स्वाजिल्याण्डका राजाले किन वद्ले आफ्नो देशको नाम ?

शुक्रबार, बैशाख ७, २०७५

loading...


काठमाडौं । यो दुनियामा धेरै कम त्यस्ता व्यक्ति छन् जो आफ्नो देशको नाम बदल्नसक्छन् । यस्तै उउटा नाम हो राजा मस्वाती । अफ्रीकाको अन्तिम साम्राज्य स्वाजिल्याण्डका राजा मस्वाती तृतीयले बुधवार आफ्नो देशको नाम परिवर्तन गरेर ‘द किंगडम अफ इस्वातिनी’ राख्ने घोषणा गरेका छन् । देश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा राजाले यसको आधिकारिक घोषणा गरेका हुन् ।

swaziland

यो परिवर्तन अप्रत्याशित थियो, तर राजा मस्वाती वर्षौं देखि स्वाजिल्याण्डको इस्वातिनी भन्दै आएका थिए । सन् २०१७ मा संयुक्त राष्ट्रमा सम्बोधन गर्दा र सन् २०१४ मा देशको संसदको उद्घाटना गर्दाको समयमा उनले यो नाम प्रयोग गरेका थिए । देशको नाम परिवर्तन हुनाले केही व्यक्तिहरु रिसाएका छन् । स्वाजिल्याण्ड स्थित बीबीसी संवाददाता नोम्स मसेकोले भने, ‘यो घोषणा ले रुष्ट भएकाहरु उनीहरुका राजाको ध्यान देशको सुस्त अर्थव्यवस्था ठीक गर्नमा लागे हुन्थ्यो ।’

सोभूज़ा द्वितियका छोरा राजा मस्वातीका १५ श्रीमति छन् । आधिकारिक रूपमा उनको बायोग्राफी लेख्लेहरुका अनुसार उनका पिताले ८२ वर्ष सम्म शासन गरेका थिए । यो समयमा उनका १२५ श्रीमति थिए ।

swaziland 2

त्यहाँका मानिसहरु राजालाई ‘सिंह’ भनेर बोलाउँछन् । उनी धेरै श्रीमति राख्ने र आफ्नो पारंपरिक संस्कारको लागि चिनिन्छन् ।

बीबीसी हिन्दीबाट

952 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank