फेरि सामाजिक सञ्जालमा भाईरल बन्यो ‘मासुवाली’ को तस्विर

युवतीको नाम नै पोर्क ‘प्रिन्सेस राखियो’

शुक्रबार, फाल्गुन २०, २०७३

loading...


सामाजिक सञ्जाल नै हिजोआज यस्तो शक्तिशाली माध्यम बनिरहेको छ जसले रातारात कुनै व्यक्तिलाई चर्चाको शिखरमा पुर्याइदिन्छ । विश्वको कुनैपनि कुना अव सामाजिक सञ्जालका लागि टाढा रहेन । यो तस्विर ताईवानको  करिव २५ बर्षकी युवतीको तस्विर हो ।  रातारात भाईरल बनेको उनको यस तस्विरमा उनले मासु काटिरहेको दृश्य देखिएको छ । तस्विर सामाजिक सञ्जालमा यति धेरै शेयर भयो कि अहिले उनको नाम नै पोर्क प्रिन्सेस राखिएको छ ।

masu1

यसरी भाईरल हुन गयो ‘मासुवाली’को तस्विर

यी युवतीको ताईवानको डमेन मार्केटमा खान्दानी पसल रहेको र एकदिन पढाईको छुट्टिको समयमा उनी मासु पसलमा पुगेकी थिइन् । उनी असाध्यै सुन्दरी छिन । उनले मासु पसलमा व्यापार गरिरहेको, मासु काटिरहेको  दृश्य त्यहा आउने ग्राहकहरुले खिचेर सामाजिक सञ्जालमा पोष्ट गरे र एकाएक सो तस्विर भाईरल बन्न पुग्यो । अहिले सामाजिक सञ्जालमा उनको तस्विर लेखेर ‘पोर्क प्रिन्सेस’ लेख्ने ट्रेन्ड नै बनेको छ ।  तीनपुस्ता देखि उनको यो मासु पसल सञ्चालनमा आएको हो । अहिले भने मासु पसल पनि मासुवाली पनि दुवै चर्चामा छन् । वास्तवमा यिनी आफ्नो खान्दानी पेशाको कदर गर्दै आफ्नो व्यापार व्यवशाय बढाउन चाहन्छिन् ।

723 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank