षीय गणेश विक,  लगायत विजया दशमीको टीका थापेर फर्कने क्रममा भएको दुर्घटना होस या विवाह समारोहमा जाँदै गर्दा गाउँ नै सुन्ने हुने गरि भएको दुर्घटना र मानिसको मृत्यु आदी घटनाहरूलाई हामीले बिस्तारै विस्तारै विर्सने गरेका छौ । समाचार बन्दा पढ्ने , सामाजिक सञ्जालमा रिप लेख्ने या समवेदना दिने कुरा मात्रैले कहिँ कतै कुनै दिन आफै त परिदै छैन । एक पटक चिन्तन मनन् गरौ । यस्ता नागरिक सरोकारका विषयमा देखिएको हाम्रो  ” मौनता ” ले बिस्तारै हामीलाई कता लैजादै छ । यो पनि अहिलेको जल्दोबल्दो सरोकारको विषय हो है !

कतिपय विद्यार्थीहरुको भर्खर विवाह भएको थियो भने कतिपय पढाइ सके पछि सक्न बैबाहिक सम्बन्धमा बाँधिने वाला थिए ।  कतिपयको प्रेमसम्वन्धमा रोमान्चित थिए ।हरेक उमेर समूह भित्र नयाँ कुरा या विषय प्रति कौतुहल्ता हुन्छ नै । त्यसभित्र परिवारको लगानी, उनीहरूको व्यक्तित्वको विकास साथै परिवारको आवश्यकता सगैँ पूरा समयको आयु  अर्थात जीवन लिलाका सम्पुर्ण पक्ष गुजारेर मात्रै  जीवन सकियोस् भन्ने हरेक आमाबाबुको कल्पना र सपना हुन्छ नै । दाङको यो दुर्घटनामा मृत्यु हुनेमा जुम्लाका मात्रै ११ जना रहेका छन् । दाङका ६ जना गरी १९ जना पुरुष र ४ जना महिला छन् ।

रोजगारीको ग्यारेन्टी सम्झेरै जुम्ला, डोल्पा जस्ता दुर्गम गाँउका किशोर किशोरीहरु प्राविधिक शिक्षा पढ्न आएका थिए होला । केहि दिन अघि सम्पन्न नेपाल पत्रकार महासंघ दाङको साधरण सभामा सहिद कृष्ण सेन ईच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले प्रभातफेरीमा साथ थिएका थिए । शिक्षालयको युनिफर्ममा सजिएका उनीहरु  अनुशासित , सकृय  र लामबद्ध देखिन्थे ।  आपसी मेलमिलाप र एकदेखि अर्कोसँग मुस्कान साटासाट गरेका निकै लोभलाग्दा  दृश्यहरू सहितको तस्विर हामीले दुर्घटनामा पछि देख्न पायौं । त्यो तस्वीर सहितको समाचारले को रोएन होला र ?

दाङकी पत्रकार रिता लामाले फेसबुकमा आफूले त्यतिबेला खिचेका तस्वीर सार्वजनिक गर्दै लेख्छिन्– ‘दुर्घटनामा को–को पर्नुभयो ? को पर्नुभएन ? थाहा पाउन सकिन तर मेरो क्यामेराले कैद गरेको यो तस्विर भनेर एउटा सामुहिक तस्विर पनि सियर गरेकी रहिछन् । मैले  त त्यो समाचार पुरै अझै पढ्न सकेकी छछैनभने परिवार र गाँउतिर के अवस्था होला ।

समाचार सुनेर गृहमन्त्री रामबहादुर थापा (वादल) ले फेसबुकमार्फत गहिरो दुख व्यक्त गर्दै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।अपरान्ह् राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न दलका नेता तथा मन्त्रीहरुले शोक व्यक्त गरे । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको पहलमा १२ जना घाईतेहरुलाई हेलिकाप्टर मगाएर काठमाडौं पनि ल्याइयो ।

त्यसै समयको आसपासमा दाङमा एक हप्ताभित्रै तीन सवारी दुर्घटना भएका छन । केहि दिनअघि मात्र जन्ती चढेको स्कारयियो गाडी दुर्घटना हुँदा बाँके सम्शेरगञ्जका बेहुलाको आमाबाबुसहित ६ जनाको ज्यान गएको  समाचार पनि हामीले तुरुन्तै पढौं तर यसरी हुने सवारी दुर्घटना र परिवारिकरूपमा पर्ने पसडाका बारेमा पनि अब सोच्ने कि सरकार ?

व्यवसाय गर्ने नाममा खरीद गरिएका सबै सार्वजनिक यातायातको अवस्थाको जाँच सवारी साधनको अवस्था , कर्मचारीको स्वास्थ्य अवस्था तथा सामाजिकआर्थिक साथै पारिवारिक सम्बन्धको बारेमा र चालक सह चालकको दैनिक कार्य समय तालिका , सवारी साधन गुडेको समय र गतिको तालिका आदिका विषयमा पनि राज्यले नियमित चासो लिने गरे हामी सबैले दुर्घटनाबाट जीवन गुमाउनु पर्दैनथियो की ?

ओझा महिला अध्ययन केन्द्रका अध्यक्ष  हुन

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata