‘श्री’ मोदी नभनेको भन्दै एक जवानको सात दिनको तलव काटियो

बुधबार, फाल्गुन २३, २०७४

loading...


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामको अगाडि ‘श्री’ नलगाउँदा भारतीय सीमा सुरक्षा बल बिएसएफका एक जवानलेसात दिनको तलब गुमाउनु परेको छ ।

गएको फेब्रुअरी २१ मा बंगालको नादियाको महतपुरमा रहेको बिएसएफको १५ औँ बटालियनको मुख्यालयमा परेड चलिरहेको थियो । परेड भइरहेका बेला जवान संजीव कुमारले रिपोर्ट दिने बेला ‘मोदीको कार्यक्रम’ भन्ने वाक्य प्रयोग गरे ।

उनले मोदीको अगाडि श्री लगाएनन् । उनलाई बिएसएफले आफ्नो नियमको धारा ४० अनुसार दोषी ठहर गर्दै सजाय स्वरुप सात दिनको तलब काटिएको हो । धारा ४० अनुसार उनलाई राम्रो व्यवहार र सेनामा अनुशासन कायम गर्न सफल नरहेको भन्दै कारवाही गरिएको हो ।

sanjay-1

423 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank