बिरालो मर्दा २ करोड ५० लाख क्षतीपूर्ती माग

शुक्रबार, मंसिर १०, २०७३

loading...


पाकिस्तानको इस्लामावादमा एक महिला वकिलले चिकित्सकले लापारवाही गरेर आफ्नो बिरालो मारेको भन्दै अदालतमा मुद्दा दर्ता गरेकी छिन । सुनदस हुरेन नाम गरेकी महिलाले चिकित्सकलाई जेल सजायसहित आफूलाई २ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ती दिनुपर्ने माग गरेकी छिन् । हुरेनले भनिन ‘मैले बिरालोलाई सामान्य परीक्षणका लागि फैसल खानको क्लिनिकमा लगेको थिए । तर भोलीपल्ट आउँदा  बिरालोको मृत्यु भयो ।’ बिरालोको निधन चिसोका कारण भएको बताइएको छ । तर, हुरेनले चिकित्सकसँग सोध्दा बिरालोलाई कम तापमानमा राखेको झुटो व्यहोरा दिएका थिए। स्थानीय अदालतलाई उपलब्ध पोस्टमार्टम रिपोर्टमा बिरालोको निधन चिसो र भोकका कारण बताइएको छ ।

503 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank