सुन्दै अच्चम, एक सय एक बर्षीया बृद्धाले जन्माईन बच्चा

आइतवार, चैत्र १८, २०७४

loading...


एजेन्सी । सुन्दै अच्चम लाग्ने इटालीमा एक सय एक बर्षीया महिलाले बच्चा जन्माउकी छन् । महिलाले कति वर्षसम्म बच्चा जन्माउन सक्ला ?  प्रजनन् क्षमता भनेकाे एक महिलाले  १५ बर्ष देखी ४५ बर्ष सम्म बच्चा जन्माउने सक्ने कुरा बिश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । तर सय वर्ष काटेकी वृद्धाले बच्चा जन्माइन् भन्दा अनौठो लाग्नु स्वभाविक हो । इटालीमा १०१ वर्षकी वृद्धाले बच्चा जन्माएकी छन् ।

इटालीको नापोली शहरकी १०१ वर्षीया वृद्धा अनाटोलिया भर्टाबेलाले बच्चा जनाएकी हुन् । त्यो पनि स्वस्थ्य र नौ पाउण्डको । उनको अण्डासयमा शुक्रटिकलाई ट्रान्सप्लान्ट गरी बच्चा जन्माएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
उनले टर्कीको एउटा निजी क्लिनिकमा बच्चालाई जन्म दिएको बताइएको छ । युरोपमा शुक्रटिकलाई ट्रान्सप्लान्ट गरी बच्चा जन्माएका अवैध मानिन्ने भएका टर्कीमा बच्चा जन्माएकी हुन् ।

ती वृद्धाले उक्त बच्चाको नाम फ्रान्सेस्को राखिएको बताएको छ । यो उनको १७ औं बच्चा हो । ‘म आफ्नो १७ औं बच्चालाई जन्म दिन सहयोग गर्ने डाक्टरप्रति धन्यवाद दिन चाहन्छु । जसले मेरो चाहनालाई पूरा गरिदिए।’ ती शताब्दी आमाले भनिन्, ’म ४८ वर्षको हुँदा मलाई क्यान्सर भएको थियो, क्यान्सरको निदानपछि मैले नयाँ जीवन पाएँ । अहिले अत्यन्त खुसी छु। मैलै १७ औं सन्तान सय वर्ष पार गरेपछि पाएँ ।’

ती वृद्धाको पतिको निधन सन् १९९८ मा भएको थियो। लामो समय विधवा रहेकी उनले इन्टरनेटमा शुक्रकिट दाताको खोजी गरेकी थिइन्। उनले दाता भेट्टाएपछि यो उमेरमा बच्चा जन्माउन सम्भव भएको बताएकी छन्। ती बालकका पिता २६ वर्षीय क्याथोलिक रहेको पनि उनले खुलासा गरिन् ।

651 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank