पहिरोले भाँचियो लार्चा पुल, तातोपानीसँगको सडक सम्बन्ध विच्छेद

सोमवार, साउन ९, २०७४

आइतबार बेलुका आएको पहिरोले सिन्धुपाल्चोकस्थित  भोटेकोशी नदीको  लार्चाको पुल भाँचिएको छ । पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ ।

फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भाँचेको हो ।पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पुल भाँचिएपछि तातोपानी र बाह्रबिसेबीचको सम्बन्ध बिच्छेद भएको छ ।यो पुल २ वर्षअघि मात्रै चिनियाँ सरकारको सहयोगमा निर्माण भएको थियो ।

418 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank