सन्सारमा यस्तो अनौठो रेष्टुरेण्ट पनि छ

सोमवार, मंसिर १३, २०७३

loading...


यो सन्सारमा अनौठो खालका रेष्टुरेण्ट छन् । कतै निर्वस्त्र महिलाको जिउमाथि राखिएका खानेकुरा खान पाइन्छ त कतै वेटरजति सबै कान नसुन्ने हुन्छन अनि कतै सबै होचा मानिस वेटरको रुपमा राखिएको हुन्छ ।
कुनै रेष्टुरेन्टमा चाहीँ केवल निर्वस्त्र मानिसलाई मात्र प्रवेश दिइन्छ । दुनियामा एउटा यस्तो पनि रेष्टुरेन्ट पनि छ जहाँ काम गर्ने सबै वेटरले टाउकोमा कण्डम लगाएर काम गर्दछन् ।

थाइल्याण्डको बैंककमा रहेको क्याबेज एण्ड कण्डम नामको उक्त रेष्टुरेन्टमा धेरै ग्राहकहरु खनाको स्वादले भन्दा पनि कण्डमको टोपी लगाएका वेटरलाई हेर्नकै लागि जान्छन् । यो रेष्टुरेन्टको भित्री सजावटका चिजहरु पनि कण्डमबाटै तयार पारिएका छन् । यतिमात्र नभई यहाँ आउने ग्राहकहरुलाई समेत सित्तैमा कण्डम बाँडिन्छ ।

तर यो कण्डम रेष्टुरेन्टको स्थापना कुनै लहड तथा यौन आकर्षण बढाउने हिसाबले भएको होइन । एड्स विरुद्धको अभियानमा लागिरहेका समाजसेवी मेकाइ विरावैद्यले यसको स्थापना गरेका हुन् ।

502 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank