अब मोबाइलबाटै ‘किस’ खान मिल्ने,हेर्नुस् यस्तो आउँदैछ प्रविधि

शुक्रबार, पुस २२, २०७३

loading...


 रोमान्टिक जोडीहरुलाई खुसीको खवर छ । अब किसेन्जरमार्फत च्याटमा एक अर्कालाई किस खान सकिने भएको छ । लण्डनस्थित सिटी विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेकी एम्मा यान झाङले च्याट गर्ने मेसेन्जरजस्तै किसेन्जरको आविष्कार गरेकी छिन् ।
स्मार्ट फोनको खोल जस्तै देखिने किसेन्जरको तल्लो भागमा सिलिकनबाट बनाएको ओठ हुन्छ जसमा किस गरेपछि जुनसुकै स्थानमा बसेर च्याट गरिरहेको भए पनि अर्को रोमान्टिक पार्टनरले किसको वास्तविक अनुभव प्राप्त गर्दछ । किस खाँदा किसेन्जरले एउटा सुगन्ध पनि दिन्छ,जसबाट किस गर्ने जोडीलाई रोमाञ्चित बनाउँछ । च्याट गर्दा गर्दै किस खान मिल्ने यस्तो उपकरण निर्माणका लागि कम्युटर विशेषज्ञहरु विगत छ बर्षदेखि निरन्तर लाग्दै आएको बताइएको छ ।

392 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv