दुई वर्षीय बालकको साहस, दराजले किचेका भाइलाई यसरी जोगाए(भिडियोसहित)

loading...

बुधबार, पुस २०, २०७३

 दुई वर्षीय बालकमा कति बुद्धि र बल हुन्छ ? सबैलाई थाहा भएकै कुरा हो । तर समाजिक सञ्जालमा अहिले भाइरल भइरहेको एउटा भिडियो फुटेजले भने साना बालकमा पनि धेरै बुद्धि र बल हुन्छ भन्ने दखाउँछ ।

एउटा कोठा । जुम्ल्याहा दाजु भाइ खेलिरहेका हुन्छन् । त्यही बेला दुई वर्षीय जुम्ल्याहा भाइलाई दराजले किच्छ । त्यहाँ ठूला मान्छे कोही छैनन् । त्यसैले उनी आफै भाइलाई बचाउन अग्रसर हुन्छन् । उनी सुरुमा उपाय खोज्दै दराज वरिपरी घुम्छन् । दराजलाई उठाउने प्रयास गर्छन् तर सक्दैनन् । त्यसपछि भएभरको बल लगाउँछन् । दराज बिस्तारै सर्न थाल्छ । चेपिएर छट्पटाइरहेका भाइ मुक्त हुन्छन् ।

baby-2

यो दृश्य सीसीटीभीमा कैद भइरहेको थियो । उनीहरुका बाबु रिकी सोफले १ जनवरीका भिडियो फुटेज फेसबुकमा राखे । त्यसपछि सो दुश्य सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

फेसबुकमा उनले लेखेका छन्, ‘म यसलाई पोस्ट गर्न हिच्किचाइरहेको थिएँ । तर सचेतनाका लागि मात्र नभएर यो आफैंमा असाधारण भएकोले पोष्ट गर्नु उचित सम्झेँ । दुई दाजुभाईबीच रहेको आत्मिय सम्वन्धका लागि हामी अनुग्रहित छौं । तपाई पनि आफ्नो घरका फर्निचरहरु राम्ररी भित्तामा सेट भएका छन् भन्ने निश्चित गर्नुहोस् ।’

712 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom