१८ वर्षीया युवतीले कुमारीत्व बेचेको बताएपछि बुवा-आमाले….

शुक्रबार, चैत्र १८, २०७३

loading...


रोमानियाकी एक १८ वर्षीया युवतीले आफ्नो कुमारीत्व करिब २६ करोड रुपैयाँ (२० लाख पाउन्ड स्ट्रलिङ)मा बेचेको बताएपछि उनको बाबु–आमाले चार महिनाका लागि घर फर्कन प्रतिबन्ध लगाएका छन् ।  बाबुआमाले त्यस्तो नगर्न दिएको धम्कीको बाबजुद् एलेएक्जान्ड्रा खेफेरेन नाम गरेकी ती युवतीले हङकङका एक व्यापारीलाई आफ्नो कुमारीत्व बेचेको बताएकी छन् ।

डेलीमेल अनलाइनकाअनुसार उनले गत वर्ष बाबुआमाको धम्कीको बाबजुद् आफ्नो कुमारीत्व लिलामीका लागि आह्वान गरेकी थिइन् ।

रोमानियाको बुचारेस्टका स्थायी वासिन्दा खेफेरेन निकै महत्वाकांक्षी मोडलकोरुपमा परिचित छन् ।  उनले आफूले एउटा होटल भाडामा लिएर व्यापारीको सम्पर्कमा आएपछि जर्मनीको एक एजेन्सी ‘सिंड्रेला एस्कोर्ट्स’ माध्यमबाट आफ्नो कुमारीत्व लिलाम गरेकी बताएकी छन् ।

उनले बताएअनुसार ‘सिंड्रेला एस्कोर्ट्स’ले मध्यस्तता गरेबापत २० प्रतिशत रकम लिनेछ । उनले ‘द स्टार’ म्यागजिनलाइ भनेकी छन्–‘म सिंड्रेला एस्कोर्ट्समार्फत् आफ्नो कुमारीत्व बेच्न चाहान्थें, नत्र भविष्यमा कुनै साथीलाई त्यसै कुमारीत्व दिनुपथ्र्यो । र, मलाई के लाग्छ भने मैले भेटेको अन्य केटीहरुको पनि यस्तै धारणा छ ।’

उनले भनेकी छन्–‘मैले पहिल्यै भनिसकेकी थिएँ, म त्यसको लागि आफ्नो कुमारीत्व लिलाम गर्न चाहान्छmु जसले २० लाख पाउन्ड स्ट्रलिङ तिर्नसक्छ । तर, मसँग सम्झौता भएको व्यापारी मिलनसार छ । व्यापारी र सिंड्रेला एस्कोर्ट्सका कर्मचारीहरु दुबैसँग भेटेपछि हामीबीच भएको सम्झौताअनुसार म आफ्नो कुमारीत्व सुम्पिनेछु ।’

सिंड्रेला एस्कोर्ट्सले यसबारे बताउँदै छिट्टै दुबै जोडीबीचको भेट जर्मनीमै हुने उल्लेख गरेको छ । एस्कोर्ट्सले बताएअनुसार अहिले ३०० युवतीहरु आफ्नो कुमारीत्व लिलाम गर्न राजी भएपनि खेफेरेनलेमात्रै सार्वजनिक हुन चाहेकोले कम्पनीले उनकोबारेमा सार्वजनिक गरेको उल्लेख गरेको छ ।

खेफेरेनले चर्चित टेलिभिजन कार्यक्रम ‘द मनिङ शो’मार्फत् यसबारे सार्वजनिक गरेकी थिइन् । कार्यक्रमका प्रस्तोता विलोबी र फिलिप शेफिल्ड चकित भएका थिए । साथै, कैयौं दर्शकहरुले खेफेरेनलाई घृणासमेत गरेका थिए । तर, यस विषयमा आमा–बाबुलाई जानकारी नदिएको बताएकी थिइन् ।

डेलीमेल अनलाइनले उनको घर पुगेर बुझ्दा उनका बाबु प्रहरी रहेको पत्ता लागेपछि उनको छोरीको घोषणाबारे आधिकारिकता पुष्टि गर्न खोज्दा थाहा नभएको भन्दै छोरीलाई त्यस्तो नगर्न धम्कीसमेत दिएका थिए ।

उनले आफ्नो कुमारीत्व लिलामी गरेपनि आफू यौनकर्मी नभएको बताएकी छन् । उनको कमारीत्वको पहिलो रकम सिंड्रेला एस्कोर्ट्सले सुरुमा १० लाख लाख पाउन्डको प्रस्ताव गरेको र उनले यो प्रस्ताव नमानेपछि रकम दोब्बर गरिएको एस्कोर्ट्सले उल्लेख गरेको छ ।

उनका बाबु–आमाले छोरीको निर्णयले दुखी बनाएको बताएका छन् । उनीहरुले आफ्नो छोरीलाई कम्तीमा पनि चार महिना घर नर्फकन भनेका छन् । (एजेन्सी)

1446 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank