सुरुङमार्ग जस्तो रुखको फेदभित्रैबाट गुड्थ्यो गाडी

मङ्लबार, पुस २६, २०७३

loading...


के रुखभित्रैबाट गाडी छिर्छ ? यसो भन्दा पत्याउन गाह्रो हुन्छ । हो, अमेरिकाको क्यालिफोर्नियामा रहेको यस्तो भीमकायी रुख, जसले थुप्रै विशेषता बोकेको थियो । यो अमेरिकाको सबैभन्दा चर्चित र एक हजार वर्ष पुरानो रुख थियो । यो रुख अब इतिहासमा सीमित बन्ने छ । क्यालिफोर्नियामा आएको भीषण आँधीले यो आकर्षक रुख ढालिदिएको छ ।

यो रुखको विशेषता नै थियो कि यसको फेदमा एउटा सुरुङ थियो । जहाँबाट कार सजिलै पास गराउन सकिन्थ्यो । १३७ वर्ष पहिले नै यस रुखको भित्रबाट रोड बनाइएको थियो । लामो समयदेखि पर्यटक तथा अमेरिकीको आकर्षणको केन्द्र थियो यो ।

391 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv