एउटै घरमा १ सय ८१ जना मानिस परिवार

शुक्रबार, मंसिर १७, २०७३

loading...


एउटा घरमा चारपाँच जना मानिस बस्दा अनेक समस्या उत्पन्न  हुने गर्छ । एउटै घरमा १५- २० बसेको सुन्दा धेरैले जिब्रो टोक्ने गर्छन । कसरी व्यवस्थापन भएको होला ? सुन्ने वित्तिकै आश्चर्य मान्ने गरिन्छ । एउटै घरमा १ सय ८१ जना मानिस बस्छन् भनेको सुन्दा झनै आश्चर्य लाग्न सक्छ । तर, भारतको मिजोरममा साँच्चिकै एउटा यस्तो घर छ ।

मिजोरमको बख्तवाङ गाउँमा रहेको यो घरका मालिक हुन्, डेड जिओना । अरू मानिस भाडामा बस्न आएर उनको घरमा बस्ने मानिसको संख्या बढेको होइन । उनको परिवार नै यति ठूलो छ ।

उनका ३९ जना श्रीमती, ९४ जना छोराछोरी, १४ जना बुहारी र ३३ जना नातिनातिना छन् । कुल गरेर उनको घरमा १ सय ८१ सदस्य छन् । घरका सबै सदस्य एउटै घरमा बस्छन् ।

जिओनाले १७ वर्षको उमरमा पहिलोपटक बिहे गरेका थिए । त्यसपछि बिहे गर्ने क्रमलाई उनले वर्षौंसम्म जारी राखे । अन्ततः आफ्नो परिवारलाई यति ठूलो बनाए । अहिले उनी ६७ वर्षका भए । ‘यो परिवारले एक दिनमा ३० किलो कुखुराको मासु, ६० किलो आलु र सय किलो चामल खाने गरेको छ,’ समाचारमा भनिएको छ ।

1273 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank