मोरङमा अपत्यारिलो घटना, अटोरिक्सा चालकले यौन सन्तुष्टि नदिएपछि

मङ्लबार, माघ २५, २०७३

loading...

मोरङको बेलबारीमा एक साताअघि भएको एउटा घटनाले यौनमा सन्तुष्टि नहुँदा महिलाहरुले के सम्म गर्दैनन भन्ने कुराको पुष्टि गरेको छ । आफनो यौनइच्छा पुरा नगरेको र आफुले भनेको बेलामा आफुसँग सम्पर्क नगरेको भन्दै एक अधबैशे महिलाले उनका पुर्बप्रेमीको लिंग काटेर हत्या मात्र गरिनन,उनको लिंग छिनलेर कुकुरलाई खुवाएकी छिन । लाहुरेकी श्रीमती समेत रहेकी ४५ बर्षीय ती महिलाले उनका पुर्बप्रेमी अटोरिक्सा चालकको यसरी निर्ममतापुर्बक हत्या गरिन की जुन सुन्दा समेत आङ सिरिङग हुन्छ । एक साताअघि पानीमा डुबेको अबस्थामा एक ब्यत्तिको शव फेला पर्यो । जुन शव सडेगलेका कारण चिनिने अबस्थामा थिएन । प्रहरीले शव डिएनएका लागी धरान पठायो ।

केही दिनपछि मदिरा सेवन गरेका एक स्थानीय युवाले आफना हितैसी मार्फत घटनाको पोल खोले र अनुसन्धानका लागी प्रहरीले ती युवा र महिलालाई नियन्त्रणमा लियो । प्रारम्भिक अनुसन्धान बाट खुल्यो की पोल खोल्ने युवा हालका महिलाका प्रेमी रहेछन । उनीहरु दुईजना मिलेर पुर्वप्रेमीको हत्या गरेका रहेछन ।

घटना बिवरण अनुसार मृतक सँग लामो समयदेखि सम्बन्धमा रहेकी ति महिलाले आफुले चाहेको बेला यौनसम्पर्क गर्न नपाएको झोँकमा नयाँ प्रेमी बनाएको र पछिल्लो समय पुरानो प्रेमी तगारो बनेपछि उनलाई सुनियोजित रुपमा बोलाएर मादक पदार्थ सेवन गरी खुकुरी प्रहार गरी हत्या गरिएको र उनको लिंग समेत काटेर कुकुरलाई ख्वाएको खुलेको छ ।

उनीहरुबारे अनुसन्धान जारी रहेका कारण यनीहरुको नाम भने प्रहरीले सार्बजनिक गरेको छैन । अनुसन्धानमा असर नपरोस भन्ने हेतुका साथ उनीहरुको नाम समेत गोप्य राखिएको छ । पूर्वेलीन्युजबाट

5669 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank