जहाँ महिलाहरुको शासन चल्छ, दास जस्तै पुरुषहरु

शनिबार, पुस ९, २०७३

loading...


अदर वल्र्ड किंगडम । भनिन्छ, विश्वमै महिलामाथि पुरुषहरुले शासन गर्छन् । शारीरिक रुपमा कमजोर हुने हुनाले पनि महिलामाथि पुरुषहरुले शासन गर्ने गरेको भन्ने गरिन्छ । पुरुषहरुले शासन गर्ने हुनाले त्यस्तो समाजलाई पितृसतात्मक पनि भनिन्छ ।

तर विश्वमा एउटा यस्तो देश छ, जहाँ महिलाहरुको शासन चल्छ । पुरुषहरु महिलाका अगाडि दास जस्तै जीवन जिउन बाध्य छन् । पुरुषहरु जीवनभर महिलाको गुलामी गर्न बाध्य छन् यो देशमा । यो देशको नाम हो, अदर वल्र्ड किंगडम । सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको हो यो देश । यद्यपि यो देशले अहिलेसम्म स्वतन्त्र राष्ट्रको मान्यता भने पाएको छैन ।

यो देशमा अहिले रानी प्याट्रिसिया प्रथमको एकछत्र शासन छ । उनको अनुमति र चाहनाबेगर यो देशमा केही काम पनि सम्भव छैन । यहाँ महिलालाई एक नम्बर नागरिकको दर्जा दिइएको छ । पुरुषहरु त केवल महिलाका दास हुन्छन् । महिलाको अनुमति विना पुरुषहरुले कुनै पनि काम गर्न पाउँदैनन् । कानून पालना नगर्ने पुरुषहरुमाथि सख्त सजायँ हुन्छ ।

458 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv