जड्याहाको रगत पिउदाँ लामखुट्टेलाई पनि रक्सी लाग्छ ?

‘ओ समूह’को मानिसलाई लामखुट्टेले तोक्ने सम्भावना दुई गुणा

मङ्लबार, चैत्र १२, २०७५

loading...

- स्टेफन डार्लिङ



बीबीसी । केही वर्ष अघि मैले डेनमार्कमा एक विन्टेज(पुराना) कार र्यालीमा भाग लिएँ । मेरो लागि यो एक सम्झना लायक प्रतियोगिता थियो । हुनत त्यो भिन्टेज कार र्याली थियो तर त्यसमा कारभन्दा बढी जोड फ्यान्सी पहिरनमा थियो । विन्टेज कार र्याली ‘मान’ नामक एक द्वीपमा भएको थियो ।

र्यालीपछि ढिलोसम्म भएको नाचगान र रमाइलोपछि सुत्ने बेला आयो । गर्मीको दिन भएकाले मैले खुल्ला आकाश मुनि एक बेन्चमा सुत्ने विचार गरे । त्यो निर्णय मेरो जिन्दगीको सबैभन्दा ठूलो गल्ति सावित भयो । त्यो रात मलाई तीनवटा एकदमै नयाँ कुराहरु थाहा भयो । पहिलो कुरा गर्मीको समयमा डेनमार्कमा निक्कै धेरै लामखुट्टे लाग्ने रहेछ । दोस्रो कुरा लामखुट्टे यति भयंकर हुँदा रहेछन् कि तिनले कम्बल र कपडामाथिबाट पनि टोक्ने रहेछन् । तेस्रो कुरा यदि तपाईले रक्सी पिउनु भएको छ भने तपाईले लामखुट्टेलाई आकर्षित गरिरहनु भएको हुन्छ ।  त्यो रात लामखुट्टेको शिकार बनेपछि जब म विहान उठें तब मेरो हालत खराब थियो । पूरा शरीर दुखेको थियो ।

रक्सी खाएकाहरु प्रति लामखुट्टे आकर्षित हुने कुरा बारेमा मैले केही खोज गरें । अमेरिकाको ‘जर्नल अफ मस्क्वीटो कन्ट्रोल एसोसिएशन’ले सन् २००२ मा जारी गरेको एक रिपोर्टले बताएको छ । त्यसमा रक्सी पिउनेहरु लामखेट्टेको शिकार हुने सम्भावना बढ्ने उल्लेख गरेको छ ।

लामखुट्टे रक्सीलाई कसरी पहिचान गर्छन् ?

धेरै कुरा थाहा नभएको भए पनि लामखुट्टेले मानिसको उपस्थिति दुई रसायनबाट थाहा पाउने बताएका छन् । पहिलो रसायन त कार्बन डाई–अक्साइड हो, जुन हामी सास फेर्ने बेला निकाल्छौं । दोस्रो हो ओक्टोनल । यसलाई ‘च्याउ अल्कोहल’ पनि भनिन्छ । च्याउको स्वाद यहि रसायनको कारण आउने भएकाले यस्को यस्तो नाम रहेको हो ।

हाम्रो शरीरमा भने यो रसायन रक्सी पिएपछि बन्छ ।  यो सँग अर्को प्रश्न उठ्छ । के जड्याहाको रगत पिउँदा लामखुट्टेलाई पनि रक्सी लाग्छ ?

जड्याहाको रगत पिउदाँ लामखुट्टेलाई पनि रक्सी लाग्छ ?

लाखौं वर्षदेखि लामखुट्टेले मानिसको रगत चुसिरहेका छ । तर रक्सी खाएको मानिसको रगत खाएका लामखुट्टेलाई नसा लाग्ने नलाग्ने भन्ने बारेमा निक्कै कम अनुसन्धान भएको छ ।  फिलाडेल्फियाको पेन्सिल्भेनिया विश्वविद्यालयकी लामखुट्टे विज्ञ तान्या ड्याप्की यसबारे भन्छिन्, ‘जड्याहाको रगत पिउँदा लामखुट्टेलाई पनि नसा लाग्छ भन्ने मलाई लाग्दैन । किनकि रगतमा अल्कोहलको मात्रा त्यति धेरै हुँदैन ।’

त्यस अतिरिक्त किराहरुले रक्सी र अन्य रसायनलाई पचाउन सक्ने क्षमता हुन्छ ।

 लामखुट्टेको शरीरमा रक्सी पसेपछि के हुन्छ ?

अमेरिकाको नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीकी प्रध्यापक कोबी स्केलले १० पेग रक्सी खाँदा रगतमा ०.२ प्रतिशत अल्कोहल पुग्ने बताइन् । झन् सो व्यक्तिलाई टोक्दा लामखुट्टेले झन् कम रक्सी सोस्ने गर्छ । यसले तिनलाई त्यति असर गर्दैन ।

अर्कोतर्फ लामखुट्टेको पाचन प्रणाली पनि विशेष हुन्छ । तिनको पेटमा रगतबाहेक अरु कुनै चीज गएमा त्यो अर्कै स्थानमा गएर जम्मा हुन्छ । त्यसपछि लामखुट्टेको शरीरको इन्जाइमले तिनलाई थप तोडफोड गर्छन् ।

यी इन्जाइम्सले लामखुट्टेको शरीरमा गएका रक्सीलाई उपयोगी रसायनमा बदल्दिन्छ । यसले गर्दा रक्सीले लामखुट्टेको दिमागमा त्यति असर हुँदैन ।  लण्डनको ‘नेचुरल हिस्ट्री म्यूजियम’को निगरानी गर्ने एरिका म्याकएलिस्टर भन्छिन्, ‘धेरै किराहरुमा खराब रसायनलाई आफ्नो खानाबाट अगल गर्ने खुबी हुन्छ । अलग गरिएका रसायनलाई तिनको शरीरले सुस्त सुस्त बाहिर निकाल्छन् । उनीहरुले अल्कोहलदेखि लिएर नोक्सान पुर्याउने जिवाणुसम्मलाई इन्जाइम्सबाट पचाउँछन् ।’

एरिकाले किराहरु बारेमा ‘द सेकेण्ड लाइफ अफ फ्लाइज’ भन्ने एक किताब पनि लेखेकी छिन् । उनले सामान्य झिँगा र मौरीहरुमा पनि यो खुबी हुने बताइन् । मौरीले सडिरहेको फलको रस चुस्दा अल्कोहल निल्छ । सड्ने दौरान फलहरुमा अल्कोहल बन्ने गर्छ ।

एरिका भन्छिन्, ‘मलाई लामखुट्टेलाई रक्सी लाग्ने कुरा त थाहा छैन तर मौरी भने अल्कोहलको नशाको शिकार हुन्छन् । त्यो दौरान उसको स्वभाव बदलिन्छ । उसले आफ्नो साथी चुन्न ख्याल गर्दैन ।’

लामखुट्टे पनि सड्ने फलबाट रस चुस्न मन पराउँछ । पोथी लामखुट्टे मात्र रगत पिउने गर्छ किनकि उसको अण्डालाई चाहिने प्रोटिन रगतबाट पुरा हुन्छ । तर भाले अथवा पोथी दुवै लामखुट्टे उर्जाको लागि फलफूलको रस पिउँछन् ।

तान्या भन्छिन्, ‘जँड्हाया मानिसतर्फ लामखुट्टे आकर्षित हुने कुरा अनुसन्धानदाताहरुको लागि पनि रोचक कुरा हो ।’, तान्या भन्छिन् ।

खास जीनतर्फ आकर्षित हुन्छ लामखुट्टे

धेरैजसो मािसनहरुको जीनमै यस्तो केही हुन्छ जसले लामखुट्टेलाई तिनलाई ज्यादा आकर्षित गर्छ । संसारको कुल जनसंख्यामा पाँचमा एक हिस्साको जीनतर्फ लामखुट्टे आकर्षित हुन्छ ।  यसमा एक कारण हो– रगत समूह । कुनै अर्को रगत समूहको तुलनामा ‘ओ समूह’को मानिसलाई लामखुट्टेले तोक्ने सम्भावना दुई गुणा हुन्छ । शरीरको तापक्रम बढी हुँदा पनि लामखुट्टे तानिदैं आउछ ।

गर्भवती महिलाहरुलाई पनि लामखुट्टेले बढी टोक्छ । जो मानिसहरु अक्सर गहिरो सास फेर्छन् तिनलाई पनि लामखुट्टेले बढी टोक्छन् । उनीहरुले बढी कार्बनडाईअक्साइड छाड्छन् । यसले गर्दा लामखुट्टेहरु मानिसतर्फ तानिन्छन् ।

लामखुट्टेले अलग प्रजातिका प्राणीको शरीरको अलग भागलाई निशाना बनाउँछ । केहीको लामखुट्टेले खुट्टा र पञ्जामा टोक्छन् । केहीको गर्दन र अनुहारमा आक्रमण गर्छ ।

रक्सीबाट निस्कने एथोनले पनि यसै खालका लामखुट्टेलाई हामीहरुतर्फ आकर्षित गर्छ । जब हामी रक्सी पिउँछौं तब हाम्रो पसिनासँग सँगै थोरै एथोनल निस्कन्छ । लामखुट्टे यसैको गन्धबाट मानिसहरुसम्म आइपुग्छ ।

सन् २०१० मा बुर्किना फासोमा भएको एक अनुसन्धानबाट पनि यही नतिजा निस्किएको थियो कि ‘रक्सी पिएपछि लामखुट्टेले टोक्ने सम्भावना बढ्छ ।’ तान्या भन्छिन्, ‘यदि तपाई भोको हुनुहुन्छ र तपाई हिँड्डुल गरिरहनु भएको छ भने तपाईको खुट्टा आफै खानाको गन्ध आएतर्फ बढ्छ ।’

यसैगरी एथोनलको गन्धले लामखुट्टेलाई इशारा प्राप्त हुन्छ । तर म्याकएलिस्टर जीनको कारणले पनि लामखुट्टेले टोक्ने कुरा नबिर्सन बताउँछिन् ।

-स्टेफन डार्लिङ 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata