जसका कारण बिहेनै नगरि बस्छन् पुरुषहरु !

मङ्लबार, माघ २३, २०७४

loading...


जापानमा हरेक ५ जनामा एकजना पुरुष ५० बर्षसम्म पनि बिहे नगरि बसेको एक सर्बेक्षणले देखाएको छ । यसको मुख्य कारण श्रीमतीको बिकल्पमा सेक्स डलको प्रयोग भएको बताईएको छ । पछिल्लो समय जापानमा डच वाइफ नामक सेक्स डल निकै लोकप्रीय बन्दै गएकोछ ।

यो सेक्स डलको लुक्स र स्किन यति वास्तविक छ की पहिलोपटक हेर्ने जो कोहि यसलाई मान्छे नै सोच्दछन् । सेक्स डल निर्माण कंम्पनी ओरिएंटल इंडस्ट्रीले डच वाईफ हाइपर रिएलिस्टिक डल्स भएको दाबी गरेको छ । डच वाईफको मुल्य करिव ६ लाख नेपाली रुपैया पर्न आउदछ । पछिल्लो समय जापानमा यो सेक्स डलको माग अत्याधिक रहेको छ ।

विश्वमानै उक्त सेक्स डलको माग अन्यको तुलनामा उच्च रहेको निर्माण कंपनीको दावी छ । एकपटक जापानको ग्रामिण भेगमा फालिएको यो सेक्स डललाई महिलाको शव भनेर त्याहाँको पुलिसले उक्त सेक्स डललाई पोष्टमार्टम हलसम्म पुर्याएको थियो । यो समाचार सार्वजनिक भएपछि यसको माग उच्च हुन पुगेको थियो ।

जब प्रदर्शनीमा राखिएको सेक्स डल देखेर उत्तेजित भए दर्शक‘ मानिस कतिबेला कुन हदसम्म जानसक्छ भन्ने कुराको अनुमान गर्नपनि गाह्रो हुन्छ । अष्ट्रियामा भएको एउटा घटनाले यस्तै बताउँछ । त्यहाँ भएको एक प्रदर्शनीमा मानिसहरु सेक्स डल देखेर एकाएक उत्तेजित भए । उत्तेजित मानिसहरुले एकाएक सेक्स डल नै तोडफोड गर्न थाले ।

अष्ट्रियाको लिञ्जमा हालै आर्टस् इलेक्ट्रोनिया फेस्टिबलको आयोजना गरिएको थियो । उक्त विद्युतीय उपकरणको प्रदर्शनीमा एउटा सेक्स डल पनि राखिएको थियो । समेन्था नामक उक्त सेक्स डलको मूल्य झण्डै ३५ सय युरो थियो ।

त्यो महंगो तथा सुन्दर सेक्स डल देखेर मानिसहरुले सेक्स डलका बारेमा जानकारी लिनेछन् र त्यो प्रडक्ट खरीद गर्ने विषयमा निर्णय गर्नेछन् भन्ने आयोजकको अनुमान थियो । तर भयो उल्टो । मानिसहरुले त्यो सेक्स डललाई उत्तेजित भएर सामसुम पार्न थाले । जोडसँग छाम्ने क्रममा त्यो सेक्स डल नै कच्याक कुचुक भयो ।

समेन्ता अब मर्मत नै गर्न नसकिने अवस्थामा पुगेको छ । उक्त सेक्स डल निर्माता सेर्गी सेन्टोसका अनुसार मानिसहरु समेन्थाको छाति, हात तथा खुट्टामा चढे । मानिसहरु यति खराब पनि हुनसक्दारहेछन् की उनीहरुले सेक्स डलप्रति बर्बरता देखाए । अब उक्त सेक्स डललाई सफाइ तथा सम्भावित मर्मतका लागि स्पेन फर्काइँदैछ ।

मानिसहरुको सेक्सडल प्रतिको क्रुरता देख्दा पुरुषहरु महिलामाथिको यौनहिंसाका क्रममा कस्तो व्यवहार गर्दा रहेछन् भन्ने प्रष्ट भएको विज्ञहरुले बताएका छन् । यद्यपि सेक्स डल तथा सेक्स रोबोटका विषयमा कतिपयले कडा आलोचना पनि गर्दै आएका छन् । कतिपयले सेक्स रोबोटका कारण बलात्कारका घटना झनै बढ्ने तर्क समेत गरेकाछन् ।

बीबीसी

476 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank