आमा प्रेमी भेट्न गएपछि खान नपाएर २३ महिने छोराको मृत्यु

बिहिबार, पुस २८, २०७३

loading...


लन्डन । बालबालिकाको जीवनमा आमाको महत्व अति नै हुन्छ । त्यसैले त मानिस आमालाई धेरै सम्मान गर्छन् । तर, यूक्रेनमा आमा प्रेमी भेट्न गएपछि खान नपाएर एक २३ महिने बालकको मृत्यु भएको छ ।

प्रेमी भेट्न पुगेकी आमाले घरमा छोराछोरी छोडेको बिर्सिएपछि नौ दिनसम्म खान नपाएर २३ महिनाको बालकको मृत्यु भएको बिबिसीले जनाएको छ ।

२० वर्षकी आमाले झण्डै तीन वर्षकी छोरी र २३ महिने छोरालाई नौ दिनसम्म खाना बिना घरमा छाडेपछि बालकको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ । खान नपाएर भाइको मृत्यु भएपछि झण्डै तीन वर्षकी दिदी आन्या भाइको शव लिएर तीन दिनसम्म फ्ल्याटमा एक्लै बसेकी थिइन् ।

बच्चाकी आमा ब्लादिस्लावा पोदचाप्को छोराछोरीलाई घरमा छोडेर आफ्नो प्रेमीको घरमा गएको उनलाई नजिकबाट चिन्ने आफन्तलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

832 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank