२४ वर्षिय युवतीको यस्तो खुलासा, ‘दिनमै ३० जनाले बलात्कार गर्थे’

बुधबार, माघ १७, २०७४

loading...


एजेन्सी । २०१५ मा मानव तस्करहरुसँग फसेकी यी २४ बर्षीय युवतीले संसारलाई नै अचम्मित बनाउने घटनाको खुलाशा गरेकी थिइन् । मेक्सिकोकी कार्ला जैसिन्टोका अनुसार, उनलाई ४ बर्षमा ४३ हजार पटक बलात्कार भएको थियो । उनले ४ बर्षसम्म हरेक दिन ३० जना पुरुषबाट बलात्कृत हुनुपरेको थियो । जुन खबर विश्वभरीका मिडियाहरुले सार्वजनिक गरेका थिए ।

२४ बर्षकी मेक्सिकन युवति कार्लालाई २००८ मा एक एन्टी ट्राफिकिंग अपरेशनमा प्रस्टिट्यूशनबाट निकालिएको थियो । केहि समयपछी उनले आफुमाथि भएको दर्दनाक स्थितिको खुलाशा गर्दै भनिन्, ‘४ बर्षसम्म हरेक दिन कम्तिमा पनि ३० जनाले बलात्कार गर्थे मलाई ।’

एउटा टेलीभिजनलाई आफ्नो नारकीय स्थितिको बिषयमा बोल्दै कार्लाले भनेकी थिइन् कि ‘१२ देखि १६ बर्षको उमेरमा म ४३ हजार पटक बलात्कृत बनें । यति मात्र नभई मलाई दैनिक कम्तिमा ३० पुरुषसँग सुत्नुपर्थ्यो’ । यस्तो अवस्थामा उनि जब रुन्थिन तब उनलाई प्रयोग गर्नेहरु हास्ने गर्थे ।

कार्लाको अनुसार १२ वर्षमै उनि आफ्नो परिवारकै कारण पहिलो पटक बलात्कारको सिकार बनिन्, त्यसपछी उनको जीवन नर्कमा धकेलियो । कार्लाका अनुसार मेक्सिकोमा हरेक बर्ष २० हजार महिला मानव तस्करको फन्दामा पर्ने गर्छन ।

nagarik

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank