महिलाले खाँदै गरेको खाजामा लिङ्ग भेटिएपछि…

बुधबार, पुस २०, २०७३

loading...


नेपालमा मात्र नभई संसारमै बढी रुचाईएको खाजामध्ये अग्रपंक्तिमा पर्न आउँछ ससेज । ससेजको स्वाद चाख्न प्राय मानिस घरमा भन्दा पनि अझ बढी रेष्टुरेन्टतिर धाउने गर्छन् ।

यसरी खाजा खाने क्रममा ससेज अर्डर गरेर खाँदै जाँदा अन्तिममा आएर एउटा ससेज यस्तो भेटियो जुन ससेज हुबहु पुरुषको लिङ्ग आकारमा भेटियो । त्यो पनि पुरुषलाई नभईकन एउटी महिलालाई त्यो घटना भएको हो । घटना अफ्रिकी राष्ट्र घानाको राजधानी आक्राको हो । सोही देशकी ओकाशु नामक महिलाको प्लेटमा पुरुषको लिङ्ग आकारको ससेज भेटिएपछि हंगामा नै मच्चिएको छ । उक्त दृश्य देखिएपछि ती महिलाले पुरुषको लिङ्ग नै भएको शंका लागेर प्रहरीमा खबर गरेकी थिइन् ।

खाइरहेको सुपमा सबै मासु खाइसकेपछि मात्र उनले उक्त ससेज देखेपछि प्रहरीलाई बोलाएर डीएनए नै परीक्षण गर्नका लागि आग्रह गरेकी छन् । उक्त ससेज लिङ्ग नै हो वा होइन भनेर यकिन गर्न प्रहरीले अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था ‘मिरर न्यूज’ले जनाएको छ ।

2383 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv