यसकारण प्रेम गर्ने जोडीहरुका लागि खतरनाक हुन्छ जनवरी ९

बुधबार, पुस २७, २०७३



के प्रेम गर्ने हरुले कुुनै साईत तिथि मिति हेरेर गर्ने गरेका हुन्छन त ? अवश्य पनि हुन्नन जस्तो लाग्दछ तर, हालै भएको एक अनुसन्धानले प्रेम गर्नेहरुका लागि जनवरी ९ को दिन निकै खतरनाक हुने गरेको देखाएको छ ।

शोधले   जनवरी ९ मा विश्वमा सबैभन्दा धेरै मात्रामा प्रेमसम्बन्धको सुरुवात भएको देखाएको छ  । यस दिन अन्य दिनभन्दा धेरै परिमाणमा जोडीहरु प्रेममा बाँधिने भए पनि सोही अनुपातमा भविष्यमा उनीहरुको प्रेम छुट्ने पनि भैहाल्यो ।
त्यस्तै अर्को कोणबाट भन्नुपर्दा प्रेम सम्बन्धको सुरुवात अधिकांश अवस्थामा तब हुन्छ, जब प्रेम गर्ने दुईजनाबीच कुनै तेस्रो मान्छे आउँछ । अनि त्यो तेस्रो मानिसले भविष्यमा नकारात्मक भूमिका खेल्दछ । प्रेम सम्बन्ध जति धेरै गाँसिए तेस्रो पक्षको संख्या पनि उति नै धेरै हुनेभयो ।

डेटिंग साइट ग्लीडनका अनुसार यो शोध यस्ता हजारौँ मानिसहरुमा गरिएको हो । जसले आफ्ना पार्टनरलाई धोका दिए र नँया पार्टनरको खोजीमा छन् । शोधकर्ताहरुका अनुसार धेरै मानिसहरुले नयाँ वर्षलाई नयाँ पार्टनरको खोजी गर्ने अवसरको रुपमा लिने गरेका छन् ।

उक्त साइटका अनुसार क्रिसमसपछिको दोस्रो सोमबारका दिन डेटिंग साइटमा सबैभन्दा धेरै ट्राफिक हुने गरेको छ । अर्थात् धेरै धोकेबाज मानिसहरुले ९ जनवरीका दिन नयाँ पार्टनर खोज्ने गरेका छन् । एजेन्सी

198 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung right sport adv cement health right side Samsung health right side DDC health right  adv