हजुरआमाले नाती जन्माएपछि…

मङ्लबार, मंसिर २८, २०७३

loading...


छोरा वा छोरी जन्म दिने आमा नै हुन्छ । तर अब केहीको हकमा भने त्यो गलत हुने भएको छ । हालै हजुरआमाले आफ्नो नाती जन्माएकी छन् । हजुरआमाले नाती जन्माएपछि छोरीलाई हस्तान्त्रण गरेकी छन् ।

बेलायतकी एक महिलाले सेरोगेसीको माध्यमबाट आफ्नै छोरीको छोरा जन्माएकी छिन् । ४५ वर्षकी जुली ब्रेडफोर्डले छोरी जेसिका जेन्किन्सका छोरा ज्याकलाई जन्म दिएकी हुन् । जेसिकालाई क्यान्सर भएकाले उनी आमा बन्ने सक्ने थिइनन् ।

२१ वर्षकी जेसिकालाई तीन वर्षपहिले सर्भिकल क्यान्सर भएको पत्ता लागेको थियो । त्यतिवेला जेसिकाको उमेर १८ वर्षको मात्र थियो । क्यान्सर पत्ता लागेपछि जेसिकाले आफ्नो गर्भाशयबाट डिम्ब झिकेर कार्डिफको विश्वविद्यालय अस्पतालमा जम्मा गरेकी थिइन् ।

जेसिकाले भनेकी छिन्, ‘मेरो किमो थेरापी सुरु हुनुभन्दा अगाडि नै २१ डिम्ब त्यहाँ राखिएका थिए । तर, त्यसमा १० वटा मात्र बचे । त्यसलाई भ्रूण बनाएर मेरी आमाको गर्भाशयमा प्रत्यारोपण गरिएको थियो ।’

जेसिकाले थपेकी छिन्, ‘ज्याकको जन्म शुक्रबार भएको हो । र, ऊ स्वस्थ पनि छ । मेरी आमा यो विश्वकै अद्भूत आमा हुनुहुन्छ । लामो समयदेखि आमा बन्न चाहेको मेरो सपना उहाँले पूरा गरिदिनुभएको छ ।’

जेसिका र उनका पति रिसले यही वर्षको सुरुवातमा मात्र सेरोगेसीबाट बच्चा जन्माउने योजना बनाएका थिए । त्यसमा उनीहरूलाई जेसिकाकी आमाले सहयोग गरिन् । जेसिकाकी आमा जुलीले भनेकी छिन्, ‘मलाई लाग्थ्यो, जेसिका मजस्तै आमा बन्न चाहन्छिन् । जब उनलाई क्यान्सर भएको थाहा भयो, हामी सबैको मन दुख्यो । उनलाई खुसी बनाउन नै मैले उनको सेरोगेट बन्ने सोचेँ । यो बच्चालाई जन्म दिनु मेरा लागि एउटा सम्मानको कुरा हो ।’

806 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv