१०७ श्रीमती भित्र्याएका अबुबकर भन्छन, ‘अझै दुइवटी भित्राउने बिचारमा छु’

बुधबार, कार्तिक १०, २०७३

loading...

तपाइँले कुनै एक व्यक्तिको दुई चारवटी श्रीमती भएको खबर त सुन्नु भएको होला । तर,यो खबर सुन्दा अपत्यारिलो छ खवरका अनुसार नाइजेरियाका एक व्यक्तिको श्रीमती विवाह गर्ने कुरामा रेकर्ड नै तोडेका छन् । नाइजेरियाका ९२ बर्षीय मोहम्मद बेलो अबुबकरले अहिलेसम्म १०७ जना महिलालाई आफ्नो श्रीमती बनाइसकेका छन् ।

जसमध्ये १० जनालाई उनले तलाक दिएका छन भने हालसम्म पनि उनीसँग उनका ९७ जना श्रीमतीहरु रहेका छन् । अर्को अचम्मको कुरा त के छ भने उनी अझै बिवाह गर्न चाहन्छन् । उनी भन्ने गर्दछन, ‘अझै म दुइवटी श्रीमती भित्राउन सक्छु ।’ उनी यो सब आफ्नो मात्र नभइ भगवानको इच्छा भएको बताउदछन् । ‘म जे जस्तो गर्दैछु सबै खुदाको इच्छा र आदेशबाट मात्र गरिरहेको छु अबुबकर भन्छन ।

उसलाई धेरै श्रीमती राखेकोमा धार्मिक गुरुहरुले मुद्धा पनि लगाएका थिए । सन् २००८ मा अदालतले उनलाई चारवटी श्रीमती मात्र राख्न आदेश दिए पनि उनी भने यो सब कुरा कुरानमा लेखेकै छैन भन्दै श्रीमती भित्राउने काममा निरन्तर लागि परेका छन् ।

409 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank