ओमाउमा विरालो पाल्न प्रतिवन्ध

मङ्लबार, भदौ १९, २०७५

loading...


न्यूजिल्याण्ड । न्यूजिल्याण्डको ओमाउ गाउँमा विरालो पाल्न प्रतिवन्ध लगाउने योजना बनेको छ । अहिलेसम्म विरालो पालिरहेका मानिसहरूलाई आफ्नो विरालो मरेपछि नयाँ विरालो पाल्न दिइने छैन् ।

कुकुर, विरालो पाल्तु जनावार भएपनि ओमाउ गाउँमा विरोलो पाल्न प्रतिवन्ध लगाउन बाध्य हुनुको कारण यसरी खुलाइएको छ । उक्त गाउँमा रहेको पंक्षीलाई विरालोले खाँदै जाँदा कैयौँ प्रजाती लोप हुने स्थितिमा पुगेका छन् ।

न्यूजिल्याण्डमा पंक्षीको संख्या अधिक रहेको मानिन्छ । यहाँ ४ हजारभन्दा बढी नोक्सान नपु¥याउने क्रिएचर्सहरू छन् । चरा विशेषज्ञको भनाई अनुसार कैयौँ जातका पंक्षीहरू केवल न्यूजिल्याण्डमा मात्र पाइन्छ । सन् २०१६ मा लिइएको प्रण अनुसार २०५० सम्ममा ओमाउ विरालो मुक्त बनाइने छ । सरकारी रिपोर्टको मुताविक हरेक साल विरालोको कारण डेढ करोड पंक्षीको मृत्यु हुने गर्दछ ।

विरालोको कारण पंक्षीहरूले अकल्पनीय क्षति ब्यहोर्दा न्यूजिल्याण्डमा विरालोलाई सिरियल किलर मान्न थालिएको छ । जसले गर्दा सन् २०१३ देखि चलाइएको एक मुभमेन्ट ‘क्याट्स टु गो’ अहिले झनै चर्चित बन्दैछ । अधिक पंक्षी मर्नाले खेती र वातावरणमा परेको असरलाई रोक्न यो कदम चाल्न बाध्य भएको ओमाउ प्रशासनले जनाएको छ ।

284 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank