जहाँ चिहानबाट युु्वतीको लास निकालेर विवाह गरिन्छ
शुक्रबार, पुस १, २०७३

सन्सारमा बिवाह सम्वन्धि अचम्म अचम्मका चलनहरु रहेका छन् । चीनको एउटा गाउँमा भएको बैवाहिक संस्कारको बारेमा सुन्दा तपाइँ छक्क पर्नुुहुुन्छ साथै उदेक पनि लाग्न सक्छ । जहाँ अविवाहित केटाहरुको विवाह अविवाहित मृतक युु्वतीको लाससँग गरिन्छ । यो संस्कारका लागि चिहानबाट युु्वतीको लास निकाल्ने गरिन्छ ।
चीनमा करिव ३००० साल पहिलेदेखि सुरु भएको यो परम्परा अहिलेसम्म पनि चल्दै आएको छ।अविवाहित युुवतीको चिहानको नजिक यदि अविवाहित पुुरुषको चिहान बनाएर लास गाडेर राखियो भने अर्को जन्ममा पनि अविवाहित भएर पुुरुष मर्नुु नपर्ने त्यहाँको मान्यता रहि आएको छ । त्यसैले गर्दा पनि अविवाहित महिलाको लासले बेलाबेलामा दुुख व्यहोर्नुु परिरहेको छ ।
मिडिया रिपोर्टका अनुुसार अहिले त्यहाँ महिलाको लासको समेत मोलमोलाउ भइरहेको छ । त्यसैका कारण अहिले महिलाको लासको बेचविखन समेत भइरहेको छ । केही समय अघि मात्र एक महिलाको लासको असी हजार युुआन मोल तोकिएको थियो । चीन सरकारले यस प्रथालाई गैर कानुनी भन्दै आएता पनि चीनमा यो प्रथा दिनानुुदिन बढीरहेको छ ।
690 पटक पढिएकोप्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments