दुवै कान आफ्नै श्रीमानले काटिदिएपछि…..

बिहिबार, माघ २०, २०७३

loading...

अफगानिस्तानमा एक २३ वर्षीया युवतीका दुवै कान आफ्नै श्रीमान्ले काटिदिएका छन् । उत्तरी प्रान्त बाल्खकी जरिना नाम गरेकी युवती पतिले कान काटिदिएपछि उपचारका लागि अस्पतान भर्ना भएकी छन् ।

घटनापछि जरिनाका श्रीमान् भागेको प्रहरीले जनाएको छ । जरिनाले भनिन्, ‘मेले कुनै पाप गरेकी छैन, तर मेरा श्रीमान्ले किन यसो गरे मलाई थाहा छैन ।’

उनले आफूसँग कुनै झगडा नै नभई अचानक आएर आक्रमण गरेको बताइन् । जरिनाले आफ्नो १३ वर्षको उमेरमा विवाह भएको र पतिसँग सम्बन्ध राम्रो नरहेको पनि उल्लेख गरेकी छन् । उनले अब आफूले पतिसँग सम्बन्ध विच्छेद गर्न चाहेको पनि बताइन् । उनले आफूलाई बाबुआमासँग भेट्न समेत नदिने गरेको गुनासो गरेकी छन् । उनले पतिलाई पक्राउ गरेर मुद्धा चलाउन समेत माग गरेकी छन् ।

452 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank