रुबीको सानो भूूलले पर्योे यस्तो फसाद्

शनिबार, पुस २३, २०७३

loading...


भूलबस निमन्त्रणा फेसबुकमा हालेपछि एक युवतीलाई जन्म दिनमा भ्याइ नभ्याइ परेको छ । उनको त्यो फेसबुके निमन्त्रण भाइरल बन्न पुगेर दिवाभोजमा करिव ३० हजारको उपस्थिति भएको थियो । गत डिसेम्वर २६ मा ला जोया गाउँमा सम्पन्न भएको मेक्सिकन युवती रुबी इबारा गार्सियाको जन्मदिनको भोजमा फेसबुककै गलत पोष्टका कारण यतिधेरै मानिस उपस्थित भएका हुन् ।

भोजमा चलचित्र अभिनेता गार्सियाले सबैलाई हसाए भने गायक एन्तोनियो लोपेजले भने शुभकामना गीत सुनाएका थिए ।उनको जन्मदिनको भोजमा यतिधेरै मानिस संलग्न हुने भएपछि बिमानसेवा कम्पनीले नै ला जोया पुग्नका लागि ३० प्रतिशत छुटको समेत व्यवस्था गरेको थियो । वास्तवमा उनले आफ्नो जन्मदिनको भोजमा आफ्ना छिमेकी र आफन्तलाई मात्र बोलाउन चाहेकी थिइन् । भूलबस उनको निमन्त्रणा फेसबुकमा पोष्ट भएपछि उनलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।

481 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv