फेसबुकले भेट्टाइदियो १५० बर्ष पुरानो विवाहको जोडा

आइतवार, चैत्र ६, २०७३

loading...


 विवाहमा  आफ्नो घरपक्षबाट र माइतीपक्षबाट किनीदिएको लुगा मानिसहरु साँचेर राख्ने गर्छन । यस्ता कपडाहरुलाई चिनोको रुपमा समेत हेरिन्छ । कयौंको परिवारमा भने विवाहमा खान्दानी कपडा लगाउने चलन हुन्छ जसलाई कयौ पुस्तादेखि नै प्रयोगमा ल्याउदा ल्याउदै परम्परा नै बनिसकेको हुन्छ । यस्तै महत्वपूर्ण  विवाहमा लगाएको जोडा हराएर स्कटल्यान्डको मोरहामकी ३० बर्षीय युवती विलखवन्दमा परेकी थिइन । तर, आधुनिक युगको प्रविधी अर्थात सामाजिक सञ्जालले उनलाई धेरै राहत पुराएको खवर छ । टीस नेवल नाम गरेकी ती युवतीको विवाह ३० जुन २०१६ मा विवाह भएको थियो । यिनले करिव १५० बर्ष पुरानो खानदानी गाउन लगाएकी थिइन् । जसलाई उनका पूर्वजहरुले सम्हालेर राखेका थिए ।

उनको पारिवारिक रिती रिवाज अनुसार उनले पनि यो गाउन लगाएर विवाहको परम्परा निभाएकी थिइन । तर दुर्भाग्यवश त्यो गाउन धुनका लागि लौन्ड्रीमा दिदा हरायो । त्यसपछि उनले चिन्तीत हुदै आफ्नो यी सब कुरा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन । उनको यो पोष्ट करिव २ लाख भन्दा बढीले शेयर गरेर अन्तिममा उनको त्यो गाउन पत्ता लाग्यो सामाजिक सन्जाल प्रयोगकर्ताले नै फिर्ता ल्याइदिए ।

661 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank