डाक्टरले आफ्नै शुक्राणुबाट महिलाहरुलाई यसरी बनाए गर्भवती

सोमवार, चैत्र २६, २०७४

loading...


काठमाडौं । क्यानडाका एक फर्टिलिटी (प्रजनन) डाक्टरलाई आफ्नै वा अन्य अनजान व्यक्तिको शुक्राणु प्रयोग गरि गर्भाधान गरेको आरोपमा एक दर्जन भन्दा बढी व्यक्तिले मुद्दा दर्ता गराएका छन् ।

गत वर्ष नोभेम्बरमा डाक्टर नोरमान ब्रोविन विरुद्ध मुद्दा दर्ता गराइएको थियो । एक डीएनए परीक्षणमा थाहा भयो कि नोरमान आफ्नै विरामीका बुबा थिए।

यसबाहेक, अन्य ११ जनाले दावी गरेका छन् कि नोरमाननै उनीहरुको बच्चाको जैविक पिता हुन् । नोरमान विरुद्ध ५० जनाले उजुरी गरेकाछन्, उनीहरुको सन्तानको डीएनए त्यो शुक्राणुको डीएनए भन्दा फरक छ , जुन उनीहरुले चुनेका थिए । डाक्टरको विरूद्ध यस्तो उजुरी सन् १९७० सम्म जाँदैछ ।

यसबारेमा दुई फर्टिनिटी क्लिनिक छ ( ओटावा र ओन्टारियो) । डा. ब्रोविनका वकील केरोन हैमले अहिले आएका नयाँ आरोपका बारेमा कुनै टिप्पणी दिएका छैनन् ।

डिएनए टेस्टबाट पत्ता लागेको छ कि ११ जना क्लिनिकमा गएका थिए । उनीहरूले आफ्ना सन्तानको डीएनए परीक्षण गरे, जसबाट यो पत्ता लाग्योकी डाक्टरले आफ्नै वा अन्य व्यक्तिको शुक्राणु प्रयोग गरेका थिए ।

एक अर्काे जानकारी अनुसार अन्य १६ जनाले उजुरी गरेका छन् । उनीहरुले आफ्ना सन्तानको डिएनए टेस्ट गराउँदा उनीहरुको जैविक बुबा कोही अरुनै भएको पाइएको थियो । यद्धपी वकीलका अनुसार उनीहरुको जैविक बुबाका बारेमा थाहा छैन । यसबाहेक, अन्य ३५ जनाले आफुले चुनेको शुक्राणुबाट आफ्ना सन्तान नजन्मिएको भन्दै उनीहरुले उजुरी गरेका छन् ।

यो मुद्दा नोभेम्बरमा डेनियल र डेभिना डिक्सनले उनीहरुकी छोरी रिबेकाले डाक्टरको विरुद्ध मुद्दा दर्ता गराएका थिए । उक्त परिवारले आफ्नो छोरी रिबेकाको डीएनए परीक्षण गराए तब त्यो कुरा पत्ता लाग्यो, उनीहरुकी छोरीको जैविक बुवा स्वंय डाक्टर नोरमान थिए ।

यो परिवारले १९८९ मा नोरमानसंग गर्भाधरणको लागि सम्पर्क गरेको थियो । र एक वर्ष पछि रेबिकाको जन्म भएको थियो । डेविनालाई आफ्नी छोरीको खै रो आँखाका कारण शंका भएको थियो किनभने डिक्सनको आँखा निलो छ ।

बीबीसी

401 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank