६२/६३ आन्दोलनको एजेन्डा धर्म निरपेक्षता थिएन : अध्यक्ष थापा

शनिबार, माघ १९, २०७५

loading...


काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले २०६२ / ६३ को आन्दोलनमा धर्म निरपेक्षताको बिषय कहि कतै नउठेको भन्दै बिदेशी प्रभाव, दबाब र  पैसाको प्रलोभनमा धर्म निरपेक्षता लादिएको बताएका छन् ।

हिन्दुत्व जनजागरण अभियान अन्तर्गत काठमाडौंको बुढानिलकण्ठ नगर समितिद्वारा शनिबार  आयोजित सभालाई सम्बोधन गर्दै थापाले हिन्दुराष्ट्र चाहने तर जुनसुकै पार्टी र बिचार निकट भएकाहरुले राप्रपाको अभियानमा सघाउ पुर्याउन आग्रह गरे ।  सनातन धर्म कमजोर हुँदा मुलुकको एकता र पहिचान कमजोर हुने चर्चा गर्दै अध्यक्ष थापाले हिन्दु धर्ममा आस्था राख्ने कोहि पनि अरु धर्मको बिरोधि हुन नसक्ने दाबी गरे ।

थापाले थपे “पाँच बर्ष अगाडिको ऋघबेदले नै हामिलाई सिकाएको छ । सत्य एउटै छ,भगवान एउटै छन । बाटाे मात्र फरक हो“। राप्रपाले उठाएको हिन्दुराष्ट्रको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै उनले मागलाई सरकारले बेवास्ता गरे सडक आन्दोलन गर्ने चेतावनी दिए ।  धर्म निरपेक्षताको एजेन्डा  बिदेशीलाई खुशी पार्न जबर्जस्ती लादिएको भन्दै थापाले असंवैधानिक  र षड्यन्त्र मुलक ढंगले जबर्जस्ति बोकाईएको भारी बोक्न अब नेपाली जनता मन्जुर नभएको बिचार ब्यक्त गरे ।

धर्मनिरपेक्षताले किरात र बुद्ध धर्मलाई पनि कमजोर बनाएको भन्दै उनले धर्म परिबर्तनको डढेलो प्रती आपत्ति प्रकट गरे ।  सो अबसरमा पार्टीका नेताहरु बिक्रम थापा,भुवन पाठक, राजाराम बर्तौला, बसन्तमान सिह अधिकारी, निना भेटवाल, केसब रेग्मी, सुनिता कुरुङ्वाङ, सिर्जना रानी बर्मा, सन्तोष अधिकारी लगायत धार्मिक ब्यक्तित्वहरुले  धारणा राखेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई अध्यक्ष कमल थापाले स्वागत गरेका थिए ।

159 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank