यस्ती छन्, संसारकै सुन्दरी महिला प्रहरी, जसको हातबाट पक्रउा हुन्छ हानथाप

शुक्रबार, पुस ८, २०७३



एजेन्सी । दुनियाँमा को मूर्ख होला, जसले आपूmलाई कुनै प्रहरीले पक्रियोस् भन्ने चाहन्छ । तर जर्मनीका मानिसहरु भने एक जना प्रहरी अधिकारीको हातबाट आफूलाई पक्राउन चाहन्छन् । भलै नपक्रिउन । कम्तीमा ती प्रहरीले आपूmलाई नजर त लगाइदिउन् भन्ने ठान्छन् ।

हो, जर्मनीकी वरिष्ठ प्रहरी आयुक्त एड्रिएन कोलेसजर यस्ती महिला प्रहरी छन्,  जसको हातबाट आपूmलाई पक्राउनका लागि अपराधीहरुबीच पनि हानथाप हुन्छ । कोलेसजरको सुन्दरतामा पुरुष अपराधीहरु समेत यति धेरै नतमस्तक छन् कि उनको हातबाट पक्रिइने सपना देख्छन् ।

sexiest-police-1024x576

कतिपय सर्वसाधारण तथा जिन्दगीमा कहिल्यै अपराध नगर्नेहरुले पनि सानोतिनो गल्ती गरेर उनको हातबाट पक्रिने निहुँ खोज्दछन् । उनी ड्युटीमा खटिएको ठाउँमा कतिले नियम विपरित जानाजान तीव्र गतिमा गाडी चलाउने, कतै गाडी ठोक्काइदिने जस्ता काम गर्दछन् ताकि सो अभियोगमा ती महिला प्रहरीले उनीहरुलाई पक्रिउन् ।

पदले वरिष्ठ अधिकृत भए पनि कोलेसजरको उमेर जम्मा ३१ बर्षको छ । उनका सुन्दर तस्वीरहरु इन्स्टाग्राममा निकै चर्चित छन् । उनले दैनिकजसो आफ्नो तन्दुरुस्त तथा फिट जिउडालका फोटा इन्स्टाग्राममा अपलोड गर्छिन् । सोसल मिडियामा उनका एक लाखभन्दा धेरै फलोअर्स छन् ।

police3

यी ३१ बर्षे सुन्दरी प्रहरीका २८ वर्षे ब्वायफ्रेण्ड पनि छन् र उनले ब्वायफ्रेण्डलाई भरपूर समय दिन्छिन् । जिमखानामा नियमित रुपमा धाउने उनले आफ्नो ढाड र हिपको स्वास्थ्यमा विशेष ख्याल गर्छिन् ।

316 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung right sport adv cement health right side Samsung health right side DDC health right  adv