अमेरिकामा महिलाले गरिन् पुरुषको बलात्कार

सोमवार, माघ १०, २०७३

loading...


पुरुषले महिलालाई बलत्कार गरेको घटना त बारम्बार सुनिन्छ, तर अब महिलाले पनि पुरुषलाई बलत्कार गर्न थालेका छन् ।
यो घटना अमेरिकाको मिचिगनमा भएको हो । एउटी १७ वर्षकी किशोरीले आफूभन्दा जेठो पुरुषलाई चक्कु देखाएर बलत्कार गरेकी छन् । बलत्कारी लेस्टिना मारी स्मिथलाई प्रहरीले पक्राउ गरेको छ र उनले बाँकी जीवन खोरभित्र बिताउनुपर्ने हुन सक्छ । उनीमाथि पहिलो डिग्रीको यौनजन्य महापराध गरेको अभियोग लगाइएको छ ।

अमेरिकामा सबैभन्दा गम्भीर अपराधलाई पहिलो डिग्रीभित्र राखिन्छ र उनीहरुले सबैभन्दा कठोर सजाय भोग्नुपर्छ । गत ११ जनवरीका दिन लेस्टिनाले सागिनउ टाउनसिपमा एक १९ वर्षका पुरुषमाथि बलत्कार गरेकी थिइन् । यौनजन्य विषय भएकाले पीडित पुरुषको नाम गोप्य राखिएको छ ।

प्रहरीका अनुसार लेस्टिनाले चक्कु देखाएर आफूसँग मुखमैथुन र सम्भोग गर्न पुरुषलाई बाध्य पारेकी थिइन् । प्रहरीले घटनाको बारेमा थप विवरण खुलाएको छैन । लेस्टिनालाई हतकडीबिना सागिनउ काउन्टी जेलमा राखिएको छ । उनलाई ३ फेब्रुअरीमा सम्भावित सुनवाईका लागि अदालतमा उपस्थित गराइने छ । उनीमाथिको पहिलो डिग्रीको महाअपराध प्रमाणित भएमा बाँकी बाँकी जीवन उनले जेलभित्रै कटाउनुपर्ने हुन्छ ।

अचम्मको कुरा के छ भने सामाजिक सञ्जालमा धेरैले लेस्टिनाप्रति सहानुभूति व्यक्त गरेका छन् । परिवार र नजिकका साथीहरुले पनि सानै उमेर भएकाले उनलाई माफी दिनुपर्ने माग गरिरहेका छन् । तर अमेरिकी कानुनअनुसार उनलाई दण्डित गर्न उमेरले फरक पर्दैन ।

1696 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank