जो तीन बर्ष देखि आफ्नो मालिक्नीलाई कुर्दै एकै ठाउमा बसिरह्यो…

आइतवार, जेष्ठ २८, २०७४

loading...


एजेन्सी ।कुकुरलाई एकदमै बफादार जनावरको रुपमा लिने गरिन्छ । तर कोरियामा यस्तो एउटा बफादार कुकुर भेटिएको छ जसको बारेमा सुनेपछि तपाइहामीलाई कुकुरप्रति अझ बढी माया ममता र सद्भाव बढ्ने निश्चित छ । तस्विरमा देखिएको कुकुर कोरियाको बुसान शहरको फूसि नामको कुकुर हो । एक वेबसाईडका अनुसार यो कुकुर तीन बर्ष सम्म आफ्नो मालिक्नीलाई एउटै स्थानमा कुरेर बसेको थियो ।

उसको मालिक्नीले उसलाई लामो समय सम्म घरमा पालेर हेरचाह गरेकी थिइन । तर,एकदिन अचानका उसकी मालिक्नीको ब्रेन ह्याम्व्रेज भएर मृत्यु भयो । अस्पतालमा मृत्यु भएकी उसकी मालिक्नीलाई कुर्दै फूसि करिव तीन बर्ष सम्म त्यही घरको गेटमा बसेको थियो ।फूसि हरेक दिन आफ्नो मालिक्नीको फर्केर आउने बाटो कुर्दै बस्यो,दिनदिनै खान पनि छाड्यो दुव्लाउदै गर्यो त्यसको केही समयपछि  एनिमल रेस्क्यु टिमले फूसिलाई लिएर गयो । हाल फूसिलाई एउटा नयाँ फेमेलीले पालेको छ अहिले उसको नाम स्काई राखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank